‘नोबेल मेडिकल कलेजलाई कार्वाही हुन्छ’

  • फागुन २३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपाल चिकित्सा आयोगले विराटनगरमा रहेको मेडिकल कलेजलाई कार्वाही गर्ने प्रतिबद्धता जनाएको छ ।

चिकित्सा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले नोबल मेडिकल कलेजले विद्यार्थीको होस्टेलको वहानामा बढी रकम लिएको पाइएको विषयमा पटक पटक ध्यानाकर्षण गराउँदा समेत कलेजले वेवास्ता गरेको भन्दै कलेजलाई कार्वाही भन्दा अर्को विकल्प नरहने बताएका हुन् ।

प्रा.डा. गिरीले सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा प्रतिबद्धता जनाउदै भने, ‘छात्रावास उचित भए पनि छात्रावासमा बस्न मात्रै विद्यार्थी भर्ना नभएको, छात्रावासमा नबसेकै कारण विद्यार्थीहरूलाई कलेजले पठनपाठनबाट वञ्चित गराउन मिल्दैन ।’ उनले कलेजलाई आयोगले बारम्बार यस विषयमा ध्यानाकर्षण गराइरहेको समेत जनकारी दिए । उनले भने, ‘बारम्बार ध्यानाकर्षण गराउँदा समेत अपहेलना गरिरहे कलेजको सम्बन्धन खारेजी समेत गर्न सकिन्छ ।’

उपाध्यक्ष गिरीले भने, ‘नोबेलले होस्टेल अनिवार्य गरेर बढी पैसा लिने काम भइरहेको छ, अनिवार्य गरेर जबरजस्ती पैसा असुल्न पाइँदैन । छात्रावास हुनु राम्रो कुरा हो तर छात्रावासमा बस्नका लागि विद्यार्थी कलेजमा भर्ना भएको होइन । कलेजमा पढ्नका लागि हो ।’ छात्रावासमा नबसेको कारणले विद्यार्थीलाई पठनपाठनबाट वञ्चित गर्न नपाइने उनले बताए । कलेजलाई कारबाही गर्दै सिट संख्या घटाउने, वा नदिने, अथवा सम्बन्धन खारेज गर्ने विषयमा आयोगमा कुरा उठाउँने उनले बताए ।

त्यस्तै आयोगका सदस्य सचिव डा.भोजराज काफ्लेले अहिलेको विद्यार्थीको विषय भनेको रकमको नभइ जीवनरक्षा, एकेडेमिक कुरा र छात्रावासको मात्र भएको बताए । उनले कलेजले छात्रावास अब अनिवार्य नगर्ने भनिसके पनि अटेर गरिरहेको बताए ।

नोबेल मेडिकल कलेजको एमबीबीएस प्रथम वर्षका १० जना विद्यार्थीले कलेजमा सुरक्षा चुनौती रहेको भन्दै काठमाण्डौको माइतीघरमा रिले अनशन बसिरहेका छन् । उनीहरूले कलेज स्थानान्तरणको माग सम्बोधन नभएका कारण गएको पुस पहिलो हप्तादेखि एमबीबीएस प्रथम वर्षको कक्षा सञ्चालन भइरहेको र स्थानान्तरण नहु“दा आफ्नो पढाइ बिग्रिएको गुनासो गरेका छन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved