भोटेपुलमा शंकास्पद अवस्थामा हिँडिरहेका युवकको साथबाट ३९० थान लागूऔषध बरामद

  • साउन २८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानको भोटेपुलबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

बुधबार राति करिब १०ः३० बजे इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले धरान–८ भोटेपुलमा हिँडिरहेका २८ वर्षीय बुद्ध लिम्बुलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गरेको थियो।

खानतलासीका क्रममा लिम्बुको साथबाट ट्रामोल १७० क्याप्सुल, स्पास्पेन १७० ट्याब्लेट र कोलिबान ५० ट्याब्लेट गरी जम्मा ३९० थान लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।

लागूऔषधसहित पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धरानका तत्कालीन प्रश ...

धरान/धरान उपमहानगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत गण ...

लाखौ ठगीको आरोप: खाप ...

धरान/तेह्रथुम घर भई हाल धरान–१५ मा बसोबास गर्दै आ ...

३०४ ग्राम ब्राउन सुग ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ...

बलात्कार आरोपमा फरार ...

झापा/झापाको मेचीनगरमा एक महिलामाथि जबरजस्ती करणी गरेको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved