पिसिआर रिपोर्ट नेगेटिभ आएका यात्रु मात्रै ल्याउने गरि अन्तराष्ट्रिय उडान थप गर्ने सरकारको निर्णय

  • भदौ २६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । सरकारले अन्तराष्ट्रिय उडान थप गर्दै आन्तरिक उडानको लागि पनि तयारी भइरहेको जनाएको छ ।

अन्तराष्ट्रिय उडानका लागि पिसिआर रिपोर्ट नेगेटिभ आएका यात्रहरुलाई मात्रै ल्याउने गरि थप उडानको अनुमती दिने निर्णय गरिएको छ भने आन्तरिक उडानका लागि सिसिएमसीमा सचिवालयमा प्रस्ताव पठाइएको जनाएको छ ।

विहिबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवका बीचमा भएको छलफल पश्चात् प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीचको उच्चस्तरीय परामर्शबाट अन्तराष्ट्रिय उडान संख्या थप गर्ने निर्णय भएको हो ।

पर्यटनमन्त्री भट्टराईका अनुसार कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गर्ने समझदारी भएको उनले बताए । त्यस्तै श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको व्यवस्था गरिने भएको छ ।

अहिले दुई वटा अन्तराष्ट्रिय उडान भइरहेको छ । अन्तराष्ट्रिय उडान थप गर्दा अहिले बढीमा ८ सय को संख्यामा विदेशबाट आइरहेकामा यो संख्या दैनिक तीन हजारसम्म पुग्ने सरकारको अनुमान छ । मन्त्री भट्टराईका अनुसार सुरुमा कोभिड संक्रमित कम भएका हिमाली तथा उच्च पहाडी क्षेत्रबाट उडान सुरु गर्ने विषयमा छलफल भइरहेको छ ।

यातायात मजदुर संगठन ...

पानबारी/ नेपाल यातायात मजदुर संगठनले मंगलबार ४७औँ ...

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved