विपन्नलाई महानगरले बनाई दियो पक्की घर

  • फागुन २३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । एकैनासले लहरै घर निर्माण गरिएका छन् । इँटा जडान गरी माथि टिनले छाएको छ । सिकुवा र आगँन ढलाई गरेर पक्की बनाइएको छ । एक समान र उही आकारका घरले वस्ती निकै व्यवस्थित देखिन्छ । सफा आँगन, केटाकेटी खेल्ने फराकिलो ठाउँ अनि व्यवस्थित शौचालयको पनि प्रबन्ध भएको छ ।

सामुहिक वस्ती विकास गर्ने उद्देश्यले विराटनगर–१९ धरमपुरामा निर्माण भएका नयाँ संरचनामा ३२ परिवारले आश्रय पाएका छन् । त्यहाँ बसोबास गर्ने सबै अल्पसंख्यक मुसहर (ऋषिदेव) समुदायका परिवार छन् ।

‘महानगर आवास’ योजना अन्तर्गत विपन्न मुसहर समुदायको लागि विराटनगर महानगरपालिकाले वस्ती निर्माण गरी समुदायमा हस्तान्तरण गरेको हो । स्थानीयका अनुसार नयाँ घरमा सरेपछि अब सिंघीया खोलाको बाढीले उठिबास लगाउने हो कि भन्ने रत्तिभर पिर छैन ।

“नयाँ बस्तीमा सरेपछि त चैनको निन्द्रा पर्न थालेको छ,” स्थानीय कविता ऋषिदेवले भनिन्, “छोराछोरी धुलोहिलोमा डुब्लान भन्ने पिर पनि अब हटेको छ ।” एक परिवारका लागि दुईवटा सुत्ने कोठा, एक भान्सा घर र शौचालय सहितको व्यवस्थित घर आफूहरुले प्राप्त गरेको ऋषिदेवले सुनाईन् । विराटनगर महानगरपालिकाले बस्तीमा नाला, बाटो बनाई खानेपानीका लागि ट्यूबेल जडान गरिदिएको छ । यही भौतिक संरचनामा क्रृषिदेव परिवारको दिनचर्या चल्न थालेको छ ।

लालसे ऋषिदेवलाई खोला किनारको झुप्रोबाट कहिल्यै पार नपाइएला कि भन्ने ठूलो चिन्ता थियो । सिंघीयाको बाढीले घर बगाएपछि उनी निक्कै लामो समय दाताले दिएको पालमुनि ओत्तिएका थिए । तर, उनलाई अब न खोला नत बाढीले अत्यास पार्ने हो कि भन्ने पिर छ । “हाम्रो त दिन फिरेर आएको छ । अहिले त पक्की घरमा बस्न पाइएको छ,” उनले भने, “हामी जस्ता धेरै गरिबसँग अहिले आफ्नै घर छ ।” महानगरले घर बनाई दिएपछि बुढेसकालमा आफूलाई सन्तोक मिलेको लालसेले सुनाए ।

कविता र लालसे जस्तै मुनिश्री ऋषिदेवका दिन पनि फिरेका छन् । श्रीमान र उनी दैनिक ज्यालादारीमा श्रम गर्छन । दैनिक हुने कमाईले परिवार चलेको छ । छोराछोरीलाई पनि नजिकैको आधारभुत विद्यालयमा पढाउन सजिलो भएको छ । मुनिश्री भन्छिन्, “हाम्रो बस्ती नै नयाँ ठाउँमा सरेको छ । अब घर छैन भन्ने चिन्ता हामीलाई छैन ।”
महानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख पुनम दाहाल भन्छन्, “घर नभएका विपन्न परिवारलाई लक्षित गरी ३२ घर निर्माण गरिएको छ । यसबाट सिमान्तकृत समुदायलाई सामुदायिक बस्तीको अवधारणा अनुसार बसाल्न सकिएको छ ।”

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बाढीबाट हरेक वर्ष डुबानमा पर्ने विपन्नका बस्तीलाई सुरक्षित स्थानमा सार्ने उद्देश्य साथ आवास योजना अघि सारिएको बताएका छन् । उनले भने, “खोला किनारका बस्ती हरेक वर्ष डुबेर हुने क्षति तिनको व्यवस्थापनमा हुने ठूलो खर्च घटाउने उद्देश्यसाथ वस्ती योजना अघि सारेका छौं । विराटनगर १२ र अन्य वडाहरुमा पनि हामीले यस्तै योजना अघि बढाएका छौं ।”

बस्ती विकासमा महानगरपालिकासँग हेल्बेट्याट्स फर ह्युम्यानिटी, जीवन विकास र सहारा नेपालले साझेदारी गरेका हुन । भवन निर्माणको सबै खर्च हेल्बेट्याट्सले गरेको र महानगरले सडक तथा ढल निर्माणमा लगानी गरेको दाहालले सुनाए । निर्माण भएको संरचनामा एउटा भान्सा, दुईवटा कोठा र शौचालय भएको घर छन् । दाहालका अनुसार अब बस्तीमा सामुदायिक भवन र खानेपानीको नयाँ परियोजना शुरु गर्ने योजना छ ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved