भन्सार छली बढ्दो : धरानका व्यापारीको संलग्नता

  • चैत १८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पछिल्लो समय भारतबाट अनाधिकृत रुपमा भन्सार छली गरी व्यापारीहरुले सामानहरु भित्र्याउने गरेको पाइएको छ ।

धरानका एक व्यापारीको पसलमा इटहरी स्थित राजस्व अनुसन्धान कार्यालयले तस्करी गरि ल्याइएको चिनी बरामद गरी गोदाम शिल गरे पछि भन्सार छली गरि सामानहरु भित्र्याउने गरेको पुष्टि भएको छ । भारतसंग सीमाना जोडिएको भन्सार कार्यालयकै आखा छलेर राजस्व छली गरेर ल्याइएको पाइएको छ ।

गोप्य सूचनाको आधारमा कार्यालयले धरानका व्यापारीहरुबाट ५६ बोरा चिनी बरामद गरेको हो । शुक्रबार अनुसन्धान कार्यालयका कर्मचारीहरुले धरान १२ स्थित गुप्ता किराना पसल, धरान १ छाताचौकस्थित ओम शान्ति, धरान १ सिद्धिचरण मार्गस्थित क्वालिटी विकुटमा छापा मारी राजस्व छली गरी भारतबाट ल्याएको चिनी बरामद गरेको हो ।

राजस्वले छापा हान्ने थाहा पाए पछि बुधबार दिनभरी नै ठुला किराना पसलहरु बन्द थिए । उनीहरुलाई तस्कर समूह र सशस्त्र प्रहरीबाटै सुचना दिएको स्रोतले बताएको छ । भन्सार छली गरी ल्याइएको चिनी गुप्ता किराना पसलबाट ३० बोरा, ओम शान्तिबाट १५ बोरा र क्वालिटी विस्कुटबाट ११ बोरा राजस्वले बरामद गरेको थियो । धरानका एक व्यापारीले भने, ‘धरानमा दैनिक तीन देखि चार ट्रक राजस्व छलीको चिनी भित्रिने गर्छ, चिनीका अलावा काँकडभिट्टा नाकाबाट अवैध कपडा, विराटनगर र भाण्टाबारी भन्सारबाट मोटर पार्टस लगायतका सामान भित्रिन्छ ।’ उनका अनुसार आन्तरिक राजस्व कार्यालयले पनि धरानमा कर्मचारीलाई सेक्टर छुट्टाएर हप्तावारी र मासिक रकम असुल्ने गरेका छन् । अवैध चिनीको कारोबार गदै आएका रोहित मित्तल हाल फरार रहेका छन् । राजस्व कार्यालय इटहरीले धरान १ स्थित पवन अग्रवालको घरमा कोठा भाडामा लिएका मित्तलको गोदाम शुक्रबारै सिल गरिदिएको छ ।

नेपालमा चिनीको मुल्य प्रतिकेजी ८८ रुपैया रहेको छ । ८३ रुपैयाले दिन्छु भन्दै रोहित मित्तलले ३० बोरा चिनी आफ्नो दोकानमा झारिदिएको गुप्ता किराना पसलका संचालक राजेन्द्र गुप्ता बताउँछन् । विल र पैसा लिन एकछिन पछि आउछु भनेर हिडेका तस्कर मित्तल गएको केही मिनेटमै राजस्वले छापा हानेको उनको भनाई छ । उनले भने, ‘म तस्करीको भारतीय चिनी लिन्न भन्दाभन्दै झारेर गएको हो ।’

यता राजस्व कार्यालयका प्रमुख तीर्थराज खनालले गोप्य सूचना पाएकोले त्यतिको सामान बरामद गर्न सकेको बताए । उनले भने, अवैध रुपमा आएको सामानको सुचना पाए, हामी जतिबेला पनि जहाँ पनि जान्छौं, धन्न ड्राइभर कोअपरेटिभ रहेछ उसले थाहा छैन भनेको भए पत्ता लाग्ने थिएन ।’ उनका अनुसार धरानमा मात्र दैनिक तीन चार ट्रक अवैध चिनी भित्रिने गरेको छ । खनालले भने, ‘सबै भन्सार कर्मचारी र सशस्त्र प्रहरीको ओपन सेटिङ हो, आइतबार राजविराज भन्सारका हाकिम आउनु भएको थियो, उहाँले मेरो लक्ष्य प्राप्ति नहुने भयो भनेर गुनासो गरे ।’

राजविराज भन्सार कार्यालयका प्रमुखको भनाई उद्धृत गर्दै उनले भने, ‘जहाँ जहाँ सशस्त्र प्रहरीको विओपी छ, त्यहीबाट तस्करी हुने गरेको छ । भन्सारबाट किन लैजान्छस यताबाट लैजा भनेर तस्करलाई सशस्त्र प्रहरीले नै भन्ने गर्छन्, त्यसवापत रकम लिएर गन्तव्यसम्म पु¥याउन उनीहरुले नै सहयोग गर्छन ।’

सुनसरीको अवस्था पनि त्यस्तै रहेको उनको भनाई छ । सशस्त्रका डिआइजीकै रोहबरमा लाईन मिलाइएको उनको दाबी छ । उनले भने, ‘बाहिर निस्कदा सशस्त्र प्रहरी हाम्रा अगाडि हुन्छन्, कुरा लिग भइहाल्छ, त्यसैले हामीले सूचनाका आधारमा प्रहरी नै नलिइ हिड्नुपर्ने अवस्था भएको छ ।’ सशस्त्र प्रहरी कर्तव्यच्युत भएर सबैतिर तस्करीलाई बढावा दिएको उनको गुनासो छ ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved