‘भ्रुण हत्या दुखःद छ’

  • फागुन २५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । गर्भावस्थामै पुरुष की महिला पहिचान गरि भ्रुण हत्या गर्ने अहिले पनि भइरहेको बताउँदै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई धर्तीमै आउन नदिने काम हुनु दुखःद भएको बताएका छन् ।

११२ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले भने, ‘महिलाले जन्मेपछि दुःख पाउने हैन, जन्मनै नदिने काम भईरहेको छ ।’ उनले सम्पतिको अधिकारबाट महिलाहरु अझैपनि बञ्चितिकरणमा परेको बताए । महिलाहरुलाई पुरुष सरह बराबरीको अवस्थामा पु¥याउनु आवश्यक भएको बताउँदै उनले भने, ‘ऐन कानुन परिवर्तन गरेर र प्रथा प्रचलन हटाएर महिलाहरुलाई पुरुष सरह बनाउनु पर्छ ।’

स्वास्थ्यमन्त्री जयराम यादवले महिलाहरुले आफ्नो अधिकार मागेर प्राप्त गर्न नसके खोसेर भएपनि लिनुपर्ने बताए । उपसभामुख सरस्वती पोखरेलले संविधान, कानुन महिला मैत्री भएको बताईन् । संविधान, कानुन महिला मैत्री हुँदापनि समाज महिला मैत्री हुन नसकेको उनको भनाई रहेको थियो । समाजको व्यवहार महिलामैत्री नहुँदा महिला हिंसाका घटनामा कमी आउन नसकेको उनले बताईन् । सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्वाहाम्फेले राज्यको प्रत्येक संरचनामा महिलाको ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्नेमा जोड दिईन् ।

कार्यक्रम सभामा परिणत हुनुअघि विराटनगर देवकोटा चौकबाट प्रभातफेरी निकालिएको थियो । प्रहरी ब्याण्डवाजा र साँस्कृतिक झाँकी सहित निकालिएको र्‍याली जलजला मोडहुँदै बजार परिक्रमा गरि आदर्श विद्यालयमा आयोजना गरिएको मञ्चको कार्यक्रममा सहभागि भएको थियो ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved