धरान । संखुवासभाको सभापोखरी गाउँपालिका २ का १८ बर्षीय सुमन दर्जीलाई आफ्नै बुबा ५२ बर्षीय बुबा दल बहादुर दर्जीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
शनीबार राती अन्दाजी साँढे २ बजेको समयमा फलामको मार्तलले टाउकोमा प्रहार गर्दा दर्जीको घटनास्थलमा नै मृत्यु भएको हो ।
खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले बुबाबको हत्यामा संग्लग्न रहेका उनलाई पक्राउ गरेको हो ।
घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।