प्रेमको प्रतीक समेत मानिने वराह भगवानको प्राकट्य उत्सव उत्सवलाई राष्ट्रिय पर्वको रुपमा मनाउन माग

  • साउन ३०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/  आज श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथि प्रेमको प्रतीक समेत मानिने वराह भगवान् वराह जयन्ती (वराह भगवानको प्राकट्य उत्सव) को अवसरमा वराह भगवान् विराजमान हुनुभएको स्थान सुनसरीको वराहक्षेत्र धाममा विशेष पूजा अर्चना गरी मनाईएको छ ।

श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथिका दिनलाई भगवान् वराहको जन्मोत्सव अर्थात् प्राकट्य उत्सवको रूपमा मनाउने परम्परा रहेको छ । शनिवार बिहानबाट वराह जयन्तीको अवसरमा वराहक्षेत्र नगरपालिका वडा नं. १ स्थित मन्दिरमा विशेष पुर्जा आराधना, दिन मङल यात्रा उत्सव, प्रातः कालिन भगवानको स्नान यात्रा,दुग्ध अविशेक पछि विशेष पूजा अर्चनासंगै
मन्दिरमा गीता पाठ, वराह चरित्र पाठ, वराह भगवानको अर्चना गरेर विशेष पूजा गरेर भगवान् वराहको जन्मउत्सव मनाइएको छ।

प्रेमको प्रतीक समेत मानिने भगवान् वराहको जन्म जयन्तीको दिन भगवान् वराहको नाममा व्रत बस्ने, अर्चना गर्ने प्रचलन समेत रहेको छ । प्राचीन पूर्वीय संस्कृति तथा परम्परा अनुसार वराहक्षेत्र धाममा रहेको वराह भगवान् विष्णुका १० अवतार मध्ये तेस्रो अवतार हुन् । सत्य युगमा डुब्न लागेको पृथ्वीलाई भगवान् वराहले जंङ्गलि जनावरको रूप बँदेलको भेषमा रक्षा गरी संसारभरका प्राणीहरूको रक्षा गरी संसारलाई स्थायित्व दिएको शास्त्रमा उल्लेख रहेको छ ।

सोही किंवदन्तीलाई आधार मानेर भगवान् वराह तथा वराहक्षेत्र धामलाई संसारको पहिलो धामको रूपमा व्याख्या गर्ने गरिएकाले
वराह जयन्ती (वराह भगवानको प्राकट्य उत्सव)लाई राष्ट्रिय पर्वको रुपमा मनाउन संघिय सरकारसंग नेपाल राष्ट्रका प्रथम जगदगुरु वालसन्त मोहनशरमनले देवाचार्य महाराजश्रीले माग समेत गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले वराहक्षेत्र मन्दिरको महत्व र धार्मिक तथ्यहरु ब्यख्या गर्दै वराह जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्नेमा जोड दिएका थिए । बराहक्षेत्र गुुठि व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्रका प्रथम जगदगुरु वालसन्त मोहनशरमनले देवाचार्य महाराजश्री रहेका थिए ।

कार्यक्रममा कोशी प्रदेश सभा सदस्य यशोदा कायस्थ , वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की लगायत धार्मिक संघ संस्थाका पदाधिकारीहरु , धार्मिक व्यक्तित्बहरुको विशिष्ट आतिथ्यता रहेको थियो ।

भगवान् विष्णु १० अवतार मध्ये पहिलो अवतार मत्स्य अर्थात् माछा दोस्रो अवतार कूर्म अर्थात् कछुवा, तेस्रो अवतार भगवान् वराह हुन् । त्यस्तै चौथो अवतार नृसिंह, पाँचौँ अवतार वामन, छैटौँ अवतार परशुराम, सातौँ अवतार भगवान् राम, आठौँ अवतार कृष्ण, नवौँ अवतार भगवान् बुद्ध र दशौँ अवतार कल्की रहेको बराहक्षेत्रका प्रसिद्ब पण्डित योगेश भण्डारीले जानकारी दिए ।


नेपालका ऐतिहासिक महत्त्व बोकेको क्षेत्र मध्ये वराहक्षेत्र धाम पनि एक हो । जहाँ १५ सय वर्ष अगाडिमा दैविक मूर्तिहरू रहेका छन्। सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिकामा रहेको सो क्षेत्र नेपाल र नेपालीहरूको सम्पत्तिको रूपमा रहेको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठ बत्ताउँछन् ।

नेपालका सुन्दर धार्मिक र पर्यटक स्थल मध्ये वराहक्षेत्र पनि एक उत्कृष्ट क्षेत्रको रूपमा पर्छ वराहक्षेत्र सुनसरी जिल्लाको मात्र नभएर नेपालकै सर्वाधिक महत्त्वपूर्ण र प्रख्यात तीर्थस्थल हो ।
ब्रह्म पुराण वराह पुराण र स्कन्दपुराण लगायतका पुराणहरू र महाभारत महाकाव्यमा समेत उल्लेखित गरिएको तथा महिमा गाइएको यो स्थान नेपालको सबैभन्दा पुरानो चार धाम मध्येको एक देवस्थल रूपमा भगवान् वराहको वास स्थल वराहक्षेत्र मन्दिर रहेको बराहक्षेत्रका प्रसिद्ब पण्डित योगेश भण्डारी बताउँछन् ।


वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रवि कुमार श्रेष्ठका अनुसार वराहक्षेत्र मन्दिर क्षेत्रमा वराहको मूर्ति सहित लक्ष्मी, पाञ्चायन, गुरु वराह, सूर्य वराह, कोका वराह र नागेश्वर लगायतका ९ वटा मन्दिर र थुप्रै धर्मशाला छन् । त्यहाँ आजभन्दा करिब १५ सय वर्ष अगाडि देखिका मूर्तिहरू रहेका छन् ।

मन्दिर क्षेत्रको विकास र प्रबद्बनकालागि नगरपालिले गुरु योजना नै बनाएर लागि परेको नगर प्रमुख रमेश कार्कीको भनाई छ । नगरपालिकाले वराहक्षेत्र मन्दिरको विकास र पर्यटकहरूलाई आकर्षित गर्न सरसफाई,पर्यटन मैत्री क्रियाकलाप , संरचनाको निर्माण , सौन्दर्यीकरणको काम गरी रहेको नगर प्रमुख कार्की बत्ताउँछन् ।

नेकपा एमाले का अध्य ...

झापा/ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा पुगे ...

विद्यार्थी सांसदले प ...

धरान/ धरान–१६ स्थित सियोन स्कुलमा कक्षा–१० ...

धरानमा १ हजार ७ सय ३ ...

धरान/सुनसरीको धरानमा ठूलो परिमाणमा लागूऔषधसहित दुई युवक ...

प्रोकोपाइनको नट–बल्ट ...

वराहक्षेत्र/ सप्तकोशी नदीकिनार क्षेत्रबाट प्रोकोपाइन ९त ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved