साठी पत्रकारको मुटु जाँच

  • चैत १८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसर पारेर पत्रकार महासंघ मोरङ शाखाले संचारकर्मीहरूको निःशुल्क मुटु जाँच शिविर आयोजना गरेको छ ।

विराटनगरस्थित न्यूरो हस्पिटलको सहयोगमा पत्रकार महासंघमा बिहीबार संचारकर्मीहरूको मुटुजाँच शिविर आयोजना गरेको हो ।

शिविरमा ६० जना संचारकर्मीहरूले मुटु जाँच गर्नुको साथै चिकित्सकको सल्लाह अनुसार इसिजि र इको पनि गरेका थिए । शिविरमा न्यूरो अस्पतालका वरिष्ठ कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. निकेशराज श्रेष्ठ, वरिष्ठ मुटुरोग विशेषज्ञ डा.राजिव श्रेष्ठ, मुटुरोग विशेषज्ञ डा. राजन कर्ण, मेडिकल अफिसर डा. साहिल अन्सारीले मुटु जाँच गरेका थिए ।

स्वास्थ्य शिविरमा मुटु स्वास्थ्य कसरी राख्न सकिन्छ भन्ने बारेमा पनि संचारकर्मीहरूमाझ सचेतनामुलक कार्यक्रम गरिएको थियो । सचेतना कार्यक्रममा न्यूरो अस्पतालका वरिष्ठ मुटुरोग इन्टरभेस्नल कोर्डियोलोजिष्ट डा. निकेशराज श्रेष्ठले मुटु स्वास्थ्य नभएसम्म जिन्दगी स्वस्थ्य र खुशी हुन नसक्ने भएकाले ३५ वर्षभन्दा मािथका मान्ेछले नियमित मुटुरोग विशेषज्ञसँग सल्लाह गर्न सुझाब दिए । उनले प्रत्येक दिन शारीरिक व्यायाम गर्नाले पनि मुटु स्वस्थ्य राख्न सकिने बताए । उनले भने, ‘व्यायम भनेको बिहान मात्रै गर्नुपर्छ भन्ने छैन । जतिबेला तपाईसँग समय खाली छ त्यो समयमा गर्न सकिन्छ । दैनिक गर्न सक्नुहुन्न भने पनि एक दिनको फरकमा कमसेकम आधा घण्टा अनिवार्य गर्नुपर्छ ।’

डा. श्रेष्ठले नियमित व्यायम र चेकजाँच र खानपिनमा परिवर्तन आवश्यक रहेको बताए । उनका अनुसार मासुजन्य, तारेको, भुटेको, कार्बाेहाईड्रेड धेरै भएको खानेकुराहरु कम खाने, व्यायाममा जोड दिनुपर्दछ ।

एसियन हाइवे:काँकडभिट ...

सुनसरी/  एसियन हाइवे अन्तरगत पर्ने काँकडभिट्ट ...

‘मेरो डान्स युनिभर्स ...

 धरान । धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट ...

तरहराको जंगलमा आलु ...

विराटनगर । सुनसरीको इटहरीबाट तरकारी लोड गरिएको ट्रकमा ठ ...

धरानमा श्रमदानको नाम ...

धरान । धरान उपमहानर पालिकाका मेयर उप मेयरको विवादले झनै ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved