धरानमा १ हजार ७ सय ३५ थान लागूऔषधसहित दुई युवक पक्राउ

  • साउन २९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/सुनसरीको धरानमा ठूलो परिमाणमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्।

धरान उपमहानगरपालिका–८ स्थित आकाश चोकमा शुक्रबार दिउँसो कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको पीआईटी र इलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धरान–८ का २८ वर्षीय मनोज पाण्डे र धरान–१५ का २२ वर्षीय पवन सापकोटा रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट ट्रामोल ८७० क्याप्सुल र स्पास्पेन ८६५ ट्याब्लेट गरी जम्मा १ हजार ७ सय ३५ थान लागूऔषध बरामद भएको छ।

लागूऔषधसहित नियन्त्रणमा लिइएका दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विद्यार्थी सांसदले प ...

धरान/ धरान–१६ स्थित सियोन स्कुलमा कक्षा–१० ...

प्रोकोपाइनको नट–बल्ट ...

वराहक्षेत्र/ सप्तकोशी नदीकिनार क्षेत्रबाट प्रोकोपाइन ९त ...

बराहक्षेत्रका कांग्र ...

वराहक्षेत्र/  वराहक्षेत्र नगरपालिका वडा नं १ ...

धरानका तत्कालीन प्रश ...

धरान/धरान उपमहानगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत गण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved