विराटनगर । भारतको दिल्ली र बिहारबाट भोकै प्यासै नेपाल–भारत सीमाको जोगबनीसम्म आईपुगेका १५ जना नेपालीलाई भारतीय सुरक्षाकर्मीले सुटुक्क विराटनगरतर्फ छिराई दिएका छन् । विराटनगर–जोगबनी नाकाबाट मानिसहरुको आउजाउ बन्द भएपनि यसरी आएका मानिसलाई क्वारेन्टाइनमा राख्नुको साटो भारतीय क्षेत्रको सीमामा खटिएका सुरक्षाकर्मीले नेपालतर्फ छिराई दिएका हुन । यसरी विराटनगर आउनेमा झापा, मोरङ र सुनसरीका युवा छन् । सोमबार राति आफूहरुलाई भारतीय सुरक्षाकर्मीले सिमापार नेपालतर्फ पठाई दिएको उनीहरुले बताएका छन् । यसरी आउनेमा सुनसरीको गढी गाँउपालिकाका पाँच जना, इटहरी उपमहानगरका दुई जना, इनरुवा नपा र धरान उपमहान
धरान । नेपालमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न ठाउँमा मंगलबार थप ५७ जनामा कोरोना पुष्टि भएको हो । पर्सामा ३९ जना, रुपन्देहीमा ९ जना, कपिलवस्तुमा ८ र बारामा १ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमतिको संख्या १९१ पुगेको छ ।
नेपालमा लकडाउनलाई केही खुकुलो बनाए पछि भारतबाट नेपाल प्रवेश गर्ने नेपालीहरुको भिड लाग्न थालेको छ । भारतीय सिमानाबाट नेपाल प्रवेश गर्न चाहने नेपालीहरुको भिड बढे सँगै सिमानामा नेपालीहरु अलपत्र परेका छन् । नेपाल भारतको सीमावर्ती क्षेत्रमा सोमबारसम्म ३ हजार ६५ जना नेपाली सिमानाकामा भेला भएको पाइएको छ । सशस्त्र प्रहरी बलले गृह मन्त्रालयका बुझाएको विवरण अनुसार सोमबार चार बजेसम्म नेपाली सीमा नाकामा २ हजार ३ सय ८५ जना अलपत्र अवश्थामा रहेका छन् भने अन्यलाई भारतीय र नेपाली सिमा क्षेत्रको क्वारेन्टाइनमा राखिएको छ । भारत सरकारले लकडाउन खुकुलो गरेसँगै १९ वैशाखबाट विभिन्न राज्यमा अलपत्र मजदुर, विद्यार
धरान– नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या १३४ पुगेको छ । राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सोमबार मात्रै नेपालमा २४ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि कपिलवस्तुका १० र सप्तरीका १ जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा मात्र कोरोना संक्रमितहरुको संख्या २१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सोमबार साँझ कोरोना संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तुका ६, रुपन्देहीका ६ र बर्दियाका १
धनकुटाको महालक्ष्मी नगरपालिकामा कृषकले लगाएको मकैबालीमा फौजीकीराको संक्रमण देखिएको छ । स्थानीय कृषकहरुको सयौं रोपनी क्षेत्रफलमा लगाइएको मकैबालीमा अमेरिकन फौजीकीराको संक्रमण देखिएको हो । महालक्ष्मी नगरका बिभिन्न वडाका किसानहरुले लगाएको ५ सय रोपनी भन्दा बढी क्षेत्रफलको मकैबालीमा फौजीकीराको संक्रमण देखिएको हो । सो नगरपालिकाको वडा नं. ४ स्थित सिकरकटेरी, वडा नं. ५ को बगर, मेलाङ्चुङ, वडा नं. ६ को काफ्ले, आरबोटे लगायत क्षेत्रमा अमेरिकन फैजीकीराको संक्रमण बढी फैलिएको छ । त्यस्तै महालक्ष्मी नगरपालिका–३ का कृषकले लगाएको मकैबालीमा सेमिलोपर प्रजातिको किराको प्रकोप देखिएको छ । यी दुबै प्रजाति
भारतले नेपाली भू–भाग मिचेर तिब्बत मानसरोवरसम्म पुग्ने बाटो निर्माण गरेको विरोधमा नेपाली कांग्रेस सम्बद्ध पूर्वविद्यार्थी नेताहरुले प्रदर्शन गरेका छन् ।विराटनगरका मेनरोडस्थित गुद्रीको ‘बी’ प्लटमा जम्मा भएका नेविसंघका पूर्व पदाधिकारी तथा प्रतिनिधिले भारतीय गतिविधि सह्य नभएको बताए । उनीहरुले भारतले नेपालको मिचेको भूभागसमेत फिर्ता गर्नुपर्ने माग गरे । विरोधसभामा बोल्दै संयोजक विमल संग्रौलाले सरकारले लकडाउन गरेको तर यहीबेलामा भारतबाट नेपालको सार्वभौमिकतामाथि नै धावा बोलिएको बताए । भने,‘‘संकटकै बेला भारतले नेपालमाथि थिचोमिचो गरेको छ । हाम्रो भूभाग कब्जा गर्ने नीति
धरान । कोरोनाको संक्रमणबाट बच्नका लागि सुरक्षित खुट्टाले चलाउन सकिने हात धुने धारा धरानका एक समाजसेवी तथा व्यवसायीले सुनसरी उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेका छन् । जेबि स्टिल तथा आइरन इण्डष्ट्रिका संचालक झमक बहादुर बस्नेतले संघलाई खुट्टाद्वारा चलाउन सकिने हात धुने धारा हस्तान्तरण गरेका हुन् । संघको परिषरमा रहने गरि ५ सय लिटरको पानी टंकि सहितको धारा दिएका हुन् । उनले एक कार्यक्रमको आयोजना गरि सोमबार संघका अध्यक्ष गिरिधारी सापकोटालाई हस्तान्तरण गरेका हुन् । धारामा खुट्टाकै माध्यमबाट हेण्डवास पनि निकाल्न सकिन्छ भने खुट्टाले थिचेर धारा समेत खोल्न सकिन्छ । हातबाट कोरोना संक्रमण फैलिन सक्ने भएक
धरान /सप्तरीका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या १२१ पुगेको छ । सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशाला गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ का १८ वर्षीय युवकमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
इटहरी । लकडाउनको समयमा समेत निर्माण क्षेत्रमा काय गर्न दिने सरकारले निर्णय गरेको भएपनि आफुहरुलाई नसमेटेको भन्दै पुर्वका हेभी इक्युपमेन्ट व्यवसायीहरुले गुनासो गरेका छन । निर्माण कार्यका लागि प्रयोग हुने हेभी इक्युपमेन्टहरु सञ्चालनका लागि सरकारले सहज बनाइ दिनु पर्ने पुर्वका हेभी इक्युपमेन्ट व्यवसायीहरुले माग गरेका हुन । निर्माण कार्य सञ्चालन गर्न पाउने सरकारले निर्णय गरेको भएपनि ठुला निर्माण कार्यमा काम गर्ने कम्पनीहरुले मात्र काम सुरु भएको भएपनि सरकारी निणर्यले आफुहरुलाई सहज नवनाएको व्यवसायीहरुको गुनासो रहेको छ । ठुला कामका लागि मात्र छुट दिदा उपभोक्ता समिति र निजी क्षेत्रबाट गरिने काममा प्र
धरान । भारतले नेपाली भुमि मिचेर चिन जोड्ने सडक निर्माण गरेको विरोधमा धरानका सामाजिक अभियन्ताहरुले विरोध प्रदर्शन गरेका छन् । सोमबार बिहान धरानका सामाजिक अभियन्ता सहित बुद्धिजिवीहरुले विरोध र्याली प्रदर्शन गरेका हुन् । भारतले नेपाली भुमि लिपुलेकमा चिन जाने सडक निर्माण गरेको थियो । त्यसैको विरोधमा धराने अभियन्ताहरु स्वस्फुर्त विरोधमा निस्किएका थिए । करिब दर्जन हाराहारीमा निस्कीएको विरोध र्यालीमा कालापानी, लिम्पियाधुरा लिपुलेक हाम्रो हो, अन्तराष्ट्रिय मान्यताको राष्ट्रिय नक्शा सार्वजनिक गर, भारतीय विस्तारवाद मुर्दावाद, हाम्रो भुमि फिर्ता गर, हामीलाई नेपाली माटो प्यारो छ, नेपाली भुमि माथि अतिक्रम