सिमा सुरक्षालाई चिसोको समस्या

  • मंसिर ३०, २०७७
  • "भगीरथ भण्डारी "
alt

इलाम । नेपाल भारत सीमाको सुरक्षा, तस्करी र आपराधिक घटना नियन्त्रणका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट राख्ने कामलाई सरकारले अघि बढाइरहेको छ । सिमाक्षेत्रको सुरक्षाको लागि बिओपी थप गरीरहेको छ ।

हिमाली क्षेत्रहरुमा उचित व्यवस्थापन हुन नसक्दा सुरक्षाकर्मीहरु चिसोमा बस्न बाध्य बनेका छन् । चिसो मौसम शुरु भए पछि इलामका उच्च पहाडी क्षेत्रमा स्थापना भएका बिओपीहरुमा सुरक्षाकर्मीहरुलाई चिसोकोे सताउने गरेको छ ।

हिमाली क्षेत्रमा भौगोलिक विकटता, पूर्वाधार अभाव, तुषारो र हिमपातवाट पर्ने असरले उनीहरुमा समस्या थपिएको छ । इलामको पशुपतिनगर सहित सलकपुर, समालवुङ, छब्बिसे, कालपोखरी र जौवारीमा बिओपी स्थापना भइसकेका छन् ।

मानेभञ्ज्याङमा विओपी राख्ने तयारी अन्तिम चरणमा पुगेको छ भने पाटापुर, मेघमा, गोर्खे र सन्दकपुर पनि प्रस्तावित छन् ।
स्थापना भएका र प्रस्तावित मध्ये अधिकांश ठाउँ हिउँदमा अत्याधिक चिसो हुने र बर्खाको समयमा यातायातका साधन ठप्प हुने हुँदा समस्या हुनेगरेको सहस्त्र प्रहरी निरिक्षक पशुपतिनगर इलामका नविन खतिवडा बताउँछन ।

इलामको नेपाल भारत सीमा क्षेत्रको साढे ५२ किलोमिटर सिमानामा ७ वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना भएका छन । स्थापना भएको पोष्ट मध्ये शुरुमा स्थापना भएको पशुपतिनगरमा मात्र सवारी साधन छ भने अन्य ठाउँमा सवारी साधन नहुदाँ विरामी पर्दा समेत समस्या रहेको छ ।

पछिल्लो समय थप गरिएका बिओपी कुनै विद्यालयको भवन त कुनै गोठमा राखिएको कारण पनि चिसोको समयमा समस्या भएको खतीवडा बताउँछन । इलामले छोएको दशगजा र आसपासमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का २६ बिओपी र एउटा प्रहरी चेकपोस्ट छन् ।

सीमा क्षेत्र सुरक्षाकै लागि भारतपट्टि २÷२ किलोमिटरमा बिओपी रहका छन । नेपालतर्फ पशुपतिनगरमा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय छ । छिरुवा, मानेभञ्ज्याङ र कालपोखरीमा प्रहरी चौकीमात्र रहेको कारण सिमामा समस्या हुने गरेको थियो । थप ६ वटा विओपि स्थापना ले सिमाको समस्या समाधानमा केही सहज भएपनि त्यहाँ बस्ने सुरक्षाकर्मीलाई बस्ने ठाउँको राम्रो व्यवस्थापन हुन नसकेको कारण चिसोको समयमा समस्या भोग्नुपरेको छ ।

चिसोको समस्या सशस्त्र प्रहरीलाई मात्र नभएर यसअघि देखि नै यस क्षेत्रको सुरक्षार्थ खटिएका नेपाल प्रहरीलाई पनि छ । शान्ति सुरक्षा कायम गर्दै सीमा रक्षा र तस्करी नियन्त्रणका लागि अवोरात्र खट्ने प्रहरीहरुलाई न्युनतम आधारभूत सुविधा नभएको कारण बास बस्नको लागि समस्या भएको छ ।

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved