सुनसरी। सुनसरीको कोशी गाँउपालिका-६ सुकुम्बासी टोल बस्ने ३२ बर्षीय प्रमोद यादवको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
आज विहान साढे ५ बजे आफ्नै गँहुबारीमा पानी लगाउन जाने क्रममा यादवलाई एक्कासी जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।