धरान । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ५ स्थित पुर्व–पश्चिम राजमार्गमा एम्वुलेन्सकोे ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका ५ कि ३८ बर्षीया निर्मला उराव रहेकी छिन् ।
आइतबार बेलुकी सवा ४ बजे प्रदेश २–०१–००१ झ ००२८ नम्वरको एम्वुलेन्सले प्रदेश १–०२–०४१ प २१५५ नम्बरको स्कुटरलाई ठक्कर दिदा घाईते भएकि उरावको उपचारको क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो ।
ठक्कर दिने एम्वुलेन्स र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।