अनावश्यक हल्लाले पेट्रोल पम्पमा भीड

  • वैशाख १०, २०७८
  • "गोबिन्द बस्नेत"
alt

धरान । न त भारतले नाकाबन्दी गरेको छ, न त पेट्रोलियम पदार्थको अभाव नै छ तर पनि धरानमा पेट्रोलको लाइन हेर्ने हो भने थामिनसक्नु छ । गएको तीन दिनदेखि पेट्रोल थाप्ने सर्वसाधारणको लाइन थामिनसक्नु भएको हो ।

धरान १५ का निराजन राईले मोटरसाइकलमा तेल हाल्न तीनपटक धाउनु परेको बताए । उनले धरान ८ मा रहेको रानी पेट्रोल पम्प, अटल पेट्रोल पम्प र हिमालयन पेट्रोल पम्पमा धाउँदा धाउँदा बल्ल पालो आएको बताए । उनले भने, ‘इटहरी, विराटनगरमा यस्तो भीड छैन, धरानमा पेट्रोल हाल्नेहरुको भीड किन बढेको हो थाहै भएन ।’

धरान १५ कै तिलक बस्नेतले लकडाउन हुने हल्ला भएकोले पनि पेट्रोल भर्नेको लाइन धेरै भएको हुन सक्ने बताए । उनले भने, ‘मैले पनि लकडाउनको हल्ला भएकोले स्टक गर्न लाइनमा बसेरै भएपनि तेल हालेको हु“ ।’ सर्वसाधारणहरुले लकडाउनको हल्लासंगै तेल नपाइने हो कि भन्ने डरले तेलको अभाव झेल्नु नपरोस भनेर स्टक राख्न थालेपछि भीड बढेको पम्प सञ्चालकहरु बताउँछन् । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि फेरि लकडाउन हुने त्रासले एक जनाले पाच पटकसम्म लाइनमा बसेर तेल हाल्ने गरेकोले पनि भीड बढेको उनीको भनाई छ ।

अनावश्यक हल्लाका कारण सर्वसाधारणले भीड गरेर भएपनि स्टकमा राख्न तेलको लाइनमा तछाडमछाड गरेर बस्ने गरेको नेपाल पेट्रोलियम एसोसिएसनका केन्द्रीय सदस्य गोपाल श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार धरानमा दैनिक ३० हजार केल पेट्रोल पर्याप्त हुने गरेको तर अहिले तीन दिन अगाडिदेखि ५० केल तेल सप्लाई हुदा पनि नपुगेको बताए । उनले भने, ‘सरकारले लकडाउन गर्ने भन्ने हल्ला, नेपाल आयल निगमले अनलाइनमार्फत पेट्रालियम पदार्थ माग गर्दा लोडिङमा भएको ढिलाई लगायतले गर्दा अहिले पम्पहरुमा भीड बढेको हो ।’

धरान ८ मा रहेको हिमालयलन पेट्रोल पम्पको सञ्चालक समेत रहेका श्रेष्ठले विहीबारमात्र ७२ हजार केल तेल धरान भित्रिएको बताउदै धरानमा तेलको अभाव नहुने बताए । उनले तेल अभाव हुने त्रासमा सर्वसाधारणलाई भिडभाड गर्न आवश्यक नरहेको बताए । उनले भने–‘अनावश्यक हल्लाले गर्दा धरानका सबै पेट्रोलपम्पमा भीड बढेको छ, अहिले पेट्रोल अभाव हुदैन ।’
यसैबीच पेट्रोल पम्पमा भीड बढेसंगै धरान उपमहानगरपालिकाले अनुगमन गरेको छ । अनुगमनका क्रममा उपमहानगरपालिकाले धरानमा पेट्रोलको अभाव नभएको पाइएको बताएको छ ।

धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले धरानमा पेट्रोलको अभाव नभएको बताए । उनले भने, ‘हामीले धरानका सबै पेट्रोल पम्पमा अनुगमन ग¥यौ, अनुगमनका क्रममा पम्पहरुले केही नेपाल आयल निगमले भारतीय आयल निगमलाई अनलाइनमार्फत पेट्रोलको माग गर्दा आउन ढिलाइ भएको बताएका थिए ।’

अनुगमनका क्रममा उनले औषत ३० हजार लिटर पेट्रोल खपत हुने गरेको छ तर अहिले लकडाउनको हल्लाका कारण सर्वसाधारणले तेल नपाइने हो भन्ने डरले स्टक राख्न तछाडमछाड गर्दा भीड गरेको पाएको बताए । अनुगमन अधिकृत सापकोटाका अनुसार धरानमा अहिले दैनिक ५० हजार लिटर पेट्रोल आयात भईरहेको बताउदै विहीबारमात्र धरानमा ७२ हजार लिटर पेट्रोल आयात भएको जानकारी दिए ।

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved