धरान । स्थानीय तहको निर्वाचनलाई लक्षित गरि नेकपा एमाले सुनसरीले वृहत आमसभा गर्ने भएको छ ।
आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरि चैत ३० गते इनरुवामा वृहत आमसभा गर्ने भएको छ । आमसभामा एमालेका केन्द्रिय अध्यक्ष तथा पुर्व प्रधामन्त्री केपी शर्मा ओलि सहित उच्च स्तरिय नेताहरुको उपस्थिती हुने भएको विहिबार पत्रकार गरि एमाले जिल्ला कमिटीका अध्यक्ष रेवतीरमण भण्डारीले बताए ।
स्थानीय तहको चुनाव नजिक आएसंगै पार्टीको धारणा जनता सामु लान र अरु दलका नेता कार्याकर्ताहरु एमाले प्रवेश गर्ने आकाक्षां समेत गरेकाले निर्वाचन लक्षित आम सभाको तयारी गरेको भण्डारीले बताए । भण्डारीका अनुसार स्थानीय तहको चुनाव लगायत समसामयिक राजनीतिक घटनाक्रमका बारेमा नागरिकलाई जानकारी दिने र अरु पार्टी त्यागेर हजारौंको संख्यामा एमाले प्रवेश गर्ने भएकाले चैत ३० गते इनरुवामा पार्टी कार्यालय नजिकै राजमार्ग छेउमा आम सभा गर्ने भएको हो ।
कार्यक्रममा २५ हजार भन्दा बढी नेता कार्यकर्ताहरुको सहभागिता रहने उनले दाबी गरे । चुनावमा सुनसरीको अधिकांश क्षेत्रमा जित हात पार्ने गरी तयारीमा जुटेको र त्यसमा पनि अध्यक्षलाई नै ल्याएर बृहत आम सभा गर्न लागेको उनले बताए । सत्ताधारी दलबीचमा भइरहेका गठबन्धन गरेर चुनाव लड्ने कुराले सुनसरीमा एमालेलाई नै फाईदा पुग्ने उनले बताए ।
पत्रकार सम्मेलनमा पार्टीका उपसचिव राम कोईरालाले नेकपा एमालेले सुनसरीको आयोजनामा २०७३ साल पछि पहिलो पटक इनरुवामा बृहत आमसभाको आयोजना गर्ने तयारी भएको जानकारी दिए । पत्रकार सम्मेलनमा कोईरालाले आमसभासँगै औपचारिक रुपमा पार्टीको चुनावी अभियान सुरु हुने समेत बताए ।