एक महिनादेखि सचिव विहीन वडा

  • चैत ५, २०७७
  • "तेजबहादुर बन"
alt

इटहरी / मोरङको सुन्दरहरैंचास्थित एक नं वडा कार्यालयमा बिगत एक महिना देखि वडा सचिव नहुँदा दैनिक काम कार्वाहीहरू प्रभावित बनेका छन । सचिवको कोशी करीडोर अन्तरगत बिराटनगर सरूवा भएर गएपछि वडा फागुन देखि सचिव विहीन हुन पुगेको हो ।

वडा सचिव कार्यालयमा नभएपछि दैनिक जसो आवश्यक पर्ने कामहरू सबै प्रभावित भएका छन भने बालबालिकाहरूको जन्म दर्ता, बिवाह दर्ता, मृत्युदर्ता लगायत योजना सम्बन्धिका कामहरू प्रभावित भएको वडाका कर्मचारीहरूले बताएका छन ।

कार्यालयमा सचिव नहुदा सेवाग्राहीहरूलाइ पर्न गएको असुविधाको विषयमा पटक पटक नगर प्रमुख शिव ढकाल सँग गुनासो गरे पनि वेवास्था गरिएको वडाका जनप्रतिनिधिहरू बताउँछन् । मेयर ढकालले चाडै समस्या समाधान हुने प्रतिबद्धता जनाए पनि एक महिना बितिसक्दा समेत कुनै प्रक्रिया अघि नबढेको वडा सदस्य उत्तम
खवासले बताए ।

उनका अनुसार दैनिक ५० देखि १ सय जना सेवाग्राहीहरू वडा कार्यालयबाट सेवा नलिइ फर्कन बाध्य छन् । दैनिक जसो आउने जन्म दर्ता, बिवाह दर्ता तथा मृत्यु दर्ता र बसाइ सराइ दर्ता देखि विकासका योजनाका सबै कामहरू प्रत्यक्ष प्रभावित भएको उनको भनाई छ । वडामा सचिव नहुँदा उत्पन्न समस्याबारे नगरपालिकामा कुरा राखिसकेको तर समस्या सामधान गर्ने तर्फ नगर प्रमुख गम्भिर नभएको वडाध्यक्ष बिनोद बस्नेतकोगुनासो छ ।

यता सुन्दरहरैचाका निमित्त प्रमुख प्रसाशकीय अधिकृत ध्रुव भण्डारीले वडा कार्यालयको गुनासो बारे आफुहरू गम्भिर भएको र अब केहि दिन भित्रै समस्या सामधान हुने प्रतिवद्धता जनाए । तत्काललाइ सुन्दरहरैंचा ११ न वडाका वडा सचिवलाइ नै एक नं पनि पठाउने तयारी भइरहेको र केहि दिन भित्रै उनले त्यस वडामा पनि काम सुरू गर्ने बताए ।

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved