लाखौ ठगीको आरोप: खापुङ भन्छन्– ‘एक रुपैयाँ लिएको प्रमाणित भए २८ करोड तिर्छु’

  • साउन २८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/तेह्रथुम घर भई हाल धरान–१५ मा बसोबास गर्दै आएका राजेन्द्र खापुङले वैदेशिक रोजगारी तथा विभिन्न प्रयोजनका लागि रकम लिएको र १७ जनाबाट कुल ५७ लाख रुपैयाँ ठगी गरेको पीडितहरूले आरोप लगाएका छन्।

मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै पीडितहरूले खापुङले आफूहरूबाट विभिन्न बहानामा रकम लिएको आरोप लगाउँदै कानुनी कारबाहीको माग गरेका हुन्।

पीडितहरूका अनुसार १४ जनाबाट जनही १ लाखका दरले १४ लाख, सुचिम राईबाट २८ लाख, अशोक राईबाट १० लाख र आशिष् राईबाट ५ लाख रुपैयाँ गरी कुल ५७ लाख रुपैयाँ खापुङले लिएको आरोप छ।

सुचिम राईले आफू गाँजा मुद्दामा पक्राउ परेपछि छुटाइदिने भन्दै खापुङले २८ लाख रुपैयाँ लिएको दाबी गरेका छन्। यस्तै, विक्रम तामाङले आफूले खापुङका कर्मचारी खुलाराज भारतीलाई रकम बुझाएको दाबी गरेका छन्।

पीडितहरूले रकम लेनदेनसँग सम्बन्धित कागजात तथा खापुङलाई पक्राउ गर्ने पुर्जी भनिएको पत्रसमेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए।

पीडितहरूले आरोप लगाएपछि बुधबार खापुङले पनि पत्रकार सम्मेलन गर्दै आफूविरुद्ध लगाइएको आर्थिक ठगीको आरोप ‘मिथ्या, कपोकल्पित र भ्रामक’ भएको दाबी गरेका छन्। उनले आफूले कसैसँग रकम नलिएको जिकिर गर्दै आरोप प्रमाणित गर्न चुनौती दिएका छन्।

खापुङले भने, ‘मबाट एक रुपैयाँ लिएको प्रमाणित भए २८ लाख होइन, २८ करोड रुपैयाँ तिर्न तयार छु।’ प्रमाण भए सम्बन्धित निकायमा पेश गरेर कानुनी प्रक्रियाबाट न्याय खोज्न उनले चुनौती दिएका छन्।

गाँजा मुद्दा मिलाइदिने भन्दै सुचिम राईबाट २८ लाख रुपैयाँ लिएको आरोपप्रति पनि खापुङले आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमा गलत आरोप लगाएर आफ्नो चरित्र हत्या गर्न खोजिएको उनको दाबी छ।

यता, सुचिम राईकी श्रीमती विगमसरी राईको नामबाट खापुङविरुद्ध सुनसरी जिल्ला अदालतमा मुद्दा दायर भइसकेको पीडित पक्षले जनाएको छ। पीडितहरूले अदालतबाटै सत्यतथ्य छानबिन भई कानुनी रूपमा न्याय हुने बताएका छन्।

खापुङले भने आफूविरुद्ध प्रमाण रहेको दाबी गर्ने पक्षलाई ती प्रमाण सम्बन्धित निकायमा पेश गरी कानुनी प्रक्रियाबाट न्याय खोज्न आग्रह गरेका छन्।

धरानका तत्कालीन प्रश ...

धरान/धरान उपमहानगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत गण ...

भोटेपुलमा शंकास्पद अ ...

धरान/ धरानको भोटेपुलबाट प्रहरीले ठूलो परिमाणमा लाग ...

३०४ ग्राम ब्राउन सुग ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ...

बलात्कार आरोपमा फरार ...

झापा/झापाको मेचीनगरमा एक महिलामाथि जबरजस्ती करणी गरेको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved