नेवाः देय् दबुमा पवित्र बज्राचार्य

  • चैत १८, २०७८
  • "स्नेहा श्रेष्ठ"
alt

धरान । धरानमा जारी नेवाः देय् दबुको सातौ महाधिवेसनबाट अध्यक्षमा पवित्र बज्राचार्य निर्वाचित भएका छन् ।

गत सोमबार देखि धरानमा शुरु भएको महाधिवेसनले बज्राचार्यको अध्यक्षतामा ४१ सदस्यीय समिति निर्वाचित गरेको छ । समितीको वरिष्ठ उपाध्यक्षमा चन्द्रलाल राजभण्डारी, महिला उपाध्यक्षमा रश्मिला प्रजापति र एक नम्बर प्रदेश उपाध्यक्षमा धरानका अनिल मास्के निर्वाचित भएका छन् ।

महाधिवेसनमा मधेश प्रदेश उपाध्यक्षमा घनश्याम श्रेष्ठ, बागमती प्रदेश उपाध्यक्षमा शान्त श्रेष्ठ, कर्णाली प्रदेशबाट खगेन्द्र बहादुर श्रेष्ठ, सुदुरपश्चिमबाट विकाश श्रेष्ठ, स्वनिगः विशेष समितीबाट उमेश स्थापित निर्विरोध निर्वाचित भएका छन् भने गण्डकीबाट हरिकुमार श्रेष्ठ र लुम्बीनीबाट नरेश कुमार राजभण्डारी निर्वाचन प्रक्रियाबाट निर्वाचित भएका हुन् । महासचिवमा सत्य नारायण डंगोल, कोषाध्यक्षमा निरञ्जन रत्न शाक्य, सचिवमा मचाराजा महर्जन निर्विरोध भएका छन् भने उपमहासचिवमा राजेन्द्र कुमार श्रेष्ठ, सचिवद्वय हरि कुमार श्रेष्ठ र दिनेश शाक्य मतदान प्रक्रियाबाट निर्वाचित भएका हुन् ।

समितीको सदस्यहरुमा प्रदेश एकबाट सोम बहादुर श्रेष्ठ, मधेसबाट चम्पा श्रेष्ठ, बागमतीबाट हरि कुमार श्रेष्ठ, लुम्बिनीबाट लोहरी श्रेष्ठ, कर्णालीबाट संगिता श्रेष्ठ, सुदुर पश्चिमबाट तुलसी श्रेष्ठ (पुनम) र स्वनिगःबाट सबिता महर्जन निर्विरोध निर्वाचित भएका छन् । यता महिला सदस्य तर्फ दिल कुमारी श्रेष्ठ, बसन्ता श्रेष्ठ, बाल कुमारी श्रेष्ठ, विद्या मास्के, बिमला प्रधान, बिमला श्रेष्ठ, रमना श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । खुल्ला तर्फ अनिल श्रेष्ठ लेकाली, उपेन्द्र प्रधान, दक्ष नारायण श्रेष्ठ, कमल श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, भुवन श्रेष्ठ, माइला डंगोल, नरेश कुमार शाक्य, तिलक बहादुर श्रेष्ठ र प्रकाश खड्गी निर्वाचित भएका छन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved