इटहरीका सवै वडामा स्वास्थ्य केन्द्र बनाउने कार्य शुरु

  • असोज ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । घर आँगन नजिकै स्वास्थ्य सेवा पूरयाउन इनरुवा नगरपालिकाले सवै वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने भएको छ ।

अभियान अन्र्तगत आइतबार इटहरी वडा नम्वर ४ मा आधारभूत स्वास्थ्य केन्द्र भवनको शिलान्यास गरेर निर्माण समेत शुरु गरिएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी तथा उपप्रमुख लक्ष्मी गौतमले संयुक्त रुपमा भवन शिल्यान्यास गरेका छन् ।

भवनको शिलान्यास गर्दै प्रमुख चौधरीले तोकिएकै समयभित्र गुणस्तरमा कुनै सम्झौता नगरी भवन निर्माण गर्न निर्देशन दिए । केहि दिनभित्रैमा १४ वटा आधारभूत स्वास्थ्य केन्द्र भवन शिल्यान्यास गरिने जानकारी दिए ।

उपप्रमुख गौतमले यहि आर्थिक वर्षमा सेवा सुचारु गरिने वताईन । केन्द्रमा आवश्यक पर्ने फर्निचर खरिद गरिसकिएको र मसलन्द खर्चका लागि वजेटको ब्यवस्था गरिएको बताइन । वडाध्यक्ष चन्द्र भटराईले वडा नम्वर ४ वाट स्वास्थ्य केन्द्र भवनको निर्माण सुरु गरिएकोमा खुशि ब्यक्त गरे ।
इन्जिनियर जीवन घिमिरेले २८ लाख ६८ हजार २ सय ६४ रुपैयाँको लागतमा पाँच महिना भित्र निर्माण सकिने जानकारी दिए ।

स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले आधारभूत स्वास्थ्य सेवा अव इटहरीका वडा वडामै पाउने गरि काम अघि वढेको बताए । उनका अनुसार यहि आर्थिक वर्षमा १४ वटा भवन निर्माण गरिने छ । अहिले १० वडामा स्वास्थ्य सस्थाहरु रहेपनि ४ वटा भाडाको भवनमा संचालित छन ।

यो आर्थिक बर्षभित्र सवै वडाहरुमा स्वास्थ्य सस्थाहरु भइसक्ने उनको भनाई छ ।

नेपाली काँग्रेसका नेता कमल राईले वडा वडामा स्वास्थ्य सेवा पुग्नु सुखद भएको वताए ।

निर्माण कम्पनीका प्रतिनिधि जीवन कार्कीले सम्झौतामा तोकिएको समय अघिनै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved