विराटनगर । झापाको शिवसताक्षी नगरपालिकाको कार्यालय विहीबारबाट एक साताको लागि सिल गरएको छ ।
नगरपालिकाका स्वास्थ्य संयोजकलाई नै कोरोना संक्रमण भएपछि गाउँपालिका कार्यालय एक साताको लागि सिल गर्ने निर्णय भएको हो । शिवसताक्षीका स्वास्थ्य संयोजकसहित वडा नम्ब ६ का दुई जना महिलामा समेत हिजो संक्रमण पुष्टि भएको थियो ।
नगरपालिकाको बैठकले संक्रमण जोखिमलाई मधयनगर गरी कार्यालय बन्द गर्ने निर्णय भएको बताइएको छ । तर वडा कार्यालयमार्फत हुने सेवा भने सूचारु हुने मेयर चन्द्रकुमार शेर्माले जानकारी दिएका छन । उनले भने,“स्वास्थ्यका प्रमुखलाई नै कोरोना भएपछि कार्यालयका अन्य कर्मचारीलाई पनि हुन सक्ने जोखिम छ । उहाँसंग सम्पर्कमा आएका जनप्रतिनिधि पनि खतारमा पर्नु भएको छ ।” मेयर शेर्माले स्वास्थ्य संयोजक र स्थानीय दुई महिलाको सम्पर्कमा आएका मानिसहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर कोरोना जाँच गरिने बताए ।
नगरपालिका कार्यालयबाट हुने सेवा साता दिनको लागि बन्द गरिएपनि संक्रमण नदेखिएको वडा कार्यालयबाट भने दैनिक हुने काम नरोकिने मेयर शेर्माले जानकारी दिएका छन । प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार झापामा २ जना संक्रमितको मृत्यु भएको छ भने ७०५ जनामा संक्रमण पुष्टि भएको छ । उपचारपछि ४६४ जना निको भई घर फर्किएका छन ।