धरान/ सुनसरी जिल्ला स्तरीय अन्तर विद्यालय ‘सुनाखरी एकेडेमी कप’ फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। मंसिर ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता धरान–१७ स्थित एन्फा एकेडेमीको खेलमैदानमा हुने आयोजकले जनाएको छ। उद्घाटन खेलमा सुनाखरी रातो र लिबर्टी स्कूल आमनेसामने हुने प्रिन्सिपल मिलन राईले जानकारी दिए। उनका अनुसार यस वर्ष १६ वटा विद्यालयले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा सहभागि विद्यालयहरूमा— सुनाखरी रातो, सुनाखरी सेतो, हिमशिखर स्कुल तरहरा, सेन्ट जोसेफ धरान–१७, नेपाल प्रहरी विद्यालय धरान–१३, प्रभात सेकेन्डरी, विजयपु
धरान/ विभिन्न समूहमा विभाजित जेनजी अभियानलाई एकताबद्ध बनाउने उद्देश्यसहित जेन-जी युनाइटेड परिवर्तनले आउँदो मंसिर ६ गते शनिबार धरानको भानुचोकमा विशाल कोणसभा गर्ने भएको छ। आन्दोलनका उपलब्धीहरूलाई संस्थागत गर्दै विभाजन अन्त्य गर्ने समय भइसकेको भन्दै सबै जेनजीलाई एउटै मञ्चमा उभिन आह्वान गरिएको छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एकता अभियान चलाइरहेको जेन-जी युनाइटेडको टोली बिहिबार धरान आइपुगेको थियो। पत्रकारसँग कुरा गर्दै कोणसभा संयोजक तारा श्रेष्ठले कार्यक्रमलाई उत्साहपूर्ण बनाउन जेन-जी कलाकारहरूले देशभक्तिपूर्ण गीत, नृत्य र नाटक प्रस्तुत गर्ने जानकारी दिए। कार्यक्रम सञ्चालिका सिमा राईक
काठमाडौं/ नेपालमा विपद्पछिको सडक कनेक्टिभिटी द्रुत गतिमा पुनःस्थापना गर्न भारतले फेरि एक महत्वपूर्ण सहयोग गरेको छ। मंसिर ४ गते हेटौँडामा आयोजित विशेष समारोहमा नेपालका लागि भारतीय राजदूतले ७०–मिटर लामो मोड्युलर पुल तथा पुल जडानका लागि आवश्यक विशेष उपकरणहरु नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई हस्तान्तरण गरे। सन् २०२५ को अक्टोबरमा पूर्वी नेपालमा आएको विनाशकारी वर्षा र बाढीले सडक सञ्जाल गम्भीर रुपमा प्रभावित भएपछि नेपाल सरकारले भारतसँग सहयोगको अनुरोध गरेको थियो। त्यसअनुसार भारत सरकारले नेपाललाई अनुदानमा १० वटा ७०–मिटर बेली ब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको
धरान/ नेपाली कथानक चलचित्र ‘लोकन्ती’ यही मङ्सिर २६ गतेदेखि देशभरका सिनेमा घरहरूमा एकसाथ प्रदर्शनमा आउने भएको छ । कुशन फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको प्रदर्शन मिति सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रको फस्र्ट–लुक पोस्टर पनि सार्वजनिक गरेको छ । कथाको केन्द्रमा परिवार, प्रेम, सङ्घर्ष र समाजका सूक्ष्म संवेदनाहरू छन् । निर्देशक रञ्जित रानाले चलचित्रलाई पूर्ण पारिवारिक ड्रामाको रूपमा प्रस्तुत गरेका छन् । चलचित्रमा अभिनेता एसराज गराच मुख्य भूमिकामा देखिएका छन् । काभ्रे जिल्लाका भू–परिदृश्य र प्राकृतिक वातावरणमा छायाङ्कन गरिएको ‘लोकन्ती’
धरान/ धरान प्रहरीले गएराति ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध बरामद गरेको छ। धरान–१३, जिरो प्वाइन्ट नजिक अस्थायी प्रहरी चौकी अमरहाटबाट प्रहरी निरीक्षक मनोज कुमार बलको नेतृत्वमा खटिएको टोलीले झण्डै २५ किलोग्राम गाँजा र एक मोटरसाइकल बरामद गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भिषणबाबू राईले जानकारी दिए। गएराति करिब ११:३० बजे शंकास्पद रूपमा सामान बोक्दै गरेको मोटरसाइकललाई प्रहरीले रोक्न खोजेपछि चालक फरार बनेको थियो। फरार भएको मोटरसाइकललाई अमरहाट र तीनकुनेबाट खटिएको प्रहरी प्रमुख युवराज दाहालको टोलीले पछ्याउँदै धरान–तरहरा सिमाना पानीपिया नजिक सडकछेउमा को ११ प ४६३५
झापा/ झापामा भदौ २४ गते जेनजि आन्दोलनका क्रममा प्रहरी कार्यालयमाथि भएको आगजनी र तोडफोड प्रकरणमा संलग्न रहेका २९ जनालाई प्रहरीले पक्राउ गरेको छ। तीमध्ये बिर्तामोडबाट १६ जना र दमक क्षेत्रबाट १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। अस्थायी प्रहरी चौकी गरामनीमा आगजनी तथा तोडफोड गरेको आरोपमा बिर्तामोड–८ गरामनीका ३६ वर्षीय गङ्गाराम लिम्बू र बिर्तामोड–७ मुसहर डाँडाका १९ वर्षीय सेशेहाङ इङ्नाम लिम्बूलाई प्रहरीले घरबाटै पक्राउ गरेको जनाएको छ। दुवैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान अघि बढाइएको छ। यसअघि पनि बिर्तामोड प्रहरीले छ
झापा/ झापा गाउँपालिका–५ पन्थापडाका करिब २० वर्षीय अडसाद अली लागूऔषधसहित पक्राउ परेका छन्। बुधबार साँझ करिब ७:२८ बजे जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको संयुक्त टोलीले उनको साथबाट ब्राउनसुगर फेला पारेको हो। विशेष सूचनाको आधारमा बाह्रदशी–३ राजगढबाट चारपानेतर्फ जाँदै गरेको मोटरसाइकल (मे ८ प ८१४०) रोकेर चेकजाँच गर्दा ५ थान प्लास्टिकको पोका सहित जम्मा ६३.०२० ग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले अडसाद अलीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
झापा/ जेन जि आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका दुई थान हतियार पाँचथरको ओडारभित्र लुकाएको अवस्थामा फेला परेका छन्। विशेष सुराकीका आधारमा प्रहरीले मङ्सिर २ गते दिउँसो १:३० बजेतिर दमक–६ बाट एक युवकलाई पक्राउ गरेपछि हतियारको ठेगाना खुलेको हो। पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे लामागाउँका २२ वर्षीय सुशिल फियाक (लिम्बु) रहेका छन्। प्रारम्भिक सोधपुछमा फियाकले Gen-Z आन्दोलन पछि दमकबाट लुटिएको हतियार आफ्नै गाउँस्थित ओडारभित्र लुकाएर राखेको स्वीकृति दिएका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय पाँचथरसँग समन्वय गरी प्र.नि. नबिन राईको कमाण्डमा प्रहरी
सुनसरी/ इटहरी उपमहानगरपालिका–२०, तरहरामा नियमित चेकजाँचका क्रममा लागूऔषध सेवन गरी सवारी चलाउने ८ जना चालक तथा सह-चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। बुधबार (मिति २०८२।०८।०२) नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय इटहरी र कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाबाट खटिएको संयुक्त टोलीले सवारी साधन रोकेर परीक्षण गर्दा उनीहरूबाट लागूऔषध सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ। उनीहरूलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ। सम्मानित सुनसरी जिल्ला अदालतबाट&
धरान/ डिपो माध्यमिक विद्यालयद्वारा संचालन हुँदै आएको नेपालकै पहिलो यु–१२ अन्तर–स्कुल फुटबल प्रतियोगिता ‘ललित अम्बर फुटबल कप तथा दिलकुमार प्लेट च्याम्पियनसिप’को २०औँ संस्करण आगामी मंसिर २५ गतेदेखि सुरु हुने भएको छ।डिपो स्कुलले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको २०औँ सत्र घोषणा गरेको हो। स्कुलले यो प्रतियोगिता २०६२ सालदेखि निरन्तर गर्दै आएको छ।कक्षा ५ सम्मका १२ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरिएको प्रतियोगिताबारे जानकारी दिँदै खेल संयोजक खड्ग शम्सेर लिम्बुले भने, “डिपो कप बालबालिकाको फुटबल प्रतिभा पहिचान गर्ने, विद्यालयबीच सद्भाव बढाउने र ग्रास&nda