धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईको निर्देशनमा भालुढुङ्गा सामुदायिक वन उपभोक्ता समुहमा सखुवाको रुख कटान काण्डमा पक्राउ परेका ४ जनालाई सव डिभिजन वन कार्यालय धरानले छाडिदिएको छ । सखुवाको रुख कटान गर्न गएको आरोपमा धरान १९ का ४ जनालाई कार्यालयले विहिबार पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई धरान वडा नम्बर १९ का वडाअध्यक्ष पुर्ण प्रसाद लिम्बुको रोहबरमा छाडिएको हो । वडाअध्यक्ष लिम्बुले ४ जनालाई वन कार्यालयले चाहेको समयमा हाजिर गराउने भनि हस्ताक्षरण गरि जिम्मा लिएका हुन् । वन कार्यालयले शेरबहादुर तामाङ, काले भनिने गजेन्द्र लिम्बू, राम बहादुर तामाङ र राम प्रसाद मगरलाई पक्राउ गरेको थियो ।
धनकुटा, २६ भदौ / दुई दिन अगाडी धनकुटा नगरपालिका–६ स्कुलडाँडामा १५ वर्षीय बालकमा कोरोना भाइरसको संक्रमण देखिएपछि सो क्षेत्र सिल गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन समितिको भदौ २५ गते साँझ बसेको आकस्मिक बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण धनकुटामा पनि दिन प्रतिदिन बढ्दै गएकोले त्यसको रोकथाम र नियन्त्रण गर्न ६ दिनको लागि सो क्षेत्र सिल गरिएको हो । बैठकले धनकुटा नगरपालिका–६ को सल्लेरीस्थित पानी ट्याङकीको स्कुलडाँडादेखि दक्षिण बरखगण सल्लेरी व्यारेकको २ नम्बर गेटदेखि पश्चिम कचिंडे चोकदेखि उत्तर गुर्धुमडाँडा सिलढुंगा सामुदायिक वनदेखि पूर्वको चार किल्ला
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पुन: स्कोरोना पोजेटिभ रिपोर्ट आएको छ । कोरोना संक्रमण भएको दुईसातापछि विहीबार पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । घिमिरेकोस्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरु हराउँदै गएपछि स्वाब लिएर परीक्षण गर्न पठाएको सचिवालयले जनाएको छ । रुघाखोकी, जिउदुख्ने लक्षण बाहेक डाईरिया, टाउको दुख्ने, ज्वरो जस्ता समस्या समाधान हुँदै गएको प्रमुख स्वीकय सचिव तिलकबहादुर बस्नेतले बताएका छन । मन्त्री घिमिरेको रक्तचाप र अक्सिजनको मात्रा सामान्य रहेको बस्नेतले जानकारी दिए । मन्त्री घिमिरेलाई भदौ १
सुनसरी । सरकारले अन्तराष्ट्रिय उडान थप गर्दै आन्तरिक उडानको लागि पनि तयारी भइरहेको जनाएको छ । अन्तराष्ट्रिय उडानका लागि पिसिआर रिपोर्ट नेगेटिभ आएका यात्रहरुलाई मात्रै ल्याउने गरि थप उडानको अनुमती दिने निर्णय गरिएको छ भने आन्तरिक उडानका लागि सिसिएमसीमा सचिवालयमा प्रस्ताव पठाइएको जनाएको छ । विहिबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवका बीचमा भएको छलफल पश्चात् प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीचको उच्चस्तरीय परामर्शबाट अन्तराष्ट्रिय उडान संख्या थप ग
धरान धरानमा शुक्रबार विहान थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै धरानमा धरानमा संक्रमतिको संख्या ३ सय ११ पुगेको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुखका अनुसार आज थप २२ जनामा संक्रमण पुष्टि भएको हो । उनका अनुसार इलका प्रहरी कार्यलयका ५ जना थुनुवा २९ ,३४,२४ वर्षीय लागु औषध मुद्धामा पक्राउ परेका तिन जना पुरुष त्यसै गरि जबरजस्ति करणीको मुद्धामा पक्राउ परेका ४६ र ३३ वर्षीय दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै इलका प्रहरी कार्यलय धरानमा कार्यरत ३२,२५,२३,र २० वर्षीय ४ जना प्रहरी जवानमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरु कुन दर्जाका हुन भन्ने नखुलेको
धरानः भालढुङ्गा सामुदायिक वनमा सखुवाको रुख कटान प्रकरणमा ४ जना पक्रउ परेका छन् । रुख प्रकरणमा किटानि जाहेरी परेका ६ जना मध्ये ४ जनालाई वन कार्यलले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुख काट्न गएका श्रमिहरु रहेको सव–डिभिजन कार्यालय धरानका प्रमुख राजेन्द्र प्रसाद यादवले जानकारी दिएका छन । वन समुहका अध्यक्ष वुद्धि तामाङले गत भदौं १८ गते नगर प्रमुख तिलक राई, वन समुहका कोषाध्यक्ष भीम बस्नेत , रुख काट्ने श्रमिकहरु शेरबहादुर तामाङ, गजेन्द्र लिम्बू, राम बहादुर तामाङ र राम प्रसाद तामाङको नाममा जाहेरी दिएक थिए । तर, वन कार्यालयले भने काट्न जाने ४ जना श्रमिकलाई मात्र पक्राउ गरेको छ ।
काठमाडौ २०७७ भदौ २१ आइतबार १६:२३:३८ प्रकाशित / आज थप १२ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ५० हजार ४६५ जना पुगेको छ । नेपालमा मृतकको संख्या ३१२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ३५ हजार ७०० जना रहेका छन् ।
धरान भदौं २५ : सुनसरी जिल्ल प्रशासनले जारी गरेको निषेधाज्ञालाई केही खुकुलो बनाएर भदौं २३ गते देखि दिउसो २ बजे सम्म बजार खोल्न अनुमति दिए सगै धरान बजारमा चहलपल सुरु भएको छ । नोभेल कोरोना भाइरसको (कोभिड १९)को संक्रमण रोक्न सरकारले विगत ६ महिना देखि बन्द भएका बजारहरु सञ्चालनमा आएका छन् । बजार सञ्चालनमा आए सगै व्यपारीहरुले विगत ६ महिना देखि ठप्प रहेको व्यापार जुरमुराउन थाले पछि यस्ले केही हद सम्म राहात मिलेको बताएका छन् । प्रशासनले अझै पनि केही व्यवसायहरुमा रोक लागाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द«मणि पोखरेलका अनुसार ब्युटि पार्लर , स्पा जिमहल , सिनेमा हल , हाट बाजरलाई अर्काे
विराटनगर । झापाको शिवसताक्षी नगरपालिकाको कार्यालय विहीबारबाट एक साताको लागि सिल गरएको छ । नगरपालिकाका स्वास्थ्य संयोजकलाई नै कोरोना संक्रमण भएपछि गाउँपालिका कार्यालय एक साताको लागि सिल गर्ने निर्णय भएको हो । शिवसताक्षीका स्वास्थ्य संयोजकसहित वडा नम्ब ६ का दुई जना महिलामा समेत हिजो संक्रमण पुष्टि भएको थियो । नगरपालिकाको बैठकले संक्रमण जोखिमलाई मधयनगर गरी कार्यालय बन्द गर्ने निर्णय भएको बताइएको छ । तर वडा कार्यालयमार्फत हुने सेवा भने सूचारु हुने मेयर चन्द्रकुमार शेर्माले जानकारी दिएका छन । उनले भने,“स्वास्थ्यका प्रमुखलाई नै कोरोना भएपछि कार्यालयका अन्य कर्मचारीलाई पनि हुन सक्ने जोखिम छ ।
इलाम / इलामको सन्दकपुर गाउँपालिका वडा नं। २ माइमझुवाबाट सात थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।प्रहरीले सूचनाको आधारमा जंगलको ओढारको एक स्थानबाट ४ थान र अर्को स्थानबाट तीन थान गरी सात थान बन्दुक बरामद गरेको प्रहरीको भनाई छ । ओढारबाट बरामद गरिएको र सो बन्दुकहरु कसको हो भनेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए ।