इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने काम पुरा

  • चैत ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इलाम/ यहाँ निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्गमा कालोपत्रे गर्ने काम पूरा भएको छ । इलामबाटै जहाज चढ्ने इलामवासीको सपना अब पूरा हुने भएको छ ।
धावनमार्गको लम्बाइ छ सय ७० मिटर र चौडाइ २० मिटर छ । जिल्लाकै गौरवपूर्ण आयोजनाको रूपमा मानिएको सुकिलुम्बा विमानस्थलको काम बन्दाबन्दीका कारण केही प्रभावित बने पनि अहिले धावनमार्गसहित ट्याक्सी र हवाई पार्किङ स्थलसमेत कालोपत्रे गर्ने काम सम्पन्न भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका विनायक भट्टराईले बताए । आठ करोड ४० लाख रुपैयाँमा निर्माणको ठेक्का पाएको आशिष आशीर्वाद स्वामीनारायण जेभीले आसफाल्ट कङ्क्रिटसहित विमानस्थलको कन्ट्रोल टावर बनाउने जिम्मेवारी पाएको थियो ।

अहिले सबै काम सकेर मार्किङको मात्र काम बाँकी रहेको निर्माण व्यवसायी गणेश चौहानको भनाइ छ । सम्झौताअनुसार समयमै काम सम्पन्न भए आगामी वैशाखसम्ममा परीक्षण उडान गर्ने आयोजनाको लक्ष्य छ ।

विमानस्थलमा थप पूर्वाधारका लागि तारबार गर्ने र टर्मिनल भवन बनाउने काम रहेको भट्टराई बताउँछन् । त्यस्तै, सुरक्षा गार्डका लागि आवास बनाउन थप १५ करोड रुपैयाँ लाग्ने अनुमान छ ।
विमानस्थलवाट निस्कने भलले तलका बस्तीमा असर गरेपछि प्राधिकरणले ड्रेन व्यवस्थापनलाई पनि प्राथमिकता दिएर काम सम्पन्न गरेको छ । त्यहाँबाट माईखोलासम्म नै ढल व्यवस्थापन गर्न ९ करोड रुपैयाँको लागतमा काम भएको छ । यो विमानस्थलबाट इलाम, पाँचथरसहित भारतका दार्जिलिङ, सिक्कमसम्मका बासिन्दालाई समेत सजह हुने ठानिएको छ ।

सुकिलुम्बाको एउटा बस्ती नै उठाएर ३ सय २८ रोपनी जमिन अधिग्रहण गरेर विमानस्थल निर्माण थालिएको थियो । २०५८ मै प्रक्रिया थालिएपछि विमान चढ्ने सपना सँगालेका स्थानीयले हेर्नमात्र पाउँदा पनि मन बुझाएका थिए । २०६८ सालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरे पनि लामो समयसम्म निर्माण शुरु हुन सकेको थिएन ।

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved