बिराटनगर: सत्तारुढ दल नेकपामा आन्तरिक द्वन्द्व बढेर प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भए पनि यसबारे दलहरूबीच नै छलफल भएको छैन । राजनीतिक रूपमा विभाजित नेकपाका दुवै समूहका आ-आफ्नै दाबी छन् । यही द्वन्द्वले प्रदेशसभा बैठक पनि अनिश्चित बनेको छ । नेकपा (प्रचण्ड-नेपाल समूह) प्रदेश १ का इन्चार्ज भीम आचार्यले काङ्ग्रेसले संविधानसभा विघटनलाई असंवैधानिक कदम भन्दै त्यसको विरोधमा सङ्घर्ष सुरु गरिसकेकोले अब आफूहरूसँगै सहकार्य हुने जिकीर गरेका छन् । आचार्यले विराटनगरमा पार्टीले गरेको पत्रकार सम्मेलनमा अविश्वास प्रस्ताव पारित भएपछि मुख्यमन्त्री कुन
इलाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले आन्दोलनबाटै प्रतिनिधिसभा पुनःस्थापना हुने धारणा राखेका छन् । यहाँ नेकपा (प्रचण्ड-नेपाल समूह) का कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले बिहीबार यस्तो बताएका हुन् । संविधान बचाउनकै लागि एकपटक कडा आन्दोलन गर्नुपर्ने बताउँदै उनले सबै कार्यकर्तालार्ई कडा रूपले आन्दोलनमा सहभागी हुन आग्रह गरे । भट्टराईले भने, ‘आन्दोलनबाटै आगामी फागुन १५ गतेसम्ममा प्रतिनिधिसभा पुनःस्थापित हुन्छ ।’ संविधानमा हुँदै नभएको बाटो गएर प्रधानमन्त्रीले स्वेच्छाचारी प्रवृत्ति देखाएको उनको आरोप छ । नेता भट्टराईले जनताको ब
इटहरी: नेकपा (ओली समूह) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलले मुलुकमा संविधानविरोधी चलखेल सुरू भएको गन्ध पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल संसद् विघटन गरेको बताएका छन् । दुहबीमा बिहीबार आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले गणतन्त्र र सङ्घीयताविरुद्ध पार्टीभित्रबाटै षड्यन्त्र भएको गन्ध आएपछि प्रधानमन्त्रीले संसद् विघटन गर्नुपरेको जिकीर गरे । जनताले निर्वाचनमा भारी मत दिएर ओलीलाई प्रधानमन्त्री बनाएको केही समयमै प्रचण्ड र नेपाल पक्षले प्रधानमन्त्रीबाट हटाउने षड्यन्त्र रचेको सुइँको पाएपछि संसद् विघटनको विकल्प नरहेको उनको धारणा छ । पार्ट
बिराटनगर। झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् । लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतिय नागरीक किसनगंग धनतोलाका २२ बर्षीय अहमद हुसेन र २६ बर्षीय महमद जमसेहलाई ९८० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित झापा गाँपालिका-४ बाट पक्राउ गरेको हो । यसैगरी सुनसरीको कोशी गाँपालिका-१ लौकहीबाट लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् । को २२ प १६२३ नम्बरको मोटरसाईकलमा सवार रहेका बराहक्षेत्र नगरपालिका-६ का ३३ बर्षीय हेमराज नेपालीलाई रोकेर चेकजाँ
इटहरी: रानी–किमाथाङ्का छ लेन लोकमार्गको इटहरी क्षेत्रमा अहिले एकपट्टि मात्र निर्माण प्रक्रिया अघि बढेको छ । पटक–पटकको विवादका कारण रोकिँदै निर्माण हुँदै गरेको लोकमार्गको इटहरी क्षेत्रमा विराटनगर रोडका घरधनीहरूको अवरोधका कारण यस्तो अवस्था आएको हो । पछिल्लो समय सर्वोच्च अदालतले जग्गाधनीहरूलाई क्षतिपूर्तिसँगै मुआब्जा पनि दिनुपर्ने विषयलाई प्राथमिकता दिएपछि उत्पन्न परिस्थितिका कारण यहाँ एकपट्टि मात्र सडक विस्तार गर्न थालिएको छ । सडकको एकपट्टि २० फुट बढाएर सडक विस्तार भइरहेको छ । तत्काललाई एकपट्टि मात्रै बनाउन सुरू गरिएको परियोजना प्रमुख बद्री शर्माले ब
धरान । धरान उपमहानगरका प्रमुख तिलक राईले शहीद दिवसको अवसरमा शुभकामनाव्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै उनले प्रजातन्त्र स्थापना एवं पुनस्थापना तथा विभिन्न कालखण्डका लागि जीवन आहूतिदिने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुको सम्झना गर्दै शहीद दिवसको अवसरमा शुभकामना व्यक्त गरेका हुन् । नेपालका सबैखाले आन्दोलन सफल बनाउन नेपालीवीर सपुतको बलिदानी रहेको उपमहानगर मेयर राईद्वारा जारी गरिएको शुभकामना सन्देशमाभनिएको छ । ‘स्वतन्त्रताको पक्षमा निरंकुशताविरुद्ध उभिएर प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने महान शहीदहरुको योगदान सधै स्मरणीय रहनेछ
धरान । धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रम आजबाट सुरु भएको छ । धरानको वार्ड नं. २० मा रोजगार कार्यक्रम अन्तर्गत छनौट भएका रोजगारदातालाई धरान उपमहानगरका मेयर, उपमेयर, वडाध्यक्ष र सामाजिक शाखाका प्रमुखसहितको टोलीले आज (विहीबार) आवश्यक पर्ने औजार सामाग्रीहरु हस्तान्तरण गरेर सुरु भएको हो । नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवा रोजगार कार्यक्रम रहेको बताउँदै यो वर्ष धरान उपमहानगरपालिकाका १ सय ५७ जनाका लागि एक सय दिनको रोजगारी दिने भनेर बजेट प्राप्त भएको सामान्य महाशाखाका बरिष्ठ अधिकृत गणेश प्रसाद खतिवडाले जानकारी दिए । बरिष्ठ अधिकृत खतिवडाका अनुसार एक जना रोजगारदाता बराबर ५
विराटनगर । नेकपाका प्रदेश १ का इन्चार्ज भीम आचार्यले प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि कांग्रेससंग मुख्यमन्त्रीको को बन्ने भन्ने विषयमा छलफल हुने बताएका छन । उनले शेरधन राई सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पारित हुने पनि दाबी गरे । राजनीतिक एजेण्डा मिलेका र संसदमा भएका दलसंग मिलेर अविश्वासको प्रस्ताव पारित गर्ने बताउँदै आचार्यले अब प्रदेश १ मा पनि नयाँ सरकारको अपेक्षा जनस्तरबाट समेत भईरहको चर्चा गरे । नेकपा प्रदेश कमिटीले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा विपक्षी दलसंग आफूले छलफल गरेको बताउँदै आचार्यले भने“कतिपय दलको केन्द्रबाट निर्णय भएर आउन
बेलका/ जनता माध्यमिक वद्यालय कान्चिराङ्गलेको ४ कोठे भवनको मंगलबार एक कार्यक्रममा बिच शिलन्यास भएको छ । बेलका नगरपालिका वडा नं ७मा रहेको विद्यालयको ४ कोठे आरसिसी भवनको नगर प्रमुखदुर्गा कुमार थापा र उपप्रमुखराजकुमारी चौधरिले संयुक्त रुपमाशिलन्यास गरेका हुन् । नगरपालिकाको शसर्त अनुदानतर्फको ३६ लाख र बिद्यालयको ७लाख गरिजम्मा ४३ लाखाको लागतमा भवन निमार्ण गर्न लागिएको हो । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारुहाङ राईले विद्यालयमा विद्यार्थीहरुको संख्या धेरै भएकाले व्यवस्थापन गर्न कठिनाई परिरहेकाले नगरपालिका सग भवन निमार्णका लागि पहल गरिएको बताए । उनले गुणस्तरीय शिक्षा
काठमाडौँ÷ नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आगामी शनिबार (माघ १७) ‘सुपर स्याटरडे’ कार्यक्रम आयोजना गर्ने भएको छ । त्यस दिन सुजुकीका चारपाङ्ग्रे गाडी खरिद गर्ने ग्राहकले विशेष अफर पाउनेछन् । ‘सुपर स्याटरडे’ मा ग्राहकले नियमित सोरुम छुटभन्दा बढी नगद छुट पाउने कम्पनीले जनाएको छ । त्यस दिन ग्राहकहरूलाई अधिकतम दुई लाख रुपैयाँसम्म र एक लाखसम्मको सुपर स्याटरडे नगद छुटका साथै निःशुल्क स्वामित्व हस्तान्तरणको सुविधा पनि प्रदान गरिने बताइएको छ । यो अफर शनिबार एक दिनका लागि देशभरका सबै ३८ वटा डिलरमा