वीपीमा आकस्मिक कक्ष विस्तार

  • वैशाख ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विरामीको अत्याधिक चापलाई व्यवस्थापन गर्न धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विस्तार गरेको आकस्मीक कक्षको उदघाटन गरिएको छ ।
बुधबार प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले रिबन काटेर नयाँ इमरजेन्सी ब्लकको उदघाटन गरेका हुन् । नयाँ ब्लकमा २१ वटा बेडको क्षमता रहेको आकस्मिक विभागका प्रमुख प्रा. डा. ज्ञानेन्द्र मल्लले जानकारी गराए । कोभिडको दोश्रो लहरलाई मध्यनजर गर्दै २१ बेड क्षमताको इमरजेन्सी नयाँ ब्लक सुरू गरिएको उनले बताए । ५० बेडको क्षमताको ब्लक बने पछि तत्कालका २१ बेडकै भए पनि शुरु गरिने उनले बताए ।

उनका अनुसार दुईवटा बेडको छुट्टै आइसोलेसन रूम समेत रहेको छ । उनले मल्टि डिसिप्लिनरी अप्रोच अन्र्तगत इमरजेन्सीमा भर्ना भएका विभिन्न प्रकृतिका विरामीहरूलाई ट्राएज (एटिएस) गरी विरामीको स्वाथ्य स्थितीको आधारमा उपचार गरीने बताए । प्रक्रिया अनुसार विरामीहरुलाई आकस्मिक कक्षमा कार्यरत चिकित्सक लगायत सम्बन्धित विभागका विशेषज्ञ सहित रोगको गंभिर्यतालाई मध्यनजर गरि राय, सुझाव र उपचार पद्धती बारे छलफल गर्दै विरामीलाई सम्बन्धित वार्ड, आई.सि.यू. मा भर्ना गर्ने वा सामान्य उपचार र अवलोकन गरि डिस्चार्ज गर्ने निर्णय गरिदै आएको उनको भनाई छ । उपचार गर्दा होल्डमा राख्नुपर्ने विरामीहरूका सहजताका लागी नयाँ ब्लकको थालनी भएको उनले बताए ।

नयाँ ब्लकको लागी आवश्यक जनशक्ति समेत तयार भईसकेको प्रा. डा. मल्लले बताए । नयाँ ब्लकको विस्तार संगै इमरजेन्सिमा फिक्स्ड बेड, परिक्षण टेबल, ट्रलि गरी जम्मा १ सय ७ वटा बेडको क्षमता भएको छ । उदघाटनमा शिक्षाध्यक्ष प्रा. डा. गुरू प्रसाद खनाल, रजिष्ट्रार प्रा. डा. मोहन चन्द्र रेग्मी, अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर शाहको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपकुलपति प्रा.डा. गिरीले प्रतिष्ठानको इमरजेन्सी विभागलाई पहिलो प्राथमिकतामा राखेर कार्यहरू अगाडी बढाएको बताएका थिए । उनले भने, ‘इमरजेन्सी भनेको कुनै पनि अस्पतालको मुहार हो, इमरजेन्सीमा तत्काल उपचार पाउनुपर्ने विरामीहरू आउने गर्छन् ।’ इमरजेन्सीमा कुनै पनि समस्या आएमा तुरून्त समस्याको समाधानका लागी कार्यहरू अगाडी बढाइने पनि प्रतिबद्धता जनाए ।

bp-1 bp-2

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved