समाचार

    Showing 71-80 of 10,000 items.
  • धरानको एसईइ नतिजा निजीमा ९३.४४%, सामुदायिकमा ५०.३६% मात्रै उत्तीर्ण, एककाे शून्य नतिजा

    धरान/  २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाले धरानको शिक्षा क्षेत्रमा निजी (संस्थागत) र सामुदायिक विद्यालयबीच ठूलो शैक्षिक अन्तर देखाएको छ । धरान उपमहानगरपालिकाले सार्वजनिक गरेको तथ्यांकअनुसार संस्थागत विद्यालयतर्फ ९३.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा सामुदायिक विद्यालयतर्फ यो संख्या ५०.३६ प्रतिशत मात्रै रहेको छ। एउटै नगरभित्र शिक्षा गुणस्तरमा देखिएको यो ठूलो अन्तरले सामुदायीक विद्यालयको गुणस्तर दयनीय बन्दै गएको प्रमाणित गरेको छ । धरानका २१ सामुदायीक विद्यालयबाट १ हजार १ सय २० विद्यार्थी मध्ये ५ सय ६४ विद्यार्थी उत्तिर्ण भएका थिए भने ५७ वटा संस्थागत विद्यालयबाट १ ह

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 1,062 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहिलोपटक सबैभन्दा ठूलो किरात तीर्थयात्रा टोलीद्वारा फक्ताङ्लुङमा विशेष पूजा

    सुनसरी/ इलामस्थित माङ्गेन्ना माङ्हीम र सत्यहाङ्मा सेवा सावा सङ्घ को संयुक्त आयोजनामा पहिलो पटक ऐतिहासिक तथा अहिलेसम्मकै सबैभन्दा ठूलो किरात धर्मावलम्बीहरूको तीर्थयात्रा टोलीले फक्ताङ्लुङ (कुम्भकर्ण हिमाल) मा पुगेर धार्मिक पूजा तथा अनुष्ठान सम्पन्न गरेको छ। तीर्थयात्रा टोलीले घुन्सामा लक्ष्य पूजा, हजारे ओडारमा विशेष धार्मिक अनुष्ठान तथा सेवा लुङमा लधुङ्सेमी पूजा सम्पन्न गरेको आयोजकले जनाएको छ। यो यात्रालाई किरात धर्मावलम्बीहरूको आस्था, विश्वास र धार्मिक एकताको प्रतीकका रूपमा हेरिएको छ। किरात धर्मका राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द ले वि.सं. १९९३ सालमा १२ जना चेला–भुलासहित पहिलो

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 1,104 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युडब्लुएसको साझेदारीमा षडानन्दमा ११ कोठे आधुनिक विद्यालय निर्माण

    भोजपुर/ भोजपुरको षडानन्द नगरपालिका–२ स्थित जनोदय आधारभूत विद्यालयको नवनिर्मित ११ कोठे आनुधिक बालमैत्री विद्यालय भवन उद्घाटन गरिएको छ। विद्यार्थीहरूलाई सहज, सुरक्षित तथा गुणस्तरीय पठनपाठनको वातावरण उपलब्ध गराउने उद्देश्यले यूनाइटेड वल्र्ड स्कूल (युडब्लुएस) नेपालको साझेदारीमा भवन निर्माण गरिएको हो। विद्यालय भवनसँगै पाँच कोठे बाल तथा अपाङ्गमैत्री शौचालयसमेत निर्माण गरिएको छ ।  भवन उद्घाटन कार्यक्रममा दातृ संस्था ट्रपिक कम्पनीका उप–प्रमुख कार्लटन कोनेलले भवन निर्माणमा मात्र सीमित नरही आगामी पाँच वर्षसम्म विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 336 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नयाँ शैक्षिक गन्तव्य: सञ्चालनमा आयो ‘धरान नोबेल कलेज’

    धरान–१२, चतारालाइनमा सञ्चालनमा आएको धरान नोबेल कलेजले यसै शैक्षिक सत्रदेखि कक्षा ११ र १२ को अध्ययन–अध्यापन सुरु गरेको छ। आधुनिक पूर्वाधार, अनुभवी शिक्षक र परिणाममुखी शिक्षाको प्रतिबद्धतासहित सञ्चालनमा आएको कलेजबारे कोशीपत्रका संवाददाता फणीन्द्र तिम्सिनाले कलेजका अध्यक्ष डा. माेहन कुमार पाेख्रेल सँग गरेको कुराकानीको सम्पादित अंश: विद्यार्थीहरूले धरान नोबेल कलेज नै किन रोज्ने? हाम्रो कलेज रोज्नुपर्ने धेरै आधार छन्। पहिलो, कलेज धरानको केन्द्र भागमा छ। दोस्रो, यहाँ पीएचडीधारी तथा २० वर्षभन्दा बढी अनुभव भएका प्राध्यापकहरूको टोली छ। तेस्रो, कलेज पूर्ण रूपमा सुविधा सम्पन्न छ—प्रत

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 1,428 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुई छात्राले गरे आत्महत्या

    धनगढी/ माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सन्तोषजनक नआएपछि कैलालीमा दुई छात्राले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिकाका ती छात्रा मंगलबार आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनीहरूले आत्महत्या गर्नुको कारण एसईईको नतिजा राम्रो नआएको हुन सक्ने प्रारम्भिक बुझाइ रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । दुवै छात्रा नाबालिग रहेकाले उनीहरूको नाम र विद्यालय गोप्य राखिएको प्रहरीले जनाएको छ।    

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 145 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ज्ञानचक्षुको मात्रै शतप्रतिशत, श्री माध्यमिक विद्यालयमा २६ मध्ये १ मात्रै उत्तीर्ण

    धरान/ धरान उपमहानगरपालिकाअन्तर्गत रहेका २१ वटा सामुदायिक विद्यालयहरूको एसईइ २०८२ को नतिजा सार्वजनिक भएको छ। सार्वजनिक विवरणअनुसार १ हजार १२० विद्यार्थीमध्ये ५६४ जना मात्रै उत्तीर्ण भएका छन् भने समग्र उत्तीर्ण प्रतिशत ५०.३६ रहेको छ। नतिजाअनुसार श्री पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय, धरान–१५ ले ५ मध्ये ५ जना उत्तीर्ण गर्दै शतप्रतिशत  (१००%)  नतिजा ल्याएको छ। यो धरानका सामुदायिक विद्यालयमध्ये एकमात्र शतप्रतिशत नतिजा हो। यस्तै, श्री चन्द्र संस्कृत मावि, धरान–१६ ले ६ मध्ये १ जना उत्तीर्ण गर्दै १६.६७ प्रतिशत नतिजा ल्याएको छ भने श्री माध्यमिक विद्यालय, धरान–१७ मा २६ मध्ये

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • 1,185 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका दुई ठूला सहकारीमा साढे १२ अर्ब अपचलन, पीडितको रकम डुब्दा सरकार रमिते

    धरान/ धरानका दुई ठूला सहकारी संस्था बराह बचत तथा ऋण सहकारी संस्था र श्रेया बचत तथा ऋण सहकारी संस्था मार्फत सर्वसाधारणको झण्डै साढे १२ अर्ब रुपैयाँ अपचलन भएको प्रकरणमा स्थानीय सरकार प्रभावहीन देखिएको छ। मुख्य सञ्चालकहरू फरार भएपछि धरान उपमहानगरपालिका ले दुवै सहकारीलाई समस्याग्रस्त घोषणा गरे पनि पीडितको रकम फिर्ता गराउने वा प्रभावकारी अनुसन्धान अघि बढाउने काम हुन सकेको छैन। बराह सहकारीबाट करिब ११ अर्ब र श्रेया सहकारीबाट १ अर्बभन्दा बढी रकम हिनामिना भएको दाबी गरिएको छ। दुवै संस्था लामो समयदेखि बन्द छन् भने सञ्चालकहरू सम्पर्कविहीन बनेपछि पीडितहरूले राज्य संयन्त्र नै निरीह बनेको आरोप लगाएका

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • 1,256 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नवोदय विद्यामन्दिरको एसईईमा शतप्रतिशत नतिजा

    धरान/ धरान–१६ स्थित नवोदय विद्यामन्दिर बोर्डिङ स्कूल ले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्दै उत्कृष्ट सफलता प्राप्त गरेको छ। विद्यालय इन्चार्ज नीर कुमार राईका अनुसार यस वर्ष सहभागी भएका २१ जना विद्यार्थीहरू सबै उत्तीर्ण भएका छन्। सार्वजनिक नतिजा अनुसार २ जनाले GPA 3.61 देखि 4.0 सम्म A+ ग्रेड, ९ जनाले GPA 3.21 देखि 3.6 सम्म A ग्रेड तथा १० जनाले GPA 2.81 देखि 3.2 सम्म B+ ग्रेड प्राप्त गरेका छन्। शतप्रतिशत नतिजा ल्याउन सफल भएकोमा विद्यालयले विद्यार्थीहरूको मेहनत, लगनशीलता र अनुशासनको प्रशंसा गर्दै बधाई तथा शु

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • 1,083 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा एम्बुलेन्समै ४४० किलो गाँजा बरामद, प्रहरीको ठूलो सफलता

    धरान/ धरान–१३ स्थित Thousands Big Buddha सडकमा प्रहरीले एम्बुलेन्सबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। मंगलबार राति करिब १२:४० बजे इलाका प्रहरी कार्यालय धरान बाट खटिएको प्रहरी टोलीले सडक किनारमा रोकिएको को १ च ७३५९ नम्बरको एम्बुलेन्स जाँच गर्दा भित्र लुकाइराखिएको ४४० किलो गाँजा फेला पारेको हो। उक्त एम्बुलेन्स बुढासुब्बा डाइग्नोष्टिक सेन्टर प्रा.लि. द्वारा सञ्चालित रहेको प्रहरीले जनाएको छ। गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको 

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • 595 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको मेघा हिमालयन स्कुलको एसईईमा शतप्रतिशत नतिजा, सान्त्वनु चौधरी बने टपर

    धरान/ राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा धरान–१२ स्थित मेघा हिमालयन स्कुल ले शतप्रतिशत नतिजा हासिल गरेको छ। विद्यालयका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे का अनुसार परीक्षामा सहभागी २४ जना विद्यार्थीमध्ये सबै उत्तीर्ण भएका छन्। जसमध्ये ३ जनाले A+, १२ जनाले A र ९ जनाले B+ ग्रेड प्राप्त गरेका छन्। विद्यालयको सर्वाधिक जीपीए ३.७९ ल्याउँदै विद्यार्थी सान्त्वनु चौधरी विद्यालय टपर बनेका छन्। सान्त्वनु यसअघि विभिन्न अतिरिक्त क्रियाकलाप, विशेषगरी सिङ्गिङ आइडलमा समेत सक्रिय सहभागी रहँदै आएका विद्यार्थी हुन्। यस वर्षको एसईई नतिजामा द

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • 705 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved