आठ महिनामा २७ करोड भन्दाबढी राजश्व संकलन

  • चैत ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी /  प्रदेश नम्बर १ मा आर्थिक बर्षको ८ महिनामा मात्र ४ हजार ६ सय ८९ मुद्धा दर्ता हुँदा २७ करोड भन्दा बढी राजश्व संकलन भएको प्रदेश प्रहरी कार्यालय जनाएको छ ।
समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकासी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचालन भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आर्थिक बर्षको ८ महिनामा मात्र ४ हजार ६ सय ८९ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका ५ सय ३९ जना फरार प्रतिवादी पक्राउ गरी कैद भुक्तान भएका छन् । २ करोड ३ लाख ४२ हजार ७ सय ४४ रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी लागुऔषध नियन्त्रण तर्फ गरिएको प्रहरी परिचालनबाट १ हजार ६ सय ५१ दशमलव ६ सय ८१ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको छ भने १ हजार १ सय ३१ दशमलव ७ सय ९० केजी गाँजा बरामद भएको छ । यसैगरी बिभिन्न मनोद्धिपक क्याप्सुल ३४ हजार ९ सय ५९ ट्याब्लेट बरामद भएको तथा मनोद्धिपक सुई ५ हजार ३ सय ५ एम्पुल बरामद भएको छ ।

अन्य मनोद्धिपक औषधीहरु १ हजार ८ सय ६४ ट्याब्लेट बरामद भएको छ । यसैगरी २ हजार ४ सय २३ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख ७६ हजार ५ सय ४१ गाँजाका बोट नष्ट गरिएको छ । त्यस्तै अबैध रुपमा भन्सारबाट समान चोरी निकासी गर्ने १ सय ४२ जना मानिस पक्राउ पर्नुका साथै १३ करोड १८ लाख ६ हजार ८ सय ६ रुपैयाँ राजश्व संकलन भएको छ ।

यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने १ सय ४० जना मानिस र ५ सय ९८ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ४५ लाख ६६ हजार ७२ सय ० राजश्व संकलन भएको छ । यसैगरी अबैध काठ चोरी निकासी गर्ने ४१ जना मानिस पक्राउ गर्नुका साथै २ हजार ३७ क्यू.फिट काठ बरामद गरी ३० लाख ९५ हजार २ सय रुपैयाँ राजश्व संकलन भएको छ ।

यता ट्राफिक ब्यबस्थापन तर्फ यस आर्थिक बर्षको ८ महिनामा मात्र ट्राफिक नियम उलंघन गर्ने १ लाख ७९ हजार ३ सय ४९ वटा सवारी साधनलाई कारवाही गर्दा ११ करोड १७ लाख २६ हजार राजश्व संकलन भएको छ । आर्थिक बर्षको ८ महिनामा मात्र कुल २७ करोड १५ लाख ३७ हजार ४ सय ७० राजश्व संकलन भएको हो ।

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

कोशी बाल सुधार गृहबा ...

मोरङ/ विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट ...

धरानमा तरुण दलको अधि ...

धरान/  नेपाल तरुण दल प्रतिनिधिसभा क्षेत्र नं. ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved