समाचार

    Showing 7,741-7,750 of 10,045 items.
  • ‘पानी अभावले नर्सरी सुक्यो’

    धरान । केही दिन अघि क्यामेलिया नर्सरीका सञ्चालक राजेशुकमार राईले धरानमा चुलिएको खानेपानीको अभावका कारण नर्सरी सञ्चालकहरु विस्थापित हुने अवस्थामा पुगेको भन्दै फेसबुकमा स्टाट्स लेख्दै दुखेसो गरे । उनले धरान खानेपानी बोर्डले दिन विराएर १० मिनेट पानी वितरण गर्दा विरुवामा पानी हाल्न नपाएपछि विरुवा सुकेर गएको भन्दै यही अवस्था आए व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको स्टाट्समा लेखेका थिए । पानी अभावकै कारण क्यामेलिया नर्सरीका राजेश मात्र हैन धरानमा नर्सरी सञ्चालन गरेर बसेका दुई दर्जनभन्दा बढी व्यवसायीको व्यवसायबाट हात धुनुपर्ने अवस्था आएको छ । उनीहरुले लाखौ लगानी गरेर लगाएको फूलका विरुवा सुकेर खङ्

    • प्रकाशित मितिः वैशाख ११, २०७८
    • 1,051 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • अनावश्यक हल्लाले पेट्रोल पम्पमा भीड

    धरान । न त भारतले नाकाबन्दी गरेको छ, न त पेट्रोलियम पदार्थको अभाव नै छ तर पनि धरानमा पेट्रोलको लाइन हेर्ने हो भने थामिनसक्नु छ । गएको तीन दिनदेखि पेट्रोल थाप्ने सर्वसाधारणको लाइन थामिनसक्नु भएको हो । धरान १५ का निराजन राईले मोटरसाइकलमा तेल हाल्न तीनपटक धाउनु परेको बताए । उनले धरान ८ मा रहेको रानी पेट्रोल पम्प, अटल पेट्रोल पम्प र हिमालयन पेट्रोल पम्पमा धाउँदा धाउँदा बल्ल पालो आएको बताए । उनले भने, ‘इटहरी, विराटनगरमा यस्तो भीड छैन, धरानमा पेट्रोल हाल्नेहरुको भीड किन बढेको हो थाहै भएन ।’ धरान १५ कै तिलक बस्नेतले लकडाउन हुने हल्ला भएकोले पनि पेट्रोल भर्नेको लाइन धेरै भएको हुन सक्ने ब

    • प्रकाशित मितिः वैशाख १०, २०७८
    • 1,665 पटक पढिएको
    • "गोबिन्द बस्नेत"
  • एमाले नेपाल–खनाल पक्षले कार्यालय खोल्यो

    विराटनगर । असन्तुष्ट नेकपा एमालेको नेपाल–खनाल पक्षले विराटनगर महानगर कमिटीको छुट्टै कार्यालय खोलेको छ ।यसअघि चैत २८ गते समूहले एमालेका पुराना नेता चन्द्रवीर राईको अध्यक्षतामा ३ सय ३१ सदस्यीय समानान्तर जिल्ला कमिटी र युवा नेता पारुल क्षेत्रीको अध्यक्षतामा १ सय ७५ सदस्यीय महानगर कमिटी गठन गरेको थियो । समूहले दुवै कमिटि गठन गरेको दुई हप्ता पछि महानगरपालिकामा छुट्टै कार्यालय खोलेको हो । जिल्ला समितिले भने विराटनगरस्थित पाञ्चालीमा रहेकै कार्यालयलाई जिल्ला कार्यालयको रुपमा मानिएको समूहका एक नेताले बताएका छन् । केन्द्रदेखि तल्लो तहसम्मै समानान्तर गतिविधिमा केन्द्रीत भएको नेपाल–खनाल पक्ष

    • प्रकाशित मितिः वैशाख १०, २०७८
    • 1,162 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटामा नौं दिन विद्यालय बन्द

    धनकुटा । विद्यार्थीमा कोरोना भाईरसको संक्रमण देखिएपछि धनकुटा नगर क्षेत्रका सम्पूर्ण शैक्षिकसंस्था ९ दिनको लागि बन्द गरिएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले विहिबार देखि १७ गतेसम्मको लागि नगर क्षेत्रभित्रका सम्पुर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो । धनकुटा नगरपालिका–६ स्थित धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्समा अध्ययनरत २० वर्षीय छात्रमा बुधवार कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनदेखि ज्वरोले सताएपछि उनी मंगलबार जिल्ला अस्पताल धनकुटामा भर्ना भएका थिए । पिसिआर परिक्षण गर्दा उनको रिर्पोट पोजेटिभ आएको अस्पतालका सुचना अधिकारी राजनप्रसाद पोख्रेलले बताए ।

    • प्रकाशित मितिः वैशाख १०, २०७८
    • 1,207 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • वीपीमा चार महिना पछि दोहोरो अंकमा कोरोना संक्रमित भर्ना

    धरान । कोरोना भाइरसको दोस्रो लहरको नयाँ भेरियन्टको प्रभाव दैनिक बढ्दै गएको छ । छिमेकी मुलुक सँगका सिमाहरु बाट भित्रिदै गरेको दोस्रो लहरको कोरोनाको नयाँ भेरियन्टको संक्रमण देशै भर फैलिदै गएको छ । सरकारले पनि कोरोना संक्रमणलाई नियन्त्रण गर्न नागरिकलाई सावधानी अपनाउँदै स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिइसकेको छ । देशै भरि बढ्दै गएको कोरोना संक्रमण प्रदेश १ का विभिन्न शहरहरुमा पनि देखिन थालिसकेका छन् । प्रदेश १ मा बुधबार मात्रै १ सय ६८ जना लाई कोरोना संक्रमण पुष्टि भएको छ । विशेष गरि खुल्ला सिमाकै कारण प्रदेशमा कोरोना संक्रमण बढ्दै गएको हो । पहिलो चरणको कारोना संक्रमण नियन्त्रणमा आए पछि पु

    • प्रकाशित मितिः वैशाख १०, २०७८
    • 855 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतबाट कोरोनाको थप जोखिम : चोरबाटो हुँदै जोगबनी गई किनमेल

    विराटनगर । विराटनगरमा नेपाल–भारत सीमाको ढाट खुलेको छैन । मालबाहक गाडी र प्रक्रिया पुर्याएर आउने जाने नागरिक बाहेकलाई आउँजाउँमा पूर्णत बन्देज लगाइएको छ । तर, सुरक्षाकर्मीको आँखा छल्दै खुला सिमाना र छोटी नाकाबाट सुटुक्क भारतको जोगबनी गई किनमेल गर्ने क्रम भने बढेको पाइएको छ । यसले कोरोनाको हटस्पट बनेको बिहार क्षेत्रबाट प्रदेश १ को राजधानी विराटनगर र ग्रामीण भेगमा समेत संक्रमण अझ फैलने जोखिम बढेको छ । मुख्य नाकामा ढाट लगाएपनि चोरबाटोबाट मानिसहरु जोगवनी गई किनमेल गर्न व्यस्त छन । अघिल्लो वर्ष कोरोनाको महामारीका बेला स्थानीय प्रशासनले पारिबाट आउनेलाई नाकामै पक्राउ गरेर १४ दिने क्वारेन्टिनमा

    • प्रकाशित मितिः वैशाख १०, २०७८
    • 1,071 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्वोच्चद्वारा स्टिङ अपरेसन खारेज : पुर्व उपकुलपति रौनियारको मुद्धा उल्टिएला ?

    धरान/ सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्टिङ अपरेसन गर्न नपाउने गरि आदेश जारी गरे पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पुर्व उपकुलपति प्रा.डा. राजकुमार रौनियारको मुद्धा पनि उल्टिन सक्ने सम्भावना बढेर गएको छ । सर्वोच्चको आदेशले फैसला हुन बाँकी रहेका करिब ४ सय मुद्धाहरु प्रभावित हुँदा रौनियारको मुद्धा पनि उल्टिन सक्ने देखिएको हो । उनलाई २०७६ असार २६ गते ८ लाख रुपैया घुस लिएको रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट गएको टोलीले पक्राउ गरेको थियो । स्टिङ अपरेसन मार्फत पक्राउ परेका उनको फैसला हुन बाँकी रहेको थियो । फैसला हुन बाँकी रहेका मुद

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 851 पटक पढिएको
    • "दनेश गजमेर"
  • धरानमा कोरोना संक्रमण बढ्दो

    धरान/ दिनप्रतिदिन कोरोना संक्रमण दरमा वृद्धि हुदै गएको छ । छिमेकी मुलुक भारतसंगको खुल्ला सीमा नाकाका कारण पनि अहिले नेपालमा कोरोना संक्रमितको संख्या बृद्धि हुदै गएको हो । भारतमा कोरोना संक्रमण बृद्धि हुदा समेत नेपालले सुरक्षाका लागि उच्च शतर्कता नपआउदा यस्तो अवस्था आएको हो । कोरोना संक्रमण वृद्धि हुदै गएपछि प्रशासनले समेत सुरक्षा शतर्कता अपनाउन विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ भने सार्वजनिक भीडभाड हुने स्थानमा समेत भीडभाड नगर्न निर्देश न नै दिइसकेको छ ।धरानमा पनि केही दिनदेखि कोरोना संक्रमितको संख्यामा वृद्धि हुदै गएको कछ । धरानमा बुधबारमात्र ७ महिला १३ पुरुष गरी जम्मा २० जनामा कोरो

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 1,188 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको एक होटलबाट गाउँपालिका अध्यक्ष आपत्तिजनक अवस्थामा पक्राउ

    धरान / भोक्राहा नरसिंह गाउँपालिका का अध्यक्ष महेन्द्रप्रसाद यादव एक होटलबाट पक्राउ परेका छन् । अध्यक्ष यादवलाई धरान १३ मा रहेकोे डुकु होटलबाट एक महिलासहित उनलाई प्रक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गाउ“पालिका अध्यक्ष यादवसलाई महिला सहित रंगे हात पक्राउ गरिएकोहो । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतसंग बुझ्न खोज्दा उनले फोन उठाएनन् । सुनसरीका प्रहरी प्रमुख कमल थापासंग यादवका विषयमा बुझ्दा यादवलाई होटलबाट आपत्ति जनक अवस्थामा प्रक्राउ गरिएको जानकारी दिए । उनले इनरुवा घर भएकी ती महिलालाई जागिर लगाइदिने प्रलोभन देखाई दिउँसो आफ

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 1,906 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीमा आकस्मिक कक्ष विस्तार

    धरान । विरामीको अत्याधिक चापलाई व्यवस्थापन गर्न धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विस्तार गरेको आकस्मीक कक्षको उदघाटन गरिएको छ । बुधबार प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले रिबन काटेर नयाँ इमरजेन्सी ब्लकको उदघाटन गरेका हुन् । नयाँ ब्लकमा २१ वटा बेडको क्षमता रहेको आकस्मिक विभागका प्रमुख प्रा. डा. ज्ञानेन्द्र मल्लले जानकारी गराए । कोभिडको दोश्रो लहरलाई मध्यनजर गर्दै २१ बेड क्षमताको इमरजेन्सी नयाँ ब्लक सुरू गरिएको उनले बताए । ५० बेडको क्षमताको ब्लक बने पछि तत्कालका २१ बेडकै भए पनि शुरु गरिने उनले बताए । उनका अनुसार दुईवटा बेडको छुट्टै आइसोलेसन रूम समेत रहेको छ

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 1,069 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved