धनकुटाको वडा नं ६ सिल

  • भदौ २६, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा, २६ भदौ / दुई दिन अगाडी धनकुटा नगरपालिका–६ स्कुलडाँडामा १५ वर्षीय बालकमा कोरोना भाइरसको संक्रमण देखिएपछि सो क्षेत्र सिल गरिएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समितिको भदौ २५ गते साँझ बसेको आकस्मिक बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण धनकुटामा पनि दिन प्रतिदिन बढ्दै गएकोले त्यसको रोकथाम र नियन्त्रण गर्न ६ दिनको लागि सो क्षेत्र सिल गरिएको हो । बैठकले धनकुटा नगरपालिका–६ को सल्लेरीस्थित पानी ट्याङकीको स्कुलडाँडादेखि दक्षिण बरखगण सल्लेरी व्यारेकको २ नम्बर गेटदेखि पश्चिम कचिंडे चोकदेखि उत्तर गुर्धुमडाँडा सिलढुंगा सामुदायिक वनदेखि पूर्वको चार किल्ला क्षेत्रभित्र रहेको टोलवस्ती क्षेत्रमा अत्यावश्यक कामकाज बाहेक आवत जावतमा पूर्ण निषेध गरी सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए ।

संक्रमण रोग ऐन, २०२० दफा–२ एवम् स्थानीय प्रशासन ऐन २०२८ बमोजिम सो क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि भदौ २५ गते राति १२.०० बजेदेखि भदौ ३१ गते राति १२.०० बजेसम्मको लागि सिल गरिएको सहायक प्रजिअ श्रेष्ठले बताए । ती १५ वर्षीय बालक सहित धनकुटाकै चौबिसे गाउँपालिका–७, मौनाबुधुकका ३ जनामा पनि दुई दिन अगाडी कोरोना भाइरसको संक्रमण देखिएको थियो । संक्रमण देखिएसँगै मौनाबुधुकमा पनि एकहप्ताको लागि सिल गरी संक्रमितको कन्ट्रयाक्ट टे«सिङमा रहेकाहरु ३० जनाको स्वाब संकलन गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए ।

धनकुटामा अहिलेसम्म कोरोना भाइरसबाट ४४ जना संक्रमित भएका छन् । ती मध्ये ३४ जना निको भएर घर फर्किसकेका छन् भने १० जना उपचाररत छन् । ती मध्ये ६ धनकुटाको औधोगिक ग्राममा निर्माण गरिएको आइसोलेसनमा छन् भने २ जना मोरङको गोठगाउँ र २ जना धरानस्थित कोभिड अस्पतालमा उपचाररत छन् ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved