ललित अम्बर डिपो कपको २०औँ संस्करण आउँदो मंसिर २५ देखि सुरू

  • मंसिर ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ डिपो माध्यमिक विद्यालयद्वारा संचालन हुँदै आएको नेपालकै पहिलो यु–१२ अन्तर–स्कुल फुटबल प्रतियोगिता ‘ललित अम्बर फुटबल कप तथा दिलकुमार प्लेट च्याम्पियनसिप’को २०औँ संस्करण आगामी मंसिर २५ गतेदेखि सुरु हुने भएको छ।

डिपो स्कुलले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको २०औँ सत्र घोषणा गरेको हो। स्कुलले यो प्रतियोगिता २०६२ सालदेखि निरन्तर गर्दै आएको छ।

कक्षा ५ सम्मका १२ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरिएको प्रतियोगिताबारे जानकारी दिँदै खेल संयोजक खड्ग शम्सेर लिम्बुले भने, “डिपो कप बालबालिकाको फुटबल प्रतिभा पहिचान गर्ने, विद्यालयबीच सद्भाव बढाउने र ग्रास–रुटमै खेलाडी उत्पादनमा योगदान पुर्‍याउने देशकै पहिलो संस्थागत प्रतियोगिता हो।”

स्कुल व्यवस्थापन समिति सदस्य सूर्य पन्धाकका अनुसार साना उमेरका विद्यार्थीलाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता निरन्तरता दिइएको हो।

प्राचार्य राजकुमार राईले सबैभन्दा पहिला नाम दर्ता गर्ने १६ विद्यालयलाई प्राथमिकता दिइने बताए। उनका अनुसार अघिल्लो संस्करणमा सहभागी भए पनि ढिलो आउने विद्यालयले प्रतियोगितामा स्थान गुमाउन सक्छ। प्रतियोगितामा पहिलो खेलमा पराजित हुने टोलीहरू बीच प्लेट च्याम्पियनसिपको प्रतिस्पर्धा गराइनेछ।

पुरस्कार छनोट

डिपो कप विजेता : रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद ११,१११ रुपैयाँ
• उपविजेता : ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद ७,१११ रुपैयाँ
• तेस्रो : शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद ५,१११ रुपैयाँ
• प्लेट च्याम्पियन : रनिङ शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद ३,१११ रुपैयाँ
• प्लेट रनर–अप : रनिङ शिल्ड, प्रमाणपत्र तथा नगद २,१११ रुपैयाँ

गत १९औँ संस्करणमा नेपाल प्रहरी विद्यालय धरान–१४ विजेता बनेको थियो भने डिपो मावि ‘क’ धरान–१८ उपविजेता बनेको थियो। इमानुयल मावि धरान–१७ तेस्रो र प्लेट उपाधि जोलसाया स्कुल धरान–११ ले हात पारेको थियो। प्रतियोगिता डिपो स्कुलकै खेलमैदानमा सञ्चालन हुनेछ। आयोजनाका लागि करिब ५ लाख ५८ हजार ३२१ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved