बेलकामा होमस्टे र ढाका बुनाई तालिम संगै एक सय नयॉ उद्धमी थपिदै

  • मंसिर ३०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

बेलका उदयपुर/ नेपाल सरकारको पछिल्लो निर्णयसंगै सात सय ५३ वटै स्थानिय तहमा लघु उद्धम विकास कार्यक्रम ९मेडेप०लागु गर्ने निर्णय संगै यतिबेला स्थानिय पालिकाहरुले धमाधम निर्णय कार्यान्वयन का लागि कार्यक्रमलाई अघि बढाएका छन्।गरिबी निवारण गर्ने र रोज़गार सृजना गर्ने महत्वपुर्ण मोडेलको रुपमा हेरिएको लघु उद्धम बिकास कार्यक्रमले बेलका नगरमा पनि आफ्नो कार्यक्रमलाई द्रुत गतिमा अगाडी बढाएको छ।

बेलका नगरपालिकाले यसै आर्थिक बर्षमा एक सय नयॉ लघु उद्धमी तयार गर्ने र ७० जना पुराना उद्धमीहरुको स्तरोन्ती गर्ने भन्दै कार्यक्रमलाई गॉउ तथा टोल तहसम्म पुर्याएको छ।बेलका नगरका वडा नं ५,६,७ र ८ लाई लक्षित गरि बेलका उद्धम बिकास शाखाले कार्यक्रमलाई अगाडी बढाईएको उद्धम विकास अधिकृत ज़ीरा राईले बताईन् ।

अधिकृत राईकानुसार बेलका नगरपालिकाको कार्यपालिकाको बैठक र बेलका उद्धम विकास शाखा समितीको बैठकबाट मेड्पा कार्यक्रमलाई तिव्र गतिमा समुदायको विचमा लैजाने निर्णयानुसार कार्यक्रमलाई तीव्रता दिएको बताईन्।

कार्यक्रमलाई जनस्तरमा लैजाने भन्दै मंसिर २९ मा बेलकाको वडा नं ६ पुवॉरेथुम्कामा एक कार्यक्रमको आयोजना गरिएको छ।कार्यक्रममा बेलका नगरको उपप्रमुख राज कुमारी चौधरीले स्वावलम्बी उद्धमी सिर्जना गर्न नगरपालिका लागिरहेको बताईन् ।

उपमेयर चौधरीले फरक प्रसंगमा नगरपालिकाको काम कार्यवाहीमा कुनै गुनासो भए अथवा रहेमा नगर कार्यलयमा रहेको उजुरी पेटिकामा उजुर गर्न सकिने भन्दै मोबाईलमा वा एस एम एस गरेर पनि गुनासो राख्न सुझाईन्। चौधरीले हिंसामा परेका महिलाहरुको लागि गॉस,बास र कपासको व्यवस्था समेत नगरपालिका ले गर्दै आएको बताउदै हिंसा पिडीत बालवालीका तथा महिलाहरुको उचित कानुनी लड़ाई संगै जिवन उपयोगि सीप समेत दिलाउन थालेको बताईन्।

वडाध्यक्ष वसन्त कुमार मगरले बेलका नगरको वडा नं ६ मा होमस्टे संचालनका लागि नगरपालिकाले आफ्नो पन्च वर्षीय योजनामा समेत कार्यक्रमलाई समेटेको बताउदै होमस्टे संचालनका लागि तालिम समेत दिन लागेको बताए। वडाध्यक्ष मगरले वडा नं ६ मै कम्तीमा १० जनालाई ढाका बुनाई तालिम संगै १५ जना स्थानियलाई होम स्टे संचालन तालिम संचालन गर्न लागिएको बताए, पहिलो चरणमा सर्वेक्षण सहित छनौट प्रकृया थाल्नेछौ, मगरले भने।

७ दिनसम्म सहभागिहरुलाई समुहमा राखेर प्रारम्भिक कार्य अन्तर्गत मानसिक रुपमा तयारी गर्ने छौ,र त्यसपछि सीप तालिममा सहभागि गराउने छौ , अधिकृत राईले भनिन्।बेलका नगरपालिकाका प्रेस संयोजक ललित राईले बेलका नगरपालिकाको वडा नं ६ बवलाबाट सुरुवात गरिएको मेड्पा कार्यक्रमबाट मनग्गे फाईदा उठाउन सक्ने भएकोले अबसरलाई नगुमाउन स्थानियहरुलाई आग्रह गरे, अब वडा नं ६ ले चिसो हावा बिक्री गर्न सक्नु हुनेछ।

नजिकै नगरपालिका ,वडा कार्यालय र माननीय अम्बिका थापाको सहयोगमा बन्दै गरेको अतिथी सभागृहलाई लक्षित गर्दै राईले गर्मीयाममा बेलकाको तल्लो भुभागमा तालिम तथा कार्यक्रमहरु संचालन गर्न गार्हो भएको हुदा चिसो हावासंगै शान्त वातावरण मा सभागृहमा तालिम लगायतका कार्यक्रममा संचालन गर्ने र रातमा होमस्टेमा बस्ने ,फर्कदा कोसेलीको रुपमा हातले बुनेका ढाकाका कपडा लिन सकिने बताए।

यस आबमा बेलका नगरपालिकामा मेड्पा कार्यक्रम अन्तर्गत ३८ लाख बजेट ससर्त अनुदान प्राप्त भएको समेत कार्यक्रममा जानकारी गराईएको थियो।

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved