प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५५ औ बार्षीकोत्सव कार्यक्रम सम्पन्न

  • मंसिर २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

बिराटनगर/ १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरको ५५ औं वार्षिकोत्सव बिविध कार्यक्रम सहित आन्तरीक रुपमा सम्पन्न भएको छ ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीको प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरको खेलमैदानमा आज बिहान आयोजित एक बिशेष कार्यक्रमका बिच ५५ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक कार्कीले व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालीम केन्द्रले ५५ औं वर्ष पुरा गरेको अवसरमा केन्द्रका सम्पुर्ण परिवारलाई शुभकामना दिएका छन् ।

कार्यक्रममा बोल्दै उनले नेपाल प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिहरुको लागी प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्ने कार्यमा तालिम केन्द्रको अहम भुमिका रहने र सक्षम तथा प्रभावकारी प्रहरी संगठनको उपस्थिति बनाई राख्न प्रशिक्षण पद्धतिमा समायानुकुल परिवर्तन हुनु जरुरी रहेको साथै योग्य जनशक्तिको छनौट र उचित प्रशिक्षण प्राप्त गरे पश्चात मात्रै प्रहरी कर्मचारीले कार्य क्षेत्रमा संगठनको अपेक्षा अनुरुप प्रतिफल दिन सक्ने बताए।

समयको समयको परिवर्तन संगसंगै नागरीकले प्रहरीबाट अपेक्षा गर्ने सेवा प्रदानमा अपेक्षित सुधार गरेर अगाढी बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै हिजोका दिनहरु भन्दा फरक तर सरल र सहज रुपमा सेवा प्रदान गर्ने भावनाको जरो तालिमका दिनहरु देखि नै मस्तिष्कमा गढिन जरुरी रहेको हुँदा सोही अनुसारको प्रशिक्षण प्रदान गर्न तालिम केन्द्रलाई निर्देशन समेत दिएका थिए ।

उनले अनुशासन प्रहरी संगठनको गहना रहेको बताउँदै तालीम केन्द्रका प्रशिक्षकहरुको अनुशासन, यसको प्रत्यक्ष प्रभाव र तालिमको स्तरले नै भोलीको दिनमा प्रहरीहरुको कार्य सम्पादन स्तर निर्धारण गर्ने हुँदा सबैको सामुहिक कार्यले सबैजना सफल प्रशिक्षक हुन र यस तालिम केन्द्रलाई देशकै नमूना तालिम केन्द्रको रुपमा स्थापित गर्ने गरी उच्च व्यवसायिकताका साथ काम गर्न निर्देशन दिएका थिए।

वार्षिकोत्सवकै अवसरमा तालिम केन्द्रले “अग्रजहरुलाई सम्झी रहनु पर्दैन, केवल ब्यवसायीक योगदानहरुलाई नबिर्सीदिए पुग्छ” भन्ने बाक्यांशलाई हृदयंगम गर्दै बिगतमा बिशिष्ट योगदान पुर्‍याएका पुर्व प्रहरी नायव निरीक्षक कुमार महर्जनलाई सम्मान गरेको थियो । उनलाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले सम्मान पत्रले सम्मान गरेका थिए।

यसैगरी प्रहरी नायव महानिरीक्षक कार्कीले बार्षिक उत्सवको अवसरमा तालिम केन्द्रले आयोजना गरेको आन्तरिक फुटवल, भलिवल, टेवलटेनिस (डबल), ब्याडमिन्टन (डबल), हण्डीफोर प्रतियोगिया र म्युजिकल चियरमा प्रथम तथा द्धितिय हुने खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण पत्र समेत प्रदान गरेका थिए ।

यसैगरी तालिम केन्द्रमा उत्कृष्ठ कार्य गर्ने प्रहरी नायव उपरीक्षक बिनोद शर्मा, प्रहरी निरीक्षक भिम बहादुर खड्का, प्रहरी नायव निरीक्षक लक्ष्मी प्रसाद घिमिरे र बुद्धीराज दराई, प्रहरी सहायक निरीक्षक टेकबिर बि।क।, प्रहरी हवल्दार आशाराम चौधरी, प्रहरी जवान रीता राई, दुर्गा राई, दावा तामाङ तथा प्रहरी कार्यालय सहयोगी दिपेश माली पुरस्कृत भएका थिए ।

कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक बिनोद शर्माले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुँदै समयानुकुल आफ्नो जिम्मेवारी एवं कर्तव्य पालना गर्न सक्ने ब्यवसायिक कला, कौशल र सीपले भरिएका दक्ष प्रहरी उत्पादन गर्ने क्रममा आजका मितिसम्म आईपुग्दा आधारभूत, उन्नत, अनुशिक्षण तथा प्रत्यास्मरण समेत गरी कुल ७७ हजार ९४ जना प्रहरी अधिकृत तथा जवानहरूलाई प्रशिक्षित गरी सकिएको जानकारी दिएका थिए ।

कार्यक्रममा केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरिक्षक टेक बहादुर तामाङले उपस्थित सबैमा धन्यवाद दिदै नयाँ नयाँ चुनौतीसँग सामना गर्न सक्ष्रम, ब्यवसायिक एवं कर्तव्यनिष्ट प्रहरी जनशक्तिको उत्पादन नै एक मात्र बिकल्प रहेकोले प्रशिक्षण पद्दतिलाई आधुनिक, ब्यवस्थित तथा उपलब्धीमुलक बनाउने कार्यमा तालीम केन्द्र निरन्तर अगाडी बढि रहेको बताएका थिए । साथै बार्षिक उत्सवकै अवसरमा तालिम केन्द्र परिसरमा बृक्षारोपण समेत गरिएको थियो । बार्षिक उत्सब कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीजना थापा कार्की तथा पदाधीकारीहरु, पूर्ब प्रहरीहरु र प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो।

3

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved