एमाले नेपाल–खनाल पक्षले कार्यालय खोल्यो

  • वैशाख १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । असन्तुष्ट नेकपा एमालेको नेपाल–खनाल पक्षले विराटनगर महानगर कमिटीको छुट्टै कार्यालय खोलेको छ ।
यसअघि चैत २८ गते समूहले एमालेका पुराना नेता चन्द्रवीर राईको अध्यक्षतामा ३ सय ३१ सदस्यीय समानान्तर जिल्ला कमिटी र युवा नेता पारुल क्षेत्रीको अध्यक्षतामा १ सय ७५ सदस्यीय महानगर कमिटी गठन गरेको थियो ।

समूहले दुवै कमिटि गठन गरेको दुई हप्ता पछि महानगरपालिकामा छुट्टै कार्यालय खोलेको हो । जिल्ला समितिले भने विराटनगरस्थित पाञ्चालीमा रहेकै कार्यालयलाई जिल्ला कार्यालयको रुपमा मानिएको समूहका एक नेताले बताएका छन् ।

केन्द्रदेखि तल्लो तहसम्मै समानान्तर गतिविधिमा केन्द्रीत भएको नेपाल–खनाल पक्षले विराटनगर–२ स्थित तिनपैनीमा महानगर कमिटीको छुटै कार्यालय खोलेर आफूपक्षीय पार्टीको गतिविधिलाई तीब्र बनाएको छ । दुई तले घर भाडामा लिएर महानगर कमिटीले विहिबारदेखि पार्टी कार्यालय संचालनमा ल्याएको छ । कार्यालयको एमालेका सचिव तथा १ नम्बर प्रदेश इन्चार्ज भीम आर्चालयले उद्घाटन गरेका थिए ।

कार्यालयको उद्घाटन गर्दै इन्चार्ज आचार्यले पार्टी अध्यक्ष र वरिष्ठ नेता माधव नेपालबीच छलफल भएपनि वार्ता सकारात्मक रूपमा अगाडि नबढेकाले समानान्तर कमिटी निर्माण गर्दै अघि बढ्नुको विकल्प नभएकोमा जोड दिएका थिए । इन्चार्ज अर्चायले अहिलेपनि आफुहरु पार्टी एकताको पक्षमा रहेको भन्दै पार्टी अध्यक्ष ओलीलेनै पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेतालाई एकपछि अर्को कारबाहीको शिलशिला जारी राखेकोले उनी पार्टी एकताको पक्षमा नरहेको प्रष्ट भएको बताए ।

समूहले जिल्ला र नगर समिति गठन भएसँगै वडा र टोलस्तरका कमिटि निर्माण गर्नुको साथै भातृ संगठनहरुका समानान्तर कमिटि निर्माणमा पनि तीब्र बनाएको नेपाल–खनाल पक्षीय एमाले विराटनगर महानगर कमिटिका अध्यक्ष पारुल क्षेत्रीले बताए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved