सर्लाहीमा हिन्दु र मुस्लिम समुदाय बिच विवाद बढेपछि कर्फ्यु जारी

  • असोज ३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  विश्वव्यापी महामारी नियन्त्रण गर्न ६ महिना देखि जारी गरिएको लकडाउन, निषेधाज्ञा केही खुकुलो भएर जन जिवन सामान्यकरण हुदैँ गएको बेला र्सलाहीमा भने कर्फ्यु जारी गरिएको छ ।

हिन्दु र मुस्लिम समुदाय बिच भएको विवादका कारण जिल्ला प्रशासन कार्यलय र्सलाही जिल्ला सदरमुकाम क्षेत्रमा शनिबार दिउँसो १ः३० देखि आइतबार विहान ८ सम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

गत असोज १ गते विश्वकर्मा पूजाका दिन पूजा गरिएको मूर्ति शुक्रबार सेलाउन जाने क्रममा दुई समुदाय विवाद भएको हो ।

शुक्रबार हिन्दु समुदायका मनिसहरु मूर्ती ट्याकटरमा राखेर डिजे बजाउँदै मुस्लिम समुदायको मस्जिद रहेको नजिकै को पोखरीमा गएपछि दुई समुह बिच विवाद उत्तपन्न भएको थियो ।

डिजे बजाएको निहुँमा वादविवाद भएको विषयमा शुक्रबार बिहान फेरि दुई समुदाय आमनेसामने भएका थिए । प्रशासनका अनुसार शनिबार बिहान पनि दुवै समुदाय निस्केपछि तनाव झनै बढेको थिया ।

हिन्दु र मुस्लिम पक्षबीच उक्त विषयलाई लिएर तनाव बढेपछि दुई समुदायबीच अप्रिय स्थिति आउन नदिन कर्फ्यु जारी गरिएको प्रशासनले जनाएको छ ।

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved