समाचार

    Showing 6,631-6,640 of 8,634 items.
  • प्रदेश १ मा १९ जना संक्रमित थपिए

    विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा होमआईसोलेसनबाट ९३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नोवेल मेडिकल कलेजबाट ३–३, कोशी अस्पताल कोभिड १९ बाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार १५५ पुगेको छ । प्रदेश १ मा आज १९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ९, मोरङमा ५, झापामा ४ र ते¥हथुममा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ५, इटहरीमा ३, रामधुनीमा १, विराटनगरमा ३, लेटाङ र स्थानीय तह नखुलेका १–१, झापाको बिर्तामोड, कनकाई, अर्जुनधारा, मेचीनगरमा १–१ र ते&

    • प्रकाशित मितिः पुस २३, २०७७
    • 1,002 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुख्यमन्त्री राईले आर्थिक मामिला मन्त्रालयको कार्यभार सम्हाले

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक ममिला तथा योजना मन्त्रालयको जिम्मेवारी आफै सम्हालेका छन । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउन हस्ताक्षर अभियान चलाएपछि पदमुक्त गरिदिएका राईले विहीबार मन्त्रालय पुगी पदभार ग्रहण गरेका हुन । त्यस अवसरमा राईले प्रदेश संरचना संघीयताको मुटु भएको भन्दै यसलाई दोश्रो वर्षको अन्त्यदेखि यसको संचालनमा समस्या देखिदै गएको आफुले पाएको बताए । भने,“चालु आर्थिक वर्षको बजेट प्रस्तुत भएर पारित भईसकेपछि मुटु क्रोनिक अवस्थामा पुगेको थाहा भयो ।” प्रदेशको बजेट दुर्घटनाबाट अघि बढेको र समस्या पहिचा

    • प्रकाशित मितिः पुस २३, २०७७
    • 999 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जागीर लगाईदिने भन्दै भारत लैजाँदै गरेका तीन किशोरीको पशुपतिनगरबाट उद्धार

    इलाम/ नेपाल भारत सिमानामा पर्ने इलामको पशुपतिनगर नाकाबाट तीनजना किशोरीको उद्धार गरीएको छ । संखुवासभा मकालु गाउँपालिका घर भएका १५÷१६ बर्ष उमेरका तीनजना किशोरीलाई माईती नेपाल, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलिले उनीहरुलाई उद्धार गरेको हो । शंखा लागेर सोधपुछ गर्दा युवतीलार्ई जागिरको प्रलोभनमा पारेर लगेको खुलेपछि किशोरीको उद्धार गरेको माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकालले बताए । संखुवासभा घर भई हाल काठमाडौं बस्दै आएकी लाचेन शेर्पाले किशोरीलाई काठमाडौंमा जागिर लगाइदिने भन्दै एकहप्ता काठमाडौं लगेर राखिएको सोधपुछबाट खुलेको छ । काठमाण्डौ लगेर राखेका किशोरीलाई मासिक नौ हजार रुपैया

    • प्रकाशित मितिः पुस २३, २०७७
    • 1,168 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • झुटो विवरण पेश गरेकी महिलालाई धरानबाट नागरिकता दिन सिफारीस गर्ने धरान ९ का वडा अध्यक्षविरुद्ध पक्राउ पुर्जी

    धरान । स्याङ्जाको वालिङ ३ स्थायी घर भएकी मञ्जु क्षेत्रीले गत २०७५ माघ ८ गते झुटो विवरण पेश गरि धरानबाट नागरिकता लिएको खुलेको छ । उनले धरान ९ की बासिन्दा बनि झुटि विवरण पेश गरि धरानबाट नागरकिता लिएको खुलेको हो । क्षेत्रीलाई नागरिकता दिन सिफारीस गर्ने वडा नम्बर ९का अध्यक्ष रत्न कटवाल विरुद्ध पक्राउ पुर्जि जारी भएको छ भने झुटो विवरण पेश गरि नागरिकता लिने महिला यस अघिनै पक्राउ परिसकेकी छिन् । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका वडा अध्यक्ष कटवालविरुद्ध जिल्ला अदालत सुनसरीबाट हिजो पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी भएका वडाअध्यक्ष कटवाल भने फरार छन् । उनला

    • प्रकाशित मितिः पुस २३, २०७७
    • 1,335 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा नेकपाको छुट्टा छुट्टै रणनीति: निर्वाचनमा सहभागि हुन ओली पक्षको आव्हान

    इटहरी । संसद बिघटनपछि फुटको संघारमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २ दिनको अन्तरमा इटहरीमा छुट्टा छुट्टै भेला सम्पन्न गरेको छ । प्रचण्ड–नेपाल पक्षले मंगलबार इटहरीको खनारमा छुट्टै भेला सम्पन्न गरी प्रधानमन्त्री केपि शर्मा ओली बिरूद्ध आन्दोलन थाल्ने निर्णय गरेको छ भने बुधबार इटहरीकै लायन्स क्लबको भवनमा ओली पक्षको छुट्टै भेलाले निर्वाचनमा सरिक हुन आव्हान गरेको छ । मंगलबार बसेको प्रचण्ड–नेपाल पक्षको भेलाले आन्दोलन समिति नै बिस्तार गरेको छ । जसमा प्रदेशस्तर देखि पालिका तर सम्मको परिचालन समिति गठन गरेको छ । इटहरी उपमहानगरमा राष्ट्रीय खेलकुद समितिका पूर्व सदस्य सचिव केशव कुमा

    • प्रकाशित मितिः पुस २३, २०७७
    • 980 पटक पढिएको
    • "तेजबहादुर बन "
  • प्रदेशसभा विघटन हुने त्रास , नामकरणको विषयमा अन्योल

    विराटनगर । नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विवादसंगै प्रदेश सरकार बदल्न शुरु भएको राजनीतिक धु्रवीकरणले प्रदेश १ को नामकरणको मुद्दा के हुने भन्ने झन अन्योल भएको छ । भूगोल वा पहिचान भन्ने विषय फेरिएको परिस्थितिले ओझेलमा परेको छ । प्रदेशसभाको बेठक माघ ७ गते शुरु हुँदैछ । प्रदेशको नामको विषयमा पहिचान वा भूगोल के को आधारमा तय हुने भन्ने विषय नेकपाभित्रै विवादमा थियो । तर, आफूलाई पहिचानवादी भनेर व्याख्या गर्ने गरेको तत्कालीन एकीकृत माओवादी अनि एमाले नेता माधव कुमार नेपाल पक्षधर सांसद एकातिर भएका छन । यसैगरी भूगोललाई बढी जोड दिने गरेका सांसद ओली खेमामा परेका छन । प्रदेश सरकारले माघ ७ गते हिउँदे

    • प्रकाशित मितिः पुस २३, २०७७
    • 850 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • ओली पक्षीय अनेरास्ववियुको मोरङ जिल्ला कमिटी गठन

    विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङले ९९ सदस्यीय आयोजक जिल्ला कमिटी गठन गरेको छ । बुधवार विराटनगरमा आयोजित बृहद कार्यकर्ता भेलाको आयोजना गरि आयोजक कमिटी गठन गरेको हो । पार्टी एकतापछि संयोजक र सह–संयोजक तोकिएपनी पुर्णता नपाएको अखिल मोरङलाई पुर्णता दिईएको हो । अखिलको बिधानमा ६१ सदस्यीय जिल्ला कमिटी बनाउनुपर्ने प्रावधान भएपनी केही सीमित नेताहरूको कारण अखिललाई निस्प्रभावी बनाउने काम भएको भन्दै गतिदिन आयोजक कमिटी गठन गरिएको अखिल मोरङ संयोजक सन्तोष घिमिरेले बताए । उनका अनुसार एकता पूर्व रहेको अखिलको ३३ सदस्यीय जिल्ला कमिटीलाई विस्तार गर्दै ९९ सदस्

    • प्रकाशित मितिः पुस २२, २०७७
    • 1,063 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चेतना संरक्षण प्रतिष्ठानद्वारा पुरस्कारको घोषणा

    विराटनगर । चेतना संरक्षण प्रतिष्ठान विराटनगरले हरेक वर्ष समर्पण गर्दै आएका विभिन्न आधा दर्जन पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानले साहित्य, कला, संस्कृति, पत्रकारिता, बाल प्रतिभालगायतका विधाका पुरस्कार घोषणा गरेको हो । समाजसेवी हरिभक्त सिटौलाद्वारा आफ्ना बुवा–आमाको नाममा स्थापित धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार यस वर्ष वरिष्ठ साहित्यकार दामोदर पुडासैनी (काठमाडौं)लाई समर्पण गरिने भएको छ । १ लाख १ हजार नगदसहित सम्मानपत्र रहेको छ । प्रतिष्ठानको हालै बसेको बालकिशन–नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म–संस्कृति चेतना पुरस्कारबाट प्रा.डा. विणा पौडेल (काठमा

    • प्रकाशित मितिः पुस २२, २०७७
    • 915 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ४सय १० जना सक्रिय संक्रमित

    विराटनगर । प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमित ४सय१० जना रहेका छन् । सक्रिय सक्रमित मध्ये ३सय९१ जना होमआईसोलेसनमा, नोवेल मेडिकल कलेजमा ७, विराट मेडिकल कलेजमा ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पतालमा ३–३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा २ जना उपचार रहेको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी, तथ्याङक संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा उपचाररत मध्ये ५ जना आईसीयु र १४ जना सामान्य वेडमा छन् । आज सम्म २९ हजार ९२८ जना संक्रमित मध्ये २९ हजार ५६ जना डिस्चार्ज भएका छन् । संक्रमण देखिएका ४६२ जनाको मृत्यु भएको छ

    • प्रकाशित मितिः पुस २२, २०७७
    • 983 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अपांग परिचय–पत्र वितरण शुरु

    धनकुटा । अपांगता भएकाहरुलाई पहिचानको आधारमा धनकुटाको छथर जोरपाटीले परिचय पत्र वितरण शुरु गरेको । करुणा फाउण्डेशन काठमाण्डौको प्राबिधिक सहयोगमा ६ वटै वडामा चलाइने उक्त शिविरको पहिलो दिन वडा नं. १ हात्तिखर्कबाट मंगलबार देखि अपाङ्ग परिचय–पत्र वितरण शिविर शुरु गरेको हो । गाउँपालिकाले ४ जनाको बिशेषज्ञ टोली सहित प्रारम्भिक जाँच गरेर परिचय–पत्र बितरण शुरु गरेको हो । शिविरको उत्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले परिचय–पत्र भत्ता लिनका लागि मात्र नभएर बिभिन्न सेवा सुविधाका लागि भएकाले शिविरमा सबै खालका अपांगता भएकाहरुलाई सहभागी हुन अनुरोध ग

    • प्रकाशित मितिः पुस २२, २०७७
    • 869 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved