चलचित्र निर्देशक समाज प्रदेश १ मा केशव रायमाझी

  • असोज ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । चलचित्र निर्देशनमा गरिरहेका निर्देशकहरुको छाता संगठन को रुपमा रहेको चलचित्र निर्देशक समाज प्रदेश नम्बर १ को अध्यक्षमा केशव रायमाझी चयन भएका छन् ।

रायमाझीको अध्यक्षतामा ११ सदस्यीय समिती गठन भएको छ । बिगत चार दशक देखी प्रदेशमा नै रहेर निर्देशन कार्यलाई निरन्तरता दिई रहेका बिराटनगरका चलचित्र निर्देशक केशव रायमाझिलाई सर्वसम्मतद्वारा नै चयन गरिएको हो । समितीको उपाध्यक्षमा रविन श्रेष्ठ (धरान), ज्ञानेन्द्र कोईराला (दमक), सचीवमा हरेन्द्रमान खत्री( पथरी), सहसचीवमा बिनोद पुडासैनी (बिराटनगर) कोषाध्यक्षमा राजु चौधरी (बिराटनगर), रहेका छन् । त्यसै गरि सदस्यहरुमा मौसम ईम्बुङ (हङकङ), सुर्य चेम्जोङ (पाचथर), होम नारायण राजबंशी (झापा), हुदुवा खवाश(मोरंङ) र बिजय सुब्बा (सुनसरी) चयन भएका छन् ।

चलचित्रकर्मी महासंघ प्रदेश न १ का अध्यक्ष अरुण कुमार प्रधानको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । कार्यक्रममा प्रेम सुब्बा, परशुराम चौधरी, प्रकाश सुब्बा लगायत प्रदेश न १ मा रहेका अधिकांश निर्देशकहरु भेला भएको थिए ।

नवनियुक्त कार्यसमितिलाई चलचित्रकर्मी महासंघ प्रदेश १ का महासचिव दिनेश कोईराला द्वारा निर्णयको माईन्युट हस्तान्तरण गरिएको थियो । समितीको सल्लाहकारहरुमा अरुण कुमार प्रधान, प्रेम सुब्बा, परशुराम चौधरी, लाख मान योन्जन, ईन्द्र परियार, प्रकाश सुब्बा र भिम लामा रहेका छन् ।

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved