इलाम / नुहाउने क्रममा माईखोलाले बगाएर एक जनाको मृत्यू भएको छ । इलामको माङसेबुङ गाउँपालिका-५ का २८ वर्षीय चन्द्रबहादुर थेगिमको माईखोलाले बगाएर मृत्यु भएको हो । शुक्रबार बिहान साढे १० बजे परिवारसहित माईखोलामा पुजा गर्न गएको र पुजा गर्नुअगाडी खोलामा नुहाउने क्रममा अचानक खोलाले बगाउँदा थेगिमको मृत्यु भएको प्रहरीले जनाएको छ । माई नगपालिका ६ स्थित सेतीखरे भन्ने ठाउँमा नुहाउन पसेका थेगिमलाई खोलाले बगाएर माई नगरपालिका ७ स्थित तमाखेमा भेटिएको थियो ।
धरान / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ८ जना आज डिस्चार्ज भएका छन् ।सुनसरीको ४ जना उदयपुरका ४ जना गरी जम्मा ८ जना आज प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए । आज डिस्चार्ज भएका सुनसरी र उदयपुरका ४ जना गत साउन ६ गते प्रतिष्ठानमा भर्ना भएका थिए ।प्रवक्ता सापकोटाका अनुसार आज डिस्चार्जहुनेहरुमा २ वर्ष कि बालिका देखि ७० बर्षकी महिला डिस्चार्ज भएका छन् । उनका अनुसार प्रतिष्ठानमा हाल जम्मा २९ जना संक्रमित उपचाररत छन् भने २ सय ८१ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा १५ , ०३९ पिसि आर
विराटनगर, १६ साउन । कोरोना भाईरस संक्रमणको अवस्था विश्लेषण गरि रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले आवश्यक कदम चाल्न सक्ने भएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षमा आज सामाजिक विकास मन्त्रालयमा बसेको बैठकले परिस्थितिको विश्लेषण गरि कोरोनाको रोकथाम तथा नियन्त्रण गर्न संवन्धित स्थानीय तहहरुले आवस्यक कदम चाल्न सक्ने निर्णय गरेको छ । बैठकले कोरोना भाईरस संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरि उनीहरुको पीसीआर परीक्षण गराउने र सामाजिक विकास मन्त्रालयले पीसीआरको संख्या र दायरा बढाउने निर्णय गरिएको छ । बैठकले नेपाल सरकारले जारी गरेको कोभिड १९ को संक
काठमाडौ / आज थप २ सय २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १९ हजार ७ सय ७१ जना पुगेको छ । नेपालमा हालसम्म ५६ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप १ सय ५१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १४ हजार ३ सय ९९ जना रहेका छन् । भोजपुर, पाँचथर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ सहित ६ जिल्ला कोरोनामुक्त भएका छन्।
विराटनगर । विराटनगर महानगरपालिका पन्ध्र दिनका लागि पुनः लकडाउन गरिएको छ ।नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटीले शनिबार मध्यराति १२ बजेटबाट लागू हुने गरी दुई साताको लागि लकडाउन गर्ने निर्णय गरेको हो । महानगरका मेयर भीम पराजुलीले कोरोनाको संक्रमण समुदायस्तरमा जान थालेकोले नियन्त्रणको लागि लकडाउनमा जाने निर्णय भएको बताएका छन् । उनले भने,“लकडाउन सहज भएसंगै भएको गतिविधिले संक्रमण फैलन सक्ने संभावना बढेर गयो । दुई सातासम्म फेरि लकडाउन गर्ने निर्णयमा पुगेका हौं ।” विराटनगरमा शुक्रबार पनि १० जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या बढ्दो क्रममा छ । महानगरमा संक्रमितको संख्या
वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकामा अपांगता रोकथाम तथा पुनस्थापनाका लागि काम गर्दै आएको करुणा फाउण्डेशन र वराहक्षेत्र नगरपालिका बीच आर्थिक वर्ष २०७७।७८ का लागि दुई पक्षीय सम्झौता भएको छ । आर्थिक वर्ष २०७६।७७ मा नगरपालिकाको २५ लाख रुपैयाँ र फाउण्डेशनको २५ लाखको साझेदारीमा काम गरेको संस्थाले चालु आर्थिक वर्षमा प्रदेश सरकारसमेतबाट प्राप्त बजेटमा ५० लाख बढीको काम गर्ने भएको छ । शुक्रबार नगरपालिकाका तर्फबाट नगर प्रमुख निलम खनाल र फाउण्डेशनका तर्फबाट सहनिर्देशक योगेन्द्र गिरीले दुई पक्षीय सम्झौतामा हस्ताक्षर गरी हस्तान्तरण गरेका छन् । चालु आर्थिक वर्षमा प्रदेश १ सरकारको १५ लाख, वराहक्षेत्र नगरपा
वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकाले बढ्दो कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै नगरक्षेत्रभित्र सावधानीका उपाय अपनाउने भएको छ । वराहक्षेत्र नगरपालिकाको कार्यालयमा नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा संयन्त्रका प्रमुखहरुको उपस्थितिमा भएको छलफलले ‘सुरक्षित वराहक्षेत्र’को नीति अख्तियार गर्ने निर्णय गरेको छ । नगरले साप्ताहिक हाटबजार पूर्ण रुपमा बन्द गर्ने, होटल व्यवसाय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सुरक्षाका उपाय अपनाउँदै मात्र खोल्न पाउने, नगर बाहिरबाट आउने अटोरिक्सा, टेम्पोलगायतका सवारीलाई प्रवेशमा रोक लगाउने लगायतका नीति अवलम्बन गर्ने भएको छ । सम्पूर्ण ना
धरान । कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव बोक्न धरानका शव वाहन चालकहरु सहमत भएका छन् । धरान उपमहानगरपालिकामा शुक्रबार (आज) बसेको शवचालकहरु सँगैको बैठकमा उनीहरुले सहमती जनाएका छन् । धरान उपमहानगरपालिकामा उपचारको क्रममा मृत्यु भएका संक्रमित व्यक्तिको शव बोक्न एउटा पुर्ण रुपमा स्टेण्डबाइ शव वाहन राख्न शव वाहन चालकहरु सहमत भएका हुन् । धरान भित्रका संक्रमित व्यक्तिको शव लैजानु पर्दा सबै व्यवस्थापन उपहानगरपालिकाले गर्ने र बाहिरको शव लैजानु पर्ने अवश्थामा चालकको सम्पुर्ण व्यवस्थापन प्रदेश सरकारबाट हुने भए पछि उनीहरु कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव बोक्न तयार भएका छन् । शव वा
वराहक्षेत्र नगरपालिकाले अत्यावश्यक कामबाहेकका नागरिक सेवाग्राहीलाई नगर कार्यपालिकाको कार्यालय प्रवेशमा रोक लगाएको छ । कोभिड–१९ को प्रकोप देशव्यापी रुपमा वृद्धि भइरहेको र बाहिरी जिल्ला तथा देशविदेशबाट समेत मानिस आवतजावत गर्ने क्रम जारी रहेकाले कार्यालयमा अत्यावश्यक कामबाहेक नगर कार्यपालिकामा प्रवेश गर्न रोक लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोख्रेलद्वारा हस्ताक्षरित सूचनामा सुनसरी जिल्लामा समेत कोभिड१९ को संक्रमण देखिएकाले काम दर्शाई, अनिवार्य मास्कको प्रयोग गरी, साबुनले हात धोई र थर्मल गनबाट चेक गराईमात्र कार्यालय प्रवेश गर्न सूचित गरिएको छ । सूचना हेर्नुहोस्ः
इलाम / इलाममा पाँच जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । साउन ११ गते श्वाव संकलन गरेका १५ जना मध्ये पाँच जनामा संक्रमण पोजेटिभ देखिएको हो । आज देखिएका सबै सदरमुकाम स्थित शसस्त्र प्रहरीको एक नम्बर गणमा कार्यरत शसस्त्र प्रहरी रहेका छन । उनिहरुलाई थप उपचारका लागी मोरङको गोठगाउँमा लाने तयारी भईरहेको शसस्त्र प्रहरीको एक नम्बर गणका सुदिर जँग थापाले बताए । पछिल्लो पटक लगातार इलामका सुरक्षा कर्मिमा संक्रमण पोजिटिभ देखिन थालेको छ । यस अघि पनि पाँच जनामा संक्रमण देखि सकिएको छ । आज देखिए सँगै सशस्त्र प्रहरीका १० जना पुगेका छन । सशस्त्र प्रहरीमा साउन ११ गते ५ जनामा कोरोना सं