बराहक्षेत्र / बराहक्षेत्र–८ स्थित शिवशक्ति चोकमा सोमबार साप्ताहिक हाट लगाउन थालिएको छ । नेपालकै अग्ला व्यक्ति राजन अधिकारीले गत सोमबार हाटको औपचारिक उद्घाटन गरे । अब हरेक सोमबार यहाँ हाट लाग्ने छ । यस क्षेत्रका अधिकांश नागरिक कृषि पेसामा आबद्ध छन् ।
उनीहरूले खेतीसँगै पशुपालन पनि गरेका छन् । स्थानीयले उत्पादन गरेका कृषिजन्य सामग्री नजिकै बिक्री गर्न सहज होस् भन्ने उद्देश्यले हाट लगाउन थालिएको हो ।
स्थानीय उपभोक्ताले पनि सहज रूपमा खरिद गर्न सकून् भनेर हाट लगाउन शुरु गरिएको बजार व्यवस्थापन समितिका सचिव ख्यामबहादुर थापाले बताए ।सोमवारे सामुदायिक बजार नाम दिइएको हाटमा पहिको साता नै कृषि उत्पादन, पशु र अन्य सामग्री बिक्रीका लागि राखिएका थिए ।