समाचार

    Showing 6,461-6,470 of 10,040 items.
  • निर्वाचन अघिनै लालपुर्जा

    धरान । राजनीतिक दलहरुले सुकुम्बासीहरुलाई भोट बैंकको रुपमा प्रयोग गरेको आक्रोस पोख्दै आउँदो निर्वाचनमा ‘एक हातमा लालपुर्जा एक हातले भोट‘ माग गरेका छन् । हरेक राजनीतिक दलको घोषणापत्रमा सुकुम्बासी समस्या समाधान गर्ने उल्लेख गरे पनि चुनाव जितिसकेपछि कार्यान्वयन नगरेको भन्दै अबको निर्वाचनमा एक हातमा लालपुर्जा अर्को हातले भोट हाल्नै घोषणा गरेका छन् । स्थानीय तहको निर्वाचन अघि नै सुकुम्बासीलाई लालपूर्जा नदिए भोट नहाल्ने भन्दै देशभरका स्थानीय तहहरुमा ज्ञापनपत्र बुझाउदै आएका छन् । यसै क्रममा धरानमा पनि आइतबार ‘नो लालपूर्जा नो भोट’ अभियान अन्तर्गत ¥याली प्रदर्शन गर्दै मेयर

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 1,024 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘परिवर्तनका लागि सामाजिक अभियान वडावडामा’ : मुटुरोगीलाई राहत

    धरान । बरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त साह वडावडामा पुगेर ७० बर्ष माथिका मुटुरोगीहरुको उपचार गरिदिदा सर्वसाधारण दंग छन् । अरु बेला धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पालो कुरेर देखाउनुपर्ने अवस्था भएकाहरु वडामा पुगेर यसरी चेकजाच गर्न पाउँदा दंग भएका हुन् । आइतबार र विहीबारमात्र ओपिडीमा बस्ने गरेका डा. प्रशान्त साहलाई उपचार गराउन नपाएका इनरुवाका मेदिनी प्रसाद तिम्सिना सामाजिक सञ्जालमा धरान १३ को कृषि बजारमा डा. शाहद्वारा निःशुल्क उपचार हुदै गरेको थाहा पाएपछि हतार हतार आए । सधै लाइनमा बस्नुपर्ने झन्झट, समयमा चेकजाँच नहुँदा समस्या भोगेका उनी सहज हुने भएपछि इनरुवादेखि धरा

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 885 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पेट्रोलपम्प बन्द : खुल्लमखुल्ला कालोबजारी

    धरान । धरानको पेट्रोल पम्पहरुमा पेट्रोल नभए पनि बोतलहरुमा भने छ्यास्छ्यास्ती पेट्रोलियम पदार्थ विक्रीमा राखिएको छ । बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै एलपी ग्यास उद्योग संघ र पेट्रोलियम डिलर्स, ढुवानी व्यवसायी÷उद्योगी एक सातादेखि आन्दोलनमा छन । सार्वजनिक यातायात क्षेत्रमा जस्तै इन्धन ढुवानीमा वैज्ञानिक भाडा लागू गर्नुपर्ने भन्दै पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीले राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति बनाएर आन्दोलन गरिरहेका समयमा अहिले पेट्रोलियम पदार्थको चरम अभाव बढेको छ । तर धरानका किरान

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 1,902 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान मेघा रेवाहाङ बास्केटवल : उपाधि धरान मेघालाई

    धरान । धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल प्रतियोगिताको उपाधिमा आयोजक धरान मेघा कलेज आफैले कव्जा जमाएको छ । शनिवार भएको फाइनल खेलमा एम्सलाई ४८–३० अंकको अन्तरले सहज रुपमा पराजित गर्दै धरान मेघाले उपाधि माथि कव्जा जमाएको हो । धरान मेघाले पहिलो, दोस्रो र तेस्रो तिनै क्वाटरमा ८–४, १४–६ र १४–५ अंकको अन्तरले अग्रता लिएको थियो । चौथो क्वाटरमा भने १२–१५ अंकको फरक रहेको थियो । फाइनल खेलमा धरान मेघाको तर्फवाट युवाहाङ राईले व्याक्तिगत १४ अंक जोडे । उपाधि सँगै धरान मेघाले नगद पन्ध्र हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता एम्स कले

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 1,083 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साठी पत्रकारको मुटु जाँच

    धरान । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसर पारेर पत्रकार महासंघ मोरङ शाखाले संचारकर्मीहरूको निःशुल्क मुटु जाँच शिविर आयोजना गरेको छ । विराटनगरस्थित न्यूरो हस्पिटलको सहयोगमा पत्रकार महासंघमा बिहीबार संचारकर्मीहरूको मुटुजाँच शिविर आयोजना गरेको हो । शिविरमा ६० जना संचारकर्मीहरूले मुटु जाँच गर्नुको साथै चिकित्सकको सल्लाह अनुसार इसिजि र इको पनि गरेका थिए । शिविरमा न्यूरो अस्पतालका वरिष्ठ कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. निकेशराज श्रेष्ठ, वरिष्ठ मुटुरोग विशेषज्ञ डा.राजिव श्रेष्ठ, मुटुरोग विशेषज्ञ डा. राजन कर्ण, मेडिकल अफिसर डा. साहिल अन्सारीले मुटु जाँच गरेका थिए । स्वास

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 1,000 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेवाः देय् दबुमा पवित्र बज्राचार्य

    धरान । धरानमा जारी नेवाः देय् दबुको सातौ महाधिवेसनबाट अध्यक्षमा पवित्र बज्राचार्य निर्वाचित भएका छन् । गत सोमबार देखि धरानमा शुरु भएको महाधिवेसनले बज्राचार्यको अध्यक्षतामा ४१ सदस्यीय समिति निर्वाचित गरेको छ । समितीको वरिष्ठ उपाध्यक्षमा चन्द्रलाल राजभण्डारी, महिला उपाध्यक्षमा रश्मिला प्रजापति र एक नम्बर प्रदेश उपाध्यक्षमा धरानका अनिल मास्के निर्वाचित भएका छन् । महाधिवेसनमा मधेश प्रदेश उपाध्यक्षमा घनश्याम श्रेष्ठ, बागमती प्रदेश उपाध्यक्षमा शान्त श्रेष्ठ, कर्णाली प्रदेशबाट खगेन्द्र बहादुर श्रेष्ठ, सुदुरपश्चिमबाट विकाश श्रेष्ठ, स्वनिगः विशेष समितीबाट उमेश स्थापित निर्विरोध निर्वाचित भएका छन् भ

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 925 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • सुनसरीमा एमालेको चुनाव लक्षित आमसभा

    धरान । स्थानीय तहको निर्वाचनलाई लक्षित गरि नेकपा एमाले सुनसरीले वृहत आमसभा गर्ने भएको छ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरि चैत ३० गते इनरुवामा वृहत आमसभा गर्ने भएको छ । आमसभामा एमालेका केन्द्रिय अध्यक्ष तथा पुर्व प्रधामन्त्री केपी शर्मा ओलि सहित उच्च स्तरिय नेताहरुको उपस्थिती हुने भएको विहिबार पत्रकार गरि एमाले जिल्ला कमिटीका अध्यक्ष रेवतीरमण भण्डारीले बताए । स्थानीय तहको चुनाव नजिक आएसंगै पार्टीको धारणा जनता सामु लान र अरु दलका नेता कार्याकर्ताहरु एमाले प्रवेश गर्ने आकाक्षां समेत गरेकाले निर्वाचन लक्षित आम सभाको तयारी गरेको भण्डारीले बताए । भण्डारीका अनुसार स्था

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 863 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा फोहोरबाट मोहर

    धरान । इटहरीको फोहोर व्यवस्थापनको चुनौती हटेको छ । फोहोर व्यवस्थापनका लागि फोहोर प्रशोधन केन्द्र संचालनमा ल्याए पछि इटहरीको फोहोर मैला व्यवस्थापनमा सहज हुने भएको छ । अब दैनिक इटहरीले प्रत्येक दिन संकलन हुने ५५ टन फोहोरलाई प्रशोधन केन्द्र मार्फत प्रत्येक दिन ८ सय केजी सम्म ग्यास उत्पादन गर्ने भएको छ । इटहरी वडा नम्वर १० मा निर्माण गरिएको केन्द्रको बिहिबार एमाले नेता एवं प्रदेश नं १ का पुर्वमुख्यमन्त्री भिम आचार्यले उद्घाटन गरेका छन् । इटहरी उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रर्वधन केन्द्र र वेस्ट एण्ड इन्भाइरो म्यानेजमेन्टको त्रिपक्षीय साझेदारीमा फोहोर प्रशोधन केन्द्र संचालनमा आएको हो । केन्द्

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 910 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भन्सार छली बढ्दो : धरानका व्यापारीको संलग्नता

    धरान । पछिल्लो समय भारतबाट अनाधिकृत रुपमा भन्सार छली गरी व्यापारीहरुले सामानहरु भित्र्याउने गरेको पाइएको छ । धरानका एक व्यापारीको पसलमा इटहरी स्थित राजस्व अनुसन्धान कार्यालयले तस्करी गरि ल्याइएको चिनी बरामद गरी गोदाम शिल गरे पछि भन्सार छली गरि सामानहरु भित्र्याउने गरेको पुष्टि भएको छ । भारतसंग सीमाना जोडिएको भन्सार कार्यालयकै आखा छलेर राजस्व छली गरेर ल्याइएको पाइएको छ । गोप्य सूचनाको आधारमा कार्यालयले धरानका व्यापारीहरुबाट ५६ बोरा चिनी बरामद गरेको हो । शुक्रबार अनुसन्धान कार्यालयका कर्मचारीहरुले धरान १२ स्थित गुप्ता किराना पसल, धरान १ छाताचौकस्थित ओम शान्ति, धरान १ सिद्धिचरण मार्गस्थित क्वाल

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 1,680 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सक्रीय हुदै राष्ट्रिय सेवा दल

    धरान । कोभिड १९ महामारीले नेपाली सेनाले विद्यार्थीलाई लक्षित गरी प्रत्येक बर्ष गराउदै आएको जुनियर डिभिजन तालिम समेत यस बर्ष प्रभावित बनेको छ । विगतमा देशभरिका विद्यालय समावेश गरी १ सय दिने गरिएको तालिम यस बर्ष घटाएर ५१ दिनमा झारिएको हो । नेपाली सेनाले राष्ट्रिय सेवा दल गठन गरेपछि विद्यार्थी लक्षित तालिमको आयोजना गर्दै आइरहेको छ । तर यस बर्ष विद्यार्थीको संख्यामा कमी नभए पनि १ सय दिनको तालिमलाई ५१ दिनमात्र बनाइएको हो । कालीबक्स गण याङशिलाका सेनानी विमल केसीले कोरोनाले नियमित गर्दै आएको जुनियर डिभिजन तालिम कोरोनाकै कारण प्रभावित भएको बताए । उनले भने, ‘कोरानाले कार्यक्रमलाई ठूलो प्रभाव प

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 785 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved