समाचार

    Showing 6,461-6,470 of 8,627 items.
  • महालक्ष्मीद्वारा आफ्नै लोगो सार्वजनिक

    धनकुटा/ धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरको आफ्नै लोगो सार्वजनिक गरेको छ । जिल्लाका सातवटै पालिकामध्ये महालक्ष्मी नगरपालिकाले पहिलोपटक आफ्नै लोगो प्रयोगमा ल्याउन लागेको हो । नगरको छैठौँ नगरसभाले लोगो अनुमोदन तथा सार्वजनिक गर्ने निर्णय पारित गरेको छ । महालक्ष्मीको नक्साभित्र निर्माण गरिएको लोगोमा स्थानीय ठाउँ, उत्पादन र परिवेश झल्कने विषय समावेश गरिएको नगर प्रमुख परशुराम नेपालले बताए । उनले अब नगरले यही लोगो प्रयोग गर्ने जनाए । ‘नगरपालिका स्थानीय सरकार भएकाले आफ्नै लोगो प्रयोग गर्न लागेका हौँ ।’ नेपालले थपे । नगरपालिकाको लेटरप्याडसहित नगरका विभिन्न गतिविधिमा लोगो प्रयोग गरि

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 707 पटक पढिएको
    • "सन्तोष रुचाल "
  • आगलागीबाट ताप्लेजुङको दोभान बजार उजाड भयो, ४९ घर जलेर नष्ट

    ताप्लेजुङ । ताप्लेजुङको दोश्रो ठूलो बजार दोभानमा आगलागी चपेटमा परेको छ । आगलागीबाट बजार तहस नहसको अवस्थामा पुगेको छ । मेरिङदेन गाउँपालिका ३ खाम्लुङमा मंगलबार बिहान स्थानीय भोलानाथ पौडेलको घरबाट आगो उठेको थियो । विधुत चुहावट(सर्ट) भई शुरु भएको आगोले अन्ततः बजारका ४९ वटा घर खरानीमा परिणत गरिदियो । विहान ९ः२५ बाट शुरु भएको आगलागी नियन्त्रण गर्न फुङलिङबाट गएको दमकल नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीलाई हम्मेहम्मे परेको थियो । स्थानीय दिपेश कार्कीका अनुसार आगोले दोभान बजारलाई उजाड बनाई दिएको छ । उनले भने,“सम्पूर्ण रुपमा बजार खरानीमा परिणत भएको छ ।” आगलागीबाट दोभान

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 814 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलितलाई राजनैतिक संरक्षण दिनुपर्छ:मन्त्री सोनाल

    धरान/  प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनालले जातीय विभेद तथा छुवाछुतलगायत विभिन्न समस्याबाट पीडित वनाइएको दलित समुदायको समग्र विकासका लागि उनीहरूलाई राजनैतिक संरक्षण दिनु आवश्यक रहेकोमा जोड दिएका छन् । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घको आयोजनामा जनकपुरमा सम्पन्न ‘दलित समुदायको संवैधानिक अधिकार कार्यान्वयनमा प्रदेशस्तरीय सरोकारवाला निकायको भूमिका र भावी रणनीति’ विषयक संवाद कार्यक्रममा मन्त्री सोनालले यस्तो बताएका हुन् । दलित समुदायको विकासका लागि प्रदेश नं २ सरकार संवेदनशील रहेको बताउँदै उनले नेपालमा पहिलोपल्ट प्रदेशस्तरीय दलित सशक्तीकरण ऐन ल्य

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 515 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विप्लव समूहसँग वार्ता गर्न सरकारद्वारा २ सदस्यी र्वाता टोली गठन

    धरान । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) सग वार्ता गर्न सरकारले २ सदस्यी वार्ता टोली गठन गरेको छ । सरकारका प्रवक्ता एवम सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि २ सदस्यी र्वाता टोली गठन गरिएको बताएका हुन् । उनले गृहमन्त्री रामबहादुर थापा(बादल)को संयोजकत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सहितको दुई सदस्य टोली गठन गरिएको बताए । मन्त्री गुरुङले छिटै वार्ता हुने विश्वास पनि व्यक्त गरेका छन् । साथै नेपाललाई शान्त बनाउने र सशस्त्र समूह सबैलाई शान्ति प्रक्रियामा ल्याउने सरकारको तयारी रहेको उनको

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 651 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हातमा दल्ने सेनिटाइजर खाँदा दुईको मृत्यु

    विराटनगर,हातमा दल्ने सेनिटाइजर खाँदा मोरङमा दुईजनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ स्थित रघुपति जुटमिलको क्वार्टरमा बस्ने ६५ वर्षीया अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डल छन् । किटाणु नष्ट गर्न प्रयोग गरिने सेनिटाइजर खाएर उनीहरू सिकिस्त भएका थिए । उपचारका क्रममा अस्पतालमा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले जानकारी दिए । गिरीले मदिरा भनेर र मण्डलले पारिवारिक विवाद बढ्दा सेनिटाइजर खाएको खुल्न आएको प्रहरीको भनाइ छ । मदिराको नशामा रहेकी गिरीले शनिबार राति ११ बज

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 1,199 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुन्दरहरैँचामा ‘उज्यालो कार्यक्रम’

    इटहरी/  मोरङको सुन्दरहरैँचामा पहिलोपटक ‘वडाध्यक्ष उज्यालो कार्यक्रम’ थालनी भएको छ । सोमबार औपचारिक कार्यक्रम आयोजना गरी वडा नं ४ बाट सो कार्यक्रमको थालनी गरिएको हो । वडाध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले उद्घाटन गर्दै उज्यालो वडा अभियानको थालनी भएको घोषणा गरे । वडामा रहेको कुनै पनि टोललाई अँध्यारोमा नराख्ने घोषणा गर्दै उनले प्रत्येक गाउँमा प्रविधियुक्त बत्ती जडानगरिने बताए । वडा नं ४ को मातृभूमि टोलबाट शुरू गरिएको अभियानअन्तर्गत एकै दिन विभिन्न टोलमा सयभन्दा बढी बत्ती जडान गरिएको बताइएको छ । जडान गरिएका बत्तीहरू प्रविधियुक्त छन् । वडा ४ मा २९ वटा टोल रहेकामा एकै दिन सातभन्

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 530 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘निजीलाई पोस्ने’ यातायात ट्रायल सेन्टरको निर्णय कार्यान्वयन नगर्न लेखा समितिको निर्देशन

    विराटनगर । अब प्रदेश १ सरकारलाई ‘निजीलाई पोस्ने’ गरी यातायात सवारी चालक अनुमति पत्रका लागि ट्रायल परीक्षाको जिम्मा दिने निर्णय तत्काल कार्यान्वयन गर्न कठिन भएको छ । सार्वजनिक लेखा समितिले यस निर्णयबाट पछि हट्न मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारलाई सोमबार निर्देशन दिएको छ । प्रदेश १ मा यातायात कार्यालयले जग्गा भाडामा लिएर निःशुल्क रुपमा ट्रायल सेन्टर संचालन गर्दै आएका थिए । तर, राई आफैंले नेतृत्व गरेको भौतिक पूर्वाधार मन्त्रालयले भने सरकारको निर्णयलाई कार्यान्वयन गर्न यातायात कार्यालयलाई परिपत्र गरी प्रक्रिया नै शुरु गरिसकेको छ । प्रदेश सरकारले गत पुस दोस्रो साता सवारी चालक अनु

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 947 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • पूर्व बजेटमाथि प्रदेश १ का व्यवसायीको सुझाव : भ्याटको दायरा १० प्रतिशत बनाउन माग

    विराटनगर अर्थ मन्त्रालयले आगामी बजेटका विषयमा पूर्वछलफल शुरु गरेसँगै प्रदेश १ का व्यवसायीले सुझाव दिएका छन् ।आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमा समेट्नुपर्ने विषय र क्षेत्रबारे अर्थ मन्त्रालयले प्रदेश १ को राजधानी विराटनगरमा बजेट छलफल आयोजना गरेको छ । नेपाल राजस्व परामर्श समितिले गरेको छलफलमा आयकर छुटको सीमालाई वृद्धि गर्न व्यवसायीले माग गरेका छन् । यो सीमा व्यक्तिका लागि ८ लाख र दम्पतिका लागि १० लाख रूपैयाँ कायम गरिनुपर्ने भन्दै उनीहरूले यस विषयलाई बजेटले सम्बोधन गर्नुपर्ने माग गरे । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर १ का अध्यक्ष टीकाराज ढकालले कार्यपत्र प्रस्तुत गर्दै भन

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 644 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • १६ नम्बर वडा बालमैत्री वडा घोषित

    धरान/  धरानमा थप एउटा वडा बालमैत्री वडा घोषण भएको छ । सोमबार एक औपचारीक कार्यक्रमको आयोजना गरी धरान १६ नम्बर वडा लाई बालमैत्री वडा घोषणा गरिएको हो ।यो सगैँ धरानमा बालमैत्री वडा घोषण हुने वडाको संख्या १४ पुगेको छ भने ६ वडा अझै पनि घोषणा हुन बाँकी रहेका छन् । स्थानीय शासन रणनिति २०६८ले निर्धारण गरेको सुचकहरु गत चैतमै पुरा गरेको भएपनि कोरोनाका कारण केही घोषणा गर्न केही ढिलाई भएइको वडा बाल सञ्जालका अध्यक्षा ऐनिस रेग्मीले बताए । १६ नम्बर वडाका वडाध्यक्ष दिलकुमार गिरीका अनुसार ३९ वटा सूचकमा तोकिएको नतिजा प्राप्त गरेको र १६ वटा तहगत खुड्किला पार गरेर बालमैत्री वडा घोषणा गरिएको बताए ।उनले

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • 989 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रेस संगठन सुनसरीको जिम्मेवारी बाँडफाड

    धरान । प्रेस संगठन नेपालको सुनसरी जिल्ला विस्तार सँगै नगर स्तरिय जिम्मेवारी बाँडफाट गरेको छ । नेकपा (ओलि सुमह) निकटका पत्रकारहरुको संगठनले फागुन २ गतेको बैठकले २२ सदस्यीय समिती बिस्तार गरेको थियो । सोमबार जिल्ला बैठकले थप ९ सदस्यहरुलाई मनोनयन गर्दै ३१ कार्यसमिती बनाएको छ । ४५ सदस्यीय जिल्ला कार्यसमितीका थप सदस्यहरु मनोनयन गर्ने जनाएको छ । जिल्ला कार्यसमितीमा रेवती निरौला, सिमा बस्नेत, वेद कुमार सुब्बा, सिर्जना नेपाल, नरेन कुलुङ, विक्रान्त श्रेष्ठ, सनम तामाङ, विकि श्रेष्ठ र मित्र क्षेत्रीलाई मनोनित गरेको छ । त्यसै गरि बैठकले धरान उपमहानगर इन्चार्जमा दामोदर गुरागाई, सहइन्चार्जमा रोशन दाहाल, सं

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • 557 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved