वीपीमा चार महिना पछि दोहोरो अंकमा कोरोना संक्रमित भर्ना "कोभिड अस्पताल पुर्ण तयारी अवस्थामा"

  • वैशाख १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना भाइरसको दोस्रो लहरको नयाँ भेरियन्टको प्रभाव दैनिक बढ्दै गएको छ । छिमेकी मुलुक सँगका सिमाहरु बाट भित्रिदै गरेको दोस्रो लहरको कोरोनाको नयाँ भेरियन्टको संक्रमण देशै भर फैलिदै गएको छ । सरकारले पनि कोरोना संक्रमणलाई नियन्त्रण गर्न नागरिकलाई सावधानी अपनाउँदै स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिइसकेको छ ।

देशै भरि बढ्दै गएको कोरोना संक्रमण प्रदेश १ का विभिन्न शहरहरुमा पनि देखिन थालिसकेका छन् । प्रदेश १ मा बुधबार मात्रै १ सय ६८ जना लाई कोरोना संक्रमण पुष्टि भएको छ । विशेष गरि खुल्ला सिमाकै कारण प्रदेशमा कोरोना संक्रमण बढ्दै गएको हो ।

पहिलो चरणको कारोना संक्रमण नियन्त्रणमा आए पछि पुरानै अवश्थामा फर्किएका अस्पतालहरुको व्यवस्थापनलाई पुनः संचालनमा ल्याउन थालेको छ । प्रदेश सरकारले स्थापना गरेका कोभिड अस्पताललाई दोस्रो चरणको नयाँ भेरियन्टबाट संक्रमितहरुको उपचारका लागि सबै तयारी अवश्थामा रहन निर्देश गरेको छ ।

प्रदेश १ कै थ्रि लेभलको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित कोभिड १९ अस्पतालले पनि तयारी अवश्थामा रहेको जनाएको छ । अस्पतालमा पुष ६ गते १० जना बिरामी रहेको कोभिड अस्पतालमा बिस्तारै एकल अंकमा झर्दै गएको थियो । ४ महिना पछि बुधबार एकै चोटि दोहोरो अंकमा कोरोना संक्रमित अस्पतालमा भर्ना भए पछि अस्पतालले तयारीलाई तिब्र बनाएको छ । प्रतिष्ठानका अनुसार कोभिड अस्पतालमा विहिबार १० जना कोरोना संक्रमित उपचारमा छन् भने बुधबार दुई जनाको मृत्यु भएको छ ।

एक सय बेडको कोभिड अस्पतालमा १५ आइसियु २५ एचडियु, ६० नर्मल बेड तयारी अवश्थामा रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले बताए । पहिलो चरणको कोरोना संक्रमणको अवश्थामा भएका कमजोरीहरुलाई अहिले पुर्ण रुपमा व्यवस्थापन गर्दै तयारीमा अवश्थामा रहेको उनको भनाई छ । उनले भने, अहिले कोभिड अस्पतालको एक सय बेडमा अक्सिजन पाइपलाइन पु¥याईएको छ, थप जनशक्तिको व्यवस्थापन गरिएको छ ।’

उनका अनुसार कोभिड अस्पतालमा इन्टरनल मेडिसिन, पल्मोनरी मेडिसिन, जेनेरल प्राक्टिस एण्ड इमरेजेन्सी र एनेस्थेलोजि क्रिटिकल विभाग रहेको छ । त्यसमा छुट्टै नर्सिङको टोलि पनि रहेको छ । अहिले ल्याब, अल्ट्रासाउण्ड छुट्टै बनाइएको छ । दुई पोर्टेबल सहित १२ भेन्टिलेटर, १० वटा एनआइसियु छ । ५ वटा नाकबाट अक्सिजन दिन सुविधा सहितको बेड छ । भिडियो एक्सरे, शल्यक्रिया र मृगौला बिरामीका लागि डाइलासिसको व्यवस्था गरिएको छ । अघिल्लो पटक ८ वटा मात्रै भेन्टिलेटर रहेको थियो ।

४ वटा विभागका ४ जना कन्सल्टेन्ट सहित विभाग अनुसारको जुनियर रेसिडेन्ट, नर्सिङ, हेल्परहरु पनि थपिएका छन् । अघिल्लो पटकको जस्तो अन्यौल हुन अवश्था नरहेको सहप्रवक्ता डा. पोखरेलले बताए । उनले भने, संक्रमितको संख्या दिनहुँ बढीरहेको छ, बिरामी बढ्दै जाँदा थेग्न सक्ने अवश्था हुँदैन, त्यसैले बेडको संख्या बढाउन पनि पहल भइरहेको छ ।

प्रतिष्ठानको कोभिड अस्पतालमा अहिले सम्म १ हजार २ सय २१ जना भर्ना भएका थिए । अहिले १२ जना उपचारमा रहेका छन् भने ९ सय ८५ जना निको भएर घर फर्किइसकेका छन् । १ सय २२ जनाको मृत्यु भएको छ भने ९२ जनाको डाइलासिस गरिएको थियो ।

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved