पत्रकारलाई कोरोना बीमाको रकम प्रदान

  • मंसिर २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । कोरोनाको जोखिमको समयमा पनि निरन्तर फ्रन्टलाईनमा बसेर समाचार संप्रेषण गर्दै आएका संचारकर्मीहरुले कोरोना बिमा वापतको रकम पाएका छन् ।

संचारकर्मीहरुले कोरोनाको संक्रमणको परवाह नगरि निरन्तर संचारकर्ममा लागेका छन् । संचारकर्म गरिरहेकै अवश्थामा कोरोना संक्रमण देखिएका पत्रकारहरुलाई कोरोना बिमा वापतको रकम प्रदान गरिएको छ । कोरोना संक्रमण भई निको भएका पत्रकारहरुलाई बिमा वापत १ लाख रुपैया दरले रकम प्रदान गरिएको हो ।

नेपाल प्रेस युनियन सुनसरीले गत जेठमा आइ एम इ जनरल इन्स्योरेन्स लिमिटेड काठमाडौं मार्फत गरिएको कोरोना बिमा अन्तर्गत आइतवार दोश्रो चरणको रकम ६ जना पत्रकारलाई बितरण गरेको हो । बीमा कम्पनी र प्रेस युनियन सुनसरीले संयुक्त रुपमा कोरोना बीमा वापतको १ ÷ १ लाख रुपैयाँ नगद हस्तान्तरण गरेको युनियनका जिल्ला अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार सुनसरी जिल्लाका कार्यरत कोरोना पीडित पत्रकारहरु केदार बस्नेत, भोजराज श्रेष्ठ, आशिष यादव, महेश गुरागाइ, बिजय पराजुली र रमेश कुमार राईलाई जनही १ लाखको दरले ६ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।

सुनसरीका दुई सय ६० जना पत्रकारहरुको निःशुल्क कोरोना बीमा गरेको थियो । उनीहरुमध्ये ३२ जना पत्रकारहरुलाई कोरोना लागेको थियो । अधिकारीका अनुसार ३२ जनामध्ये सातजना पत्रकारहरुलाई बीमा बापतको रकम उपलब्ध गराईसकिएको छ । उनले भने, ‘दशैैँ अगाडि नै एकजना पत्रकारलाई एकलाख रुपैँया उपलब्ध गराईएको थियो, आज ६ जना कोरोना पीडित पत्रकारहरुलाई जनही एकलाखका दरले रकम हस्तान्तरण गरिएको हो ।’

बाँकी रहेका पत्रकारहरुलाई कोरोना बिमाको रकम भुक्तानी पुसको पहिलो साता गर्ने तयारी गरेको अधिकारीले बताए । कोरोना बीमा रकमले उपचार, खाद्यान्न सहित अब बाँकी रहेको समयमा उत्पादनमूलक कार्यमा लगाउने पीडित पत्रकारहरुले बताएका छन् ।

दुहवीका कोरोना पीडित पत्रकार चन्दन रौनियारले आँफूले कोरोना बापत पाएको एकलाख रुपैँयाले व्यवसाय सञ्चालन गर्न लागेको बताए । उनले भने, ‘पत्रकारितालाई मात्रै पेशा बनाएर बाँच्न कठीन भएकाले यो पाएको रकमले केही व्यवसाय गर्ने तयारी गरिरहेको छु ।’

बिमा ब्यावस्थापन समितीका संयोजक एबम प्रेस युनियन सुनसरीका पुर्ब अध्यक्ष कृष्ण अधिकारी सहित पुर्ब अध्यक्षहरु गणेश निरौला, पत्रकार महासङ तेह्रथुमका पुर्ब अध्यक्ष महेन्द्र काफ्ले सहित बिमा कम्पनी प्रतीनिधिहरुको उपस्थिती रहेको थियो ।

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved