भारतबाट कोरोनाको थप जोखिम : चोरबाटो हुँदै जोगबनी गई किनमेल

  • वैशाख १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगरमा नेपाल–भारत सीमाको ढाट खुलेको छैन । मालबाहक गाडी र प्रक्रिया पुर्याएर आउने जाने नागरिक बाहेकलाई आउँजाउँमा पूर्णत बन्देज लगाइएको छ ।

तर, सुरक्षाकर्मीको आँखा छल्दै खुला सिमाना र छोटी नाकाबाट सुटुक्क भारतको जोगबनी गई किनमेल गर्ने क्रम भने बढेको पाइएको छ । यसले कोरोनाको हटस्पट बनेको बिहार क्षेत्रबाट प्रदेश १ को राजधानी विराटनगर र ग्रामीण भेगमा समेत संक्रमण अझ फैलने जोखिम बढेको छ ।

मुख्य नाकामा ढाट लगाएपनि चोरबाटोबाट मानिसहरु जोगवनी गई किनमेल गर्न व्यस्त छन । अघिल्लो वर्ष कोरोनाको महामारीका बेला स्थानीय प्रशासनले पारिबाट आउनेलाई नाकामै पक्राउ गरेर १४ दिने क्वारेन्टिनमा पठाई दिने गरेको थियो । तर, यो पटक परीक्षण छ नत प्रशासन कडाई नै गरेको छ । प्रहरीको आँखा छलेर भारततर्फ जानेलाई निगरानी गर्ने, सीमामै रोक्ने र अटेर गरी भारत पुग्नेलाई पक्राउ गरी क्वारेन्टिनमा पठाउने काम हुन सकेको छैन ।

कतिपय व्यापारीले जोगबनीबाट सामान ल्याएर गाउँगाउँसम्म बिक्रीका लागि लग्ने कामसमेत गरिरहेको सूचनाको आधारमा प्रहरीले निगरानी र नियन्त्रण लिने क्रमलाई बढाएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिएका छन ।

प्रदेश १ को जोगबनी, भन्टावरी, काँकडभिट्टा र पशुपतिनगर नाकाबाट हुने आउँजाउँसमेत उस्तै छ । विराटनगरको इस्लामपुर, दरैयाबस्ती, विराटनगर–१६ को दक्षिण गेट क्षेत्रबाट लुकीछिपी भारत जाने र किनमेल गरी फर्कनेलाई कडाई गर्न स्थानीय रुपमै माग बढेको छ । मोरङको ६३ किलोमिटर क्षेत्रमा रानी नाकासहित ३६ नाका छन् ।

झापाको भद्रपुर नाकाबाट आउजाउ गर्न भने कडाई गरिएको छ । यसअघि कोरोनाका कारण प्रदेश राजधानी विराटनगरमा मात्र ३ हजार भन्दा धेरै नागरिकमा संक्रमण पुष्टि भएको थियो । विहीबार मात्र विराटनगरमा ९७ जनामा कोरोना पुष्टि भएको छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved