विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पुन: स्कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।
कोरोना संक्रमण भएको दुईसातापछि विहीबार पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । घिमिरेकोस्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरु हराउँदै गएपछि स्वाब लिएर परीक्षण गर्न पठाएको सचिवालयले जनाएको छ ।
रुघाखोकी, जिउदुख्ने लक्षण बाहेक डाईरिया, टाउको दुख्ने, ज्वरो जस्ता समस्या समाधान हुँदै गएको प्रमुख स्वीकय सचिव तिलकबहादुर बस्नेतले बताएका छन ।
मन्त्री घिमिरेको रक्तचाप र अक्सिजनको मात्रा सामान्य रहेको बस्नेतले जानकारी दिए ।
मन्त्री घिमिरेलाई भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनुअघि देखि नै सामान्य लक्षणहरु देखिएपछि भदौ १३ गते साँझदेखि होम आईसोलेसनमा थिए ।