हतुवागढीकी उपाध्यक्ष चन्द्रमा राईलाई मुख्यमन्त्री र सभामुख द्वारा श्रद्धान्जली

  • असोज ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । गत शनिबार मृत्यु भएकी भोजपुरको हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको पार्थिव शरीरलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिप कुमार भण्डारीले राष्ट्रिय झण्डा र पार्टीको झण्डा ओढाएर श्रद्धान्जली दिएका छन् ।

आइतबार बिहान धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिषरमा आयोजना गरिएको श्रद्धान्जली कार्यक्रममा मुख्यमन्त्री राई र सभामुख भण्डारी सहित नेकपा प्रदेश १ कमिटी अध्यक्ष देवराज घिमिरेले अन्तिम श्रद्धान्जली दिएका हुन् ।

श्रद्धान्जली कार्यक्रममा नेकपाका प्रदेश, जिल्ला, नगर स्तरिय नेताहरुले पनि फुलमालाले श्रद्धान्जली दिएका थिए ।

राईको विराटनगर स्थित न्युरो अस्पतालमा शनिबार मृत्यु भएको थियो । उनको हतुवागढी–४ खैराङस्थित आफ्नै गाउँमा अन्त्येष्टि गरिने बताइएको छ । राईको शवलाई हेलिकोप्टर मार्फत लाने तयारी भइरहेको छ ।

 

दनुवार समुदायकी भिम ...

धरान/ साङ्गीतिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले ...

वीपी प्रतिष्ठान छाता ...

काठमाण्डौं/ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री त ...

नवोदयमा विद्यालय स्त ...

धरान/ नवोदय विद्या मन्दिर, धरान–१६ मा शुक्रब ...

साँझ साढे ५ बजे सार् ...

काठमाडौँ/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved