विराटनगर । प्रदेश १ का विभिन्न जिल्लामा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मोरङको धनपालथान गाउँपालिका–५ मा ट्याक्टरमा खेतमा काम गर्दै गरेका स्थानीय २२ बर्षीय मो.सजाद मियाको मृत्यु भएको छ । धनपालथान गाउँपालिका वडा नम्बर ६ का लखना रायको खेत जोज्दै गर्दा को २ त ६२१८ नम्बरको ट्याक्टर अचानक पल्टिई मियालाई चेपेको थियो । घटनाबारे छानबिन थालिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । चालक र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । उता,धनकुटाको साँगुरीगढी गाउँपालिका ६ कार्की छापमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमवार राति विराटनगरबाट धनकुटातर्फ जाँदै गरेको को १ ख ४३६६
विराटनगर । प्रदेश १ मा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई निरन्तरता दिइने प्रदेश सरकारले स्पष्ट गरेको छ ।वन मास्ने र केही मानिसहरुले मात्र फाइदा लिने दिशामा कार्यक्रम गएको भन्दै प्रदेश १ संसदमै विरोध भएपछि त्यसबारे वन पर्यटन उद्योग तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियैतले स्पष्ट गरेका छन् । उनले भने,“केही कमजोरी भएका छन् भने त्यसलाई सुधार गर्न सकिन्छ तर वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम एउटा व्यवस्थित कार्यक्रम हो ।” नेकपाका सांसदले वैज्ञानिक वन व्यवस्थापन भनिएपनि सर्पट कटानले रुख मासिने खतरा भएको, वनका कर्मचारी र मन्त्रालयका केही मानिसले फाइदा लिएको भन्दै संसदमार्फत यो कार्यक
विराटनगर । नेकपाकी सांसद पदमकुमारी गुरुङले संविधानमा उल्लेख भएअनुसार प्रदेशमा पनि कानुन बनाएर गुठी जग्गामा बसोबास गरिरहने मानिसहरुको पीडा कम गर्नु पर्ने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गरेकी छन् । उनले भनिन्,“गुठी जग्गामा बस्नेहरुको लालपूर्जा छैन । गुठी जग्गालाई रैकरमा परिवर्तन गरेर जनतालाई उपलब्ध गराइयोस । सुकुम्बासीलाई पनि भूमिको व्यवस्था गरेर लालपूर्जा वितरण गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।” उनले आर्थिक वर्ष २०७७÷०७८ को छलफल भईंरहेको र संखुवासभा जिल्ला पनि प्राकृतिक सुन्दर र पर्यटकीय संभावनाको क्षेत्र भएकोले त्यहाँ पर्यटनको विकासको लागि सरकारले ध्यान दिनुपर्नेमा
धनकुटा, १६ असार ÷कोशी राजमार्ग अन्तरगत धरान धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा ट्रक दुर्घटना हुदाँ ट्रक चालकको मृत्यू भएको छ । विराटनगरबाट फलाम, रड लगायतका सामान बोकेर संखुवासभातर्फ जादैं गरेको को.१ ख ४३६६ नम्बरको ट्रक गएराति ९ बजे अनियन्त्रित भई अचानक दुर्घटना हुदाँ ट्रक चालक २९ वर्षीय राजु श्रेष्ठको घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुवकुमार श्रेष्ठले बताए । ट्रकका सहचालक तथा गाडी मालिक मानबहादुर कार्की भने सामान्य घाईते भएका छन् । उनी अहिले भेडेटार प्रहरी चौकीको नियन्त्रणमा रहेका छन् । दुर्घटनामा मृत्यू भएका चालक श्रेष्ठको लास
धरान । धान उत्पादनको उर्भरभुमि मानिने प्रदेश १ मा असार १४ सम्ममा २१ प्रतिशत मात्रै धान रोपाईँ भएको छ । प्रदेश १ मा धानखेती हुँदै आएको ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफल मध्ये ७३ हजार २ सय २३ दशमलव २५ हेक्टरमा मात्र धान रोपाईँ भएको छ । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १ ले असार १४ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा ४ दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष १७ दशमलव ०४ प्रतिशत रोपाई भएको थियो । सोलुखुम्बुमा सबैभन्दा बढी ६० प्रतिशत धान रोपाईं सकिएको छ । ताप्लेजङमा ८ हजार ७ सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा १४ प्रतिशत धान रोपाईं भए
हेटौंडा, आफ्नै परिवारबाट हेटौंडाकी २२ वर्षीया सुस्मिता केसी ९थापा०को हत्या मुख्यतः दुई कारणले भएको प्रहरीले निष्कर्ष निकालेको छ । हत्याकाण्डमा संलग्नताको आरोपमा पक्राउ परेका ४ जनालाई सोमबार सार्वजनिक गर्दै मकवानपुर प्रहरीले ससुराबाट भएको बलात्कार प्रयासको घटना लुकाउन र आर्थिक कारणले सुनियोजित हत्या भएको जानकारी दिएको छ । प्रहरीले ससुरा ५८ वर्षीय प्रकाश थापा, सासू तुलसा कुमारी थापा, जेठी नन्द दुर्गा थापा ९कार्की० र २३ वर्षीय नन्द सीता थापालाई सार्वजनिक गरेको छ । मकवानपुर प्रहरीका अनुसार ससुरा प्रकाशले बुहारी सुस्मितालाई घरको बाथरुममा बलात्कार प्रयास गरेका थिए । ससुराले घरमा रहेको
धनकुटा, १५ असार ÷धनकुटा नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७÷०७८ को लागि धनकुटा नगर सभाको सातौं अधिवेशन मार्फत बार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । वार्षिक नीति तथा कार्यक्रममा कोभिड–१९ को रोकथाम, शिक्षा र स्वास्थ्यमा गुणात्मक सुधार, कृषि तथा औधोगिक उत्पादन र विकास निर्माणको कार्यलाई तिब्रता, बालविकास कार्यक्रमलाई समेटिएको छ । मेयर कृषि पर्यटन कार्यक्रम, शहरी शासकिय क्षमता विकास कार्यक्रम, जलवायू अनुकुलन नमुना गाउँ कार्यक्रम (सिएसभी), एभोकार्डो अनुसन्धान तथा सिकाई केन्द्र, आफ्नै देशमा श्रम गरौं, नजाउँ विदेशमा भन्ने मुल ध्येयको साथ १ सय जना बेरोजगार युवाहरुल
विराटनगर । क्रमभंग होइन क्रमैसंग जस्तो मात्र भएको कांग्रेसले टिप्पणी गरेको छ । प्रदेश १ सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटको विषयमा पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत विनियोजन विधेयकका शीर्षकमाथिको छलफलमा बोल्दै कांग्रेस प्रमुख सचेतक केदार कार्कीले बजेट नयाँ ढंगले नआएको टिप्पणी गरे । “पार्क र पार्टी पौवामात्र हो पर्यटन, संस्कृति, संस्कार होइन र पर्यटन ?,”कार्कीले भने,“विभिन्न जातिको संस्कार र संस्कृतिलाई सम्वद्र्धन गरेर जाने उल्लेख गरेको छैन् । । होमस्टे कसको संस्कृति झल्किएर जाने जस्ता विषयमा पनि बजेट मौन छ ।”कार्कीले पर्यटन नयाँ अनुभव, नयाँ दृश्य र नयाँ तर
विराटनगर, १५ असार । प्रदेश १ मा आज १४ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापाका ६, मोरंगका ४, सुनसरीका ३ र पाँचथरका १ जना रहेका छन् । आज डिस्चार्ज हुनेमा विराटनगर १० की ८ महिने बालिका देखि ५४ वर्ष सम्मका रहेका छन् । कोभिड उपचार केन्द्रमा जेठ २७ गतेदेखि असार ५ गते सम्म भर्ना भएकाहरु रहेको कोभिड १९ उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले बताउनुभयो । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ३ सय ९२ पुगेको छ । प्रदेश १ मा आज ७ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा १ जना महिला, उदयपुरको ताप्लीका २ पुरुष, खोटाङ दिक्
धरान । विगत ६ वर्ष देखि धरानको वडा नम्बर ६ स्थित पानवारीमा राष्ट्रिय धान दिवसको अवसर पारेर रोपाई महोत्सवको आयोजना गरिदै आएको थियो । तर यस वर्ष कोरोना संक्रमण र लकडाउनका कारण रोपाई महोत्सव हुन पाएन् । बेठी लगाएर मनाएर मनाइने महोत्सवले कृषकहरुमा पनि उर्जा प्रदान गथ्र्यो अनि रोपाई शुरु भएको आभाष हुन्थ्यो, महोत्सवमा विशेष आकर्षण विद्यार्थीहरुको हुन्थ्यो, लोप हुँदै गएको बेठी, धान रोपाई, हिलोमा खेल्दै परम्परागत रुपमा गरिने रोपाईको जात्रामा । तर यस वर्ष पानवारीवासीमा कुनै असार १५ को चटारो देखिएन, मकैबालि अझै पनि नउठ्दा रोपाईको कुनै पनि तयारी थिएन् । अघिल्लो वर्षहरुमा रोपाई महोत्सव गर्दै रोपाई हुने