हामीले गरेका काम जनतालाई डकुमेन्टसहित देखाउँछौं : मुख्यमन्त्री राई

  • असोज ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार गठन भएपछि गरेका काम र भएका कमजोरीहरु जनतालाई जानकारी गराउने बताएका छन ।

प्रदेश योजना आयोगले तयार गरेको प्रदेशको पाश्र्वचित्र सार्वजनिक गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले भने,“कतिपय मानिसहरु संघीय र स्थानय सरकार भएपछि किन प्रदेश सरकार चाहियो भनेर प्रश्न गर्ने गर्छन खासमा संघीयता नरुचाउनेले यस्ता प्रश्न उठाउने गरेका हुन ।”मुख्यमन्त्री राईले प्रदेश सरकारबाट समग्र समीक्षा मूल्यांकनसहितको एउटा डकुमेन्ट छिट्टै सार्वजनिक गरिने जानकारी गराए ।

sherdan news

“प्रदेश सरकार बनेयता के के सफलता हांसिल भए ? एक पटक आफूले आफूलाई मूल्यांकन गर्ने, के कमजोरी रहे र के उपलब्धी हाँसिल भए भन्ने प्रस्ट गर्ने छौं,” मुख्यमन्त्री राईले भने,“बाँकी अवधि कसरी अगाडि बढ्ने भन्ने पनि जनतालाई बुझाउने तयारी सरकारको छ ।”

प्रदेश सरकार नयाँ संरचना भएको बताउँदै मुख्यमन्त्री राईले स्थानीय तह भएपछि प्रदेश सरकारको आवश्यकता छैन भन्नेहरुमध्ये एउटा मानसिकताबाट आएको,अर्को संघीयताको मर्म थाहा नपाएकाहरुले यस किसिमको टिप्पणी गरेको, बुझेर बुझ पचाउनेले पनि भन्ने गरेको र संघीयतालाई कमजोर बनाउन चाहनेले पनि यस्तो अर्नगल प्रचार गर्ने गरेको बताए ।

मुख्यमन्त्री राईले भने,“देशमा शान्ति नचाहनेले पनि भन्ने गर्छन । साँचो रुपमा संघीयतालाई बुझ्ने हो भने संघीयता नै यही हो । धेरै शासन प्रणाली भोगियो । विगतमा केन्द्रीय र स्थानीय शासन प्रणाली भोगेको हो अब भौगोलिक अवस्था, विशेषता र अवस्थालाई हेरेर हामी संघीयतामा गएका हौं । तीन संचरनाको परिकल्पना सोहीअनुरुप भएको हो ।” मुख्मयनत्री राईले पाश्र्वचित्रको पमा कडकुमेन्टले प्रस्ट प्रदेशको अबको बाटो देखाउने र पक्रियामा कुनै उल्झन हुन नदिने विश्वास व्यक्त गरे ।

प्रदेश सरकार अब निकै अगाडि बढ्ने भन्दै उनले सही बाटोमा प्रदेश सरकार अगाडि बढिरहेको पनि बताए ।सरकार बन्दै गरेको अवस्था र आजको कुन अवस्थामा फरकपन देखिएको भन्दै मुख्यमन्त्री राईले अब पाँच वर्षमा कहाँ पुगिने छ भनेर तथ्यांकहरुले प्रस्ट बोलेको बताए ।

पूर्वाञ्चल विश्व विद्यालयका प्राध्यापक तथा विज्ञहरुको सहयोगमा प्रदेश पाश्र्वचित्र तयार गरिएको प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले बताए ।

दनुवार समुदायकी भिम ...

धरान/ साङ्गीतिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले ...

वीपी प्रतिष्ठान छाता ...

काठमाण्डौं/ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री त ...

नवोदयमा विद्यालय स्त ...

धरान/ नवोदय विद्या मन्दिर, धरान–१६ मा शुक्रब ...

साँझ साढे ५ बजे सार् ...

काठमाडौँ/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved