इलाम/ माङसेबुङ गाउँपालिका १ स्थित गजुरमुखी मन्दिरमा गएराती पहिरो गएको छ । राति अन्दाजी पौने २ बजेतिर रुख र ढुङ्गा लडेर झर्दा मन्दिरको संरचना, विद्युत पोल, फल्दै गरेको बहुमुल्य रुद्राक्ष बगेर मन्दिरमा झरेको गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिए । पहिरोले मन्दिरको संरचना समेत भत्काएको अध्यक्षको भनाई छ ।
चार खोलको जिल्लाले परिचित इलाम चार माई मध्ये देउमाईको किनारामा गजुरमुखी पर्दछ । यसलाइ बागबिर लिम्बूले गजुरमुखीको पत्तालगाएको र गजरामुखीबाट गजुरमुखी नामाकरण भएको पाइन्छ । यसको उत्पतीकरिव २ सय ५० वर्ष अगाडी भएको बिम्मदन्ती छ ।
विशेष गरेर यहाँ निसन्तानहरु सन्तानमाग्न र शिशुहरुको बोली नआए बोली फुट्ने जन विश्वास भनेर यहाँ आउने गरेको पाइन्छ । गजुरमुखी धाम पुगेर जे मागो त्यही पुरा हुने विश्वासले पटक पटक दर्शन गर्न आउने गर्छन ।
नेपाल बाट मात्र हैन भारतको सिक्किम, दार्जिलिङ, भुटान लगायतका देशहरुबाट पनि भक्तजनहरु आउने गरेका छन् । इलाम सदरमुकामबाट १३ किलो मिटर मेची राजमार्ग र त्यहाँबाट १३ किलो मिटर नै पक्की सडक हुँदै देउमाई नगरपालिकाको मंगलबारे पुगेपछि करिव एक घण्टा कच्ची सडक मार्फत गजुरमुखि पुग्न सकिन्छ ।