दुई वर्षमा शान्ति प्रक्रिया टुङ्गिन्छ – नेता नेम्बाङ

  • असोज ४, २०७७
  • " भगीरथ भण्डारी"
alt

इलाम /  संविधानसभाका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले अबको दुई वर्षमा शान्ति प्रक्रिया टुङ्गिने बताएका छन् । विश्व इलामेली भर्चुअल भेलालाई  सम्बोधन गर्दै नेता नेम्बाङले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी कानुनलाई संशोधन गरेर शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने बताएका हुन् । उनले भने, ‘हामीले संविधान जारी भएपछिको यो पाँच वर्षमा सबै कानुनहरुलाई संविधानसँग जोडेका छौ, ‌धेरै काम गरेका छौं, शान्ति प्रक्रियालाई पनि टुङ्गोमा पुर्याउँछौं ।’
जनताका लागि जनताले बनाएको संविधान जारी गरिएकाले परिवर्तनका लागि फेरि आन्दोलनको आवश्यकता नभएको पनि नेता नेम्बाङले बताए । ‘जनतालाई अधिकार सम्पन्न बनाएका छौं ।’ उनले भने, ‘जनताको मन जित्न सके सबैं खालका परिवर्तन संभव छ ।’ उनले यहिँ संविधानलाई टेकेर जनतालाई समृद्ध बनाउनु पर्ने पनि बताए । ‘केही कमीकमजोरी छन् भने त्यसलाई सच्याएर अघि बढ्नु पर्छ र जनतालाई समृद्ध बनाउनु पर्छ ।’
नेता नेम्बाङले विश्व इलामेली सम्मेलनले संसारभर छरिएर रहेका इलामेहरुको ज्ञान, सीप र अनुभवलाई एकत्रित बनाएर इलाम र देशको विकासमा लगाउनु पर्ने पनि बताए । सम्मेलनबाट इलामसँगै देशको विकास निर्माणमा काम गर्न सक्ने संस्था निर्माण गर्न पनि सुझाव दिएका छन् ।

 
 

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved