नेवाः पत्रकार राष्ट्रिय दवू सुनसरीमा मोहन

  • चैत ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेवाः पत्रकार राष्ट्रिय दवू सुनसरीको पाँचौ अधिवेशनले मोहन श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । धरानको झिगु समाजको हलमा बुधबार सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा मञ्जु शाक्य, सचिवमा विक्की श्रेष्ठ, सहसचिवमा लक्ष्मण श्रेष्ठ, र कोषाध्यक्षमा रश्मी प्रधान चयन भएकाछन् । यस्तै सदस्यहरूमा सौरभ श्रेष्ठ, विक्रान्त श्रेष्ठ, दीपेन्द्र श्रेष्ठ, अनिता श्रेष्ठ, स्नेहा श्रेष्ठ र अनिल श्रेष्ठ रहेका छन् ।

बुधबार नै समितिको पहिलो बैठक बस्दै चैत ९ गते खलपुचहरूसँग अन्तरक्रिया गरिने अध्यक्ष मोहन श्रेष्ठले बताए । कार्यक्रमकै दिन समितिको पदस्थापन पनि गरिने भएको छ । त्यस्तै वैशाखको दोस्रो साता आधारभूत पत्रकारिता तालिम गर्ने पनि निर्णय भएको उनले जानकारी दिए ।

उद्घाटन सत्रमा दवू सुनसरीका संस्थापक अध्यक्ष एवम् सल्लाहकार महेश श्रेष्ठले ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्याकाण्डको विरोधपछि नै पत्रकार दवू गठन भएको बताए । आजको अवस्थासम्म आइपुग्दा ११ वर्ष बितिसकेको र केन्द्रीय समिति पनि गठन भइसकेको उनले बताए । अर्का सल्लाहकार आनन्द श्रेष्ठले आफ्नो संस्कार, संस्कृतिको जगेर्ना र रक्षाका निम्ति पनि यो संस्था आवश्यक रहेको बताए । कार्यक्रममा पत्रकार दवूका जिल्ला सल्लाहकार तथा संस्थापक सचिव भोला श्रेष्ठ, सल्लाहकार सोहन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved